म निष्पक्षताको लागि कटिवद्ध छु : ईला शर्मा,निर्वाचन आयुक्त

“राजेश हमाल र इला शर्माले गगन थापालाई भोट मागेको, प्रचार गरेको” भन्दै कारबाही गर्न माग गरी जारी गरिएको मुलुकको एउटा ठुलै राजनीतिक दलको विज्ञप्ति एवं आयोगलाई लेखेको पत्रले स्वतन्त्र र भयरहित भई आयोग र आयुक्तले काम गर्ने वातावरण धमिल्याएको छ।
स्मरण रहोस्, कार्यविभाजन गर्दा मतदाता शिक्षा समितिको संयोजक म भएतापनि मतदाता शिक्षाको हरेक निर्णय या त पूर्ण आयोगले गर्दछ अथवा आयोगले निश्चित गरेको कार्य सचिवालयको कर्मचारीले कार्यान्वयन गर्दछन्। एउटा मात्र आयुक्तले कुनै पनि निर्णय गर्न मिल्दैन, हुँदैन र कहिल्यै पनि गर्दैनन्।
टेलिविजनमा प्रसारित भै रहेका निर्वाचन क्विज़को एक मात्र उद्देश्य युवा पुस्तामा राजनीतिप्रति चासो जगाउनु र मतदानमा युवा सहभागिता प्रोत्साहन गर्नु हो र यो सचिवालयबाट प्रस्ताव गरिएको र पूर्ण आयोगले स्वीकृत गरेको कार्यक्रम हो। सात एपिसोडको यस क्विज़मा उम्मेदवारहरुको निर्वाचन क्षेत्रसम्बन्धी ३ह्७ गरी जम्मा २१ प्रश्न रहेछन् जसमा संचार माध्यममा नाम चलेका २१ उम्मेदवारका नाम नमूनाको आधारमा प्रयोग गरिएका रहेछन्।
त्यसैले आधारहीन आरोप लगाई, एउटा आयुक्तलाई मात्र लक्षित गरी अनावश्यक दबाव सृजना गर्नु सर्वदा अवान्छनीय एवं निर्वाचन आयोग र आयुक्तलाई कम्जोर पार्ने दुष्प्रयास हो। त्यसमाथि ट्रल प्रयोग गरेर सामाजिक संजालमा सार्वजनिक बेइज़्ज़ति गर्नु पक्कै लोकतान्त्रिक अभ्यास होइन।
मेरो पेशागत ईमान्दारिता र कार्यसम्पादनमा मा लान्छना लगाई मैले रात(दिन नभनी मुलुक, लोकतन्त्र र नागरिकको मताधिकारका लागि आयुक्तको भूमिकामा गरेको कामको अवमूल्यनको दुष्प्रयासले मलाई अवश्य हतप्रभ बनाएको छ। तर लोकतान्त्रिक संवैधानिक संस्थाहरु, झन् लोकतन्त्रलाई संस्थागत गर्ने मुख्य स्तम्भलाई कम्जोर पार्ने षड्यन्त्रले र मेरो नैतिक बललाई नष्ट गर्न खोज्ने यस्तो दुष्प्रयासले मलाई थप उर्जा प्रदान गरेको छ, मेरो आत्मबल अझै बढाएको छ। मलाई विश्वास छ, यस मुलुकका न्यायप्रेमी नागरिक र अन्य संवैधानिक निकायहरुले समेत आयुक्तका रूपमा निर्वाचन कानून तथा प्रक्रियामा मेरो पहलमा भएका सुधार र आयोगलाई स्वतन्त्र, स्वायत्त र विश्वकै उत्कृष्टतम बनाउन गरेका मेरा प्रयासहरुको मूल्यांकन अवश्य गर्नेछन्। मेरो व्यावसायिक धर्म र र निष्पक्षताका बारे दुष्प्रचार पढ्ने र सुन्ने सम्पूर्ण नागरिक लाई आश्वस्त गर्न चाहन्छु कि आसन्न दोस्रो चरणको निर्वाचनमा संधै जस्तै आफ्नो कर्तव्यको निर्वाह पूर्ण उत्तरदायित्व, निस्पक्ष्यताका साथ र मेरो क्षमताले भ्याएसम्म गर्नेछु। मेरो इच्छा शक्ति, नैतिक बल र आत्मबल अझै बलियो भएको अवस्था छ।
निर्वाचन आयोगबाट निर्वाचन प्रक्रियामा यस मुलुक र यसका नागरिकले संधै जस्तो उच्चतम स्तरको निष्पक्ष,निष्ठा र र निस्पक्ष्यता पाउनेछन् र आयोगको यसै गरिमाको लागि म संधै लडी रहनेछु।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter