म थाकेको छैन, म हारेको छैन
युद्दको मैदानबाट बीचमै भाग्ने म योद्दा हैन I यो अभियानलाई गन्तव्यमा नपुर्याई म थकाइ मार्ने छैन I यो मेरो अभियान जारी छ I म फेरि फर्कने छु २०१९ मा

5 महिना अगाडी

विश्वमान आङ्गदेम्बे
निर्वाचन हुनुनै सबैको जीत । भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा सर्वप्रथम मलाई आशा, माया, तथा विश्वास गरेर मत दिनुहुने करीब ३,००० एनआरएन सदस्यहरुलाई म भित्री हृदयदेखिनै धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु ।  निर्वाचन जित्नुभएका मेरा प्रतिपक्षी पवन योञ्जनजीलाई बधाई दिन चाहन्छु। जित्नुहुने पून:निर्वाचित अध्यक्ष डा. केशव पौडेल लगायत ३१ जनै नव-निर्वाचित एनसीसी. र आईसीसीका पदाधिकारी तथा सदस्यहरु तथा २० वटा च्याप्टरका अध्यक्ष तथा पदाधिकारीहरुलाईलाई बधाई दिन चाहन्छु ।  साथै, विभिन्न बाधा-अड्चन पार गरेर अन्तत: सफलतापूर्वक निर्वाचन गराउन सफल हुनु भएकोमा प्रमुख निर्वाचन आयुक्त बंदिता शर्मा दाहाल तथा निर्वाचन आयोगलाई धन्यवाद तथा बधाई दिन चाहन्छु । अनि आफ्नो अमूल्य मत खसाली यो लोकतान्त्रिक अभ्यासबाट संस्थालाई अगाडी बढाउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।
लामो समयदेखि अवरुद्ध यो निर्वाचन हुनुनै हामी सबैको जीत हो I व्यक्तिले  हारे पनि संस्थाले हार्नु हुँदैन I संस्थालाई संस्थागत गर्दै प्रणालीमा लाने र दिगो बनाउन आवधिक निर्वाचनको अत्यन्त जरूरी छ I "व्यक्तिभन्दा संस्था र संस्थाभन्दा नेपाली समुदाय ठूलो हो I"निर्वाचित सदस्यहरुले एनआरएन अमेरिकाको दिगो हितको लागि काम गर्नुपर्छ भने संस्थाले सम्पूर्ण नेपाली समुदायको दिगो हितको लागि काम गर्नुपर्छ I
लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न यो निर्वाचनको नतिजालाई आफू अनुकुल व्याख्या नगरी आत्मसात गर्न तथा कुनै पूर्वाग्रह नराखी अब बन्ने नयाँ बोर्डलाई सहयोग गर्न म, मजस्तै निर्वाचित हुन नसकेका सबै उम्मेदवार साथीहरुलाई आग्रह गर्दछु I हार-जीत बिनाको निर्वाचन नै हुँदैन I १००% लाई स्वीकार्य निर्वाचन कहीं पनि हुँदैन I हामी सबैका थोर-बहुत कमी-कमजोरी छन् I एकैचोटी सबै सुधारको अपेक्षा गर्न सकिन्न I क्रमिक रूपमा सुधार हुँदै जानेछ। तपाई-हामी आफू नसुध्रे सुधार न आकाशबाट न धरतीबाट आउने छ I हामी प्रत्येकको सोच-विचार र आचरणमा सुधार आउनु पर्नेछ I भित्रबाट सुधार नआए बाहिरबाट केही हुनेवाला छैन I पहिलेको भन्दा अहिलेको निर्वाचनमा  बढी सुधार भयो I अर्को निर्वाचनमा अझ बढी सुधार गर्नुपर्नेछ, तपाई-हामी मिलेर नै I  निर्वाचनको हार-जीतको खेलले व्यक्तिगत सम्बन्ध नबिगारौं अनि व्यक्तिगत पूर्वाग्रहले संस्थालाई नै हानी हुने काम नगरौं I संस्था रहे पो निर्वाचन, संस्था नै नरहे के को निर्वाचन अनि के को हामी? निर्वाचनको नतिजालाई शिरोधार्य गरी संस्थालाई अगाडी बढाउन सबैले सहयोगी भूमिका खेलौं I
म एनआरएनमा निर्वाचनको लागि आएको मान्छे हैन I निर्वाचन अघि पनि म सक्रिय थिएँ र  निर्वाचनपछि हारेपनि म सक्रिय रहनेछु I काम गर्नेलाई पद भए अवश्य सजिलो हुन्छ तर काम गर्नलाई पद नै चाहिन्छ भन्ने छैन I तर, यो निर्वाचन लगायत अन्य क्षेत्रीय संगठनको निर्वाचनले के बार-बार पुष्टि गरेको छ भन्दा "काम गरेर मात्र हुँदैन रहेछ संस्थामा, संगठन विशेषगरी सदस्यतामा पकड हुनुपर्दो रहेछ" I नत्र, जति नै कम गर्ने मान्छे पनि हार्ने पक्का रहेछ I अनि पद ओगटेर काम नगर्ने, यहाँ सम्मकी मिटिंगमा पनि उपस्थित नहुनेहरु निर्वाचित हुँदा रहेछन I अनि, संस्था जहींको त्यहीं हुँदो रहेछ I
म एनआरएन अमेरिका यसरी चल्नुपर्छ भन्ने दृष्टिकोण, मार्गचित्र, र सिद्दान्त बोकेर आएको मान्छे हुँ I एउटा नयाँ अभियान बोकेर आएको मान्छे हुँ I कुनै रहरले हैन I तसर्थ म मलाई विश्वास गर्नुहुने ३,००० मतदाताहरुलाई के भन्न चाहन्छु भने, तपाईंको विश्वासलाई मैले तोड्ने छैन I यो निर्वाचन हारे पनि मैले हरेश खाएको छैन I  मैले मैदान छाडेको छैन I यो निर्वाचनमा विविध कारणले हारेसंगै यो निर्वाचनबाट पाठ सिक्दै अत्यन्त विश्वासिला, नैतिक विचार बोकेका, मूल्य-मान्यतामा चल्ने, अनि उस्तै सोचाई राख्ने साथीहरुसंग मिलेर अहिलेदेखिनै २०१९ को निर्वाचनको लागि सोच बनाइ अगाडी बढ्ने सोच बनाएको छु I म लडेको हुँला तर मेरा दृष्टि गन्तव्यमै छन् I उठेर मेरा कदम अगाडी नै बढ्ने छन् I युद्दको मैदानबाट बीचमै भाग्ने म योद्दा हैन I यो अभियानलाई गन्तव्यमा नपुर्याई म थकाइ मार्ने छैन I यो मेरो अभियान जारी छ I म फेरि फर्कने छु २०१९ मा ।
(एटलान्टा,जर्जियामा बस्ने आङ्गदेम्बे भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा सह-कोषाध्यक्षका उम्मेदवार थिए ।)

 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter