यसकारण वन्यो इतिहासकै ठुलो मन्त्रीपरिषद

5 महिना अगाडी

प्रकाश गिरी/
नया मन्त्रीपरिषद बनेपछि सामाजिक सञ्जालमा एक जनाले सोधेका छन–के प्रधानमन्त्रीलाइ सवै मन्त्रीहरुको नाम र थर त थाह छ ? इतिहासकै जम्वो मन्त्री परिषद बनेपछि जन–आक्रोश र ब्यग्य दुवैको समिश्रण हो यो । सोमवार मध्यान्ह शीतलनिवासमा ३ जना र सिहदरवारमा एक जनाले राप्रपा प्रजातान्त्रिकको तर्फबाट मन्त्रिपरिषदमा सहभागीता जनाएपछि मन्त्रीपरिषद विशाल आकारको भएको हो । नया मन्त्री सहित मन्त्रीपरिषद बनेपछि अब यो ५४ सदस्यीय भएको छ । 
२०५२सालमा पहिलो पटक प्रधानमन्त्री हुदा शेरवहादुर देउवाले यसैगरि ४८जनाको जम्वो मन्त्रीपरिषद हाकेका थिए । हुने नहुने सवै खालका काम र कर्तुत त्यतिवेला भएका थिए । गणतन्त्र आएपछि सानो र चुस्त आकारको सरकार बनाउछु भनेर प्रतिवद्धता जनाएर प्रधानमन्त्री भएका डा बाबुराम भटटराइले ४९ जनाको मन्त्रीपरिषद बनाएपछि बल्ल देउवाको निधारमा लागेको कालो दाग छोपिएको थियो । तर,यसपटक उनले ५४ जनाको जुन मन्त्रीपरिषद बनाए,सम्भवत इतिहासमा यसलाइ कसैले पनि जित्न सक्ने छैन । किनभने नया संविधानमा ठुलो र भद्धा आकारको मन्त्रीपरिषद बनाउने छुट नै दिइएको छैन । 
प्रशासन सुधार आयोगले सरकारलाइ वेला बेलामा दिएको रिपोर्टमा १८ देखि २१ जनाको मात्र मन्त्रीपरिषद बनाउन सुझाव दिएको छ । तर,यो सिलिङलाइ कुनै पनि सरकार प्रमुले मानेका छैनन । यसपटक त यसको घोर उल्लंघन नै भएको छ ।
देउवा प्रधानमन्त्रीमा चुनिदा झण्डैं दुइ तिहाइ मत पाएका थिए । उनले ३८८ मत पाएर प्रधानमन्त्रीमा चुनिएका हुन । तर कांग्रेस र अन्य केही साना दलका कतिपय सांसद मतदानमा आएनन । यदि उनीहरु सवै आएको भए ३सय ९२वा सो भन्दा माथि पुग्ने थियो आंकडा । सरकारलाइ सवैभन्दा भरपर्दो साथ नेकपा माओवादी केन्द्रले दिएको छ । उसका ८४जना सांसदको साथ देउवालाइ छ । कांग्रेस आफनै २०७ मत छ । अनि,सरकारमा नगए पनि मधेशी दलको मत पनि सरकारलाइ नै छ अर्थात,सरकार बहुमत गुमाउने अवस्थामा छैन । यदि नेकपा माओवादी केन्द्रले साथ दिइरहयो भने देउवा सरकारलाइ हावाले पनि हल्लाउन सक्दैन । 
न संसदमा बहुमत गुमाउने अवस्था छ न सरकार विस्तार गर्ने माहौल नै छ । अथवा राप्रपा प्रजातान्त्रिकलाइ सरकारमा  लैजानु पर्ने कुनै वाध्यता पनि छैन । तैपनि देउवाले किन मन्त्रीपरिषद विस्तार गरे त ?अनौठो त के भने मन्त्रीपरिषद यति जम्वो हुदा पनि प्रधानमन्त्री देउवासंग अझै एउटा मन्त्रालय अझै रिक्त छ । 
निर्वाचन आचार संहिता यतिवेला लागेको छ । २ नम्वर प्रदेशको निर्वाचन संघारमा नै आइसकेकोले सवैको ध्यान त्यतै केन्द्रित छ । स्वयम कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवासमेत भदँै २७ गते देखि आमसभामा केन्द्रित हुने भनेर कांग्रेसले सुचना सार्वजनिक गरिसकेको छ । पहिलो चरणको चुनावको बेला प्रधानन्यायाधिश र आइजीपी काण्ड चलेकोले निकै घाटा लाग्यो भन्ने कांग्रेसको मुल्यांकन थियो । तर तेस्रो चरणको चुनावमा राम्रो नतिजा आउछ भनेर कांग्रेसले आफुले आफनै पिठ थपथपाइरहेको बेलामा सरकार यति भद्धा आकारको भएको छ कि यसले कांग्रेसको बदनामी गर्नेछ । 
चुनावको मुख यति कुराको हेक्का के प्रधानमन्त्री देउवाले गरेका छैनन ? यदि छन भने उनले यसको पर्वाह नगरि किन मन्त्रीपरिषद यति ठुलो बनाए त ? 
राप्रपा प्रजातान्त्रिकको तर्फबाट हाल मन्त्री भएका ३ जनामध्ये तिनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन । दिपक बोहरा पञ्चायत कालमै पनि मन्त्री भएका मानिस हुन।सुनील थापा पुर्वप्रधानमन्त्री सुर्यवहादुर थापाको छोरा हुन भने विक्रम पाण्डे अघिल्लो सरकारमा पनि मन्त्री थिए । 
प्रधानमन्त्री उनको दल र उनलाइ साथ दिने कुनै पनि दलले मन्त्रीपरिषद यति ठुलो वनाउने कुराको चित्त वुझदो जवाफ दिन सक्ने छैनन । 
तर,अर्को कुनाबाट एकाथरि मानिसहरु चाहि के भन्दैछन भने प्रधानमन्त्री देउवाले भारत भ्रमणको बेलामा पुन संविधान संशोधन गर्ने कुरा गरेकोले सरकारमा संख्या थप गर्नु भन्दा पनि संविधान संशोधनको लागि दुइ तिहाइ पुरयाउने कसरतको रुपमा यसलाइ वुझिरहेका छन । के यस्तै होला त ? 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter