यसकारण समृद्धि कांग्रेसले मात्र दिन सक्छ

ओम शर्मा चापागाई /जहानीया शासन पछि २०१५ सालको आम निर्वाचनपछि वीपीले छोटो कार्यकालमा ल्याको मुलुक समृद्ध बनाउने नीति तथा कार्यक्रमको जगमा टेकेर पञ्चायत टिक्यो । बहुदल पछि २०४८ सालमा काँग्रेसको नीति तथा कार्यक्रमको जगमा टेकेर गएको २५ वर्षमा काँग्रेस मात्र होइन बामपन्थी सरकारका नीति तथा कार्यक्रम आए । यदि नेपाली काँग्रेसको उदार अर्थ नीति अनुरुप मुलुकको नीति तथा कार्यक्रम नकोरिएको भए हाल समृद्ध मुलुक तर्फ जानका लागि खडा भएका आधार स्तम्भ जहाँको त्यही रहने निश्चित थियो । चरम द्दन्द्द र अस्थिरताका बीच पनि मुलुकले समृद्धता तर्फ जान आधार स्तम्भ खडा गर्न सफल भएको छ । समय अनुरुप स्वतः विकास भएको होइन । बामपन्थी सरकारले अवलम्बन गरेको र प्राथमिकतामा राखेको वितरणमुखि नीति तथा कार्यक्रमले यसखाले आधारस्तम्भ खडा हुने थिएनन् ।

२०५२ सालपछिको चरम द्दन्द्दले नेपालबाट उत्पादन सुरु गरेका अन्तर्राष्ट्यि स्तरका सर्यौ उद्योग पलायन भए । जसलाई नेपाली काँग्रेसको २०४८ सालको उदार अर्थ नीति तथा कार्यक्रमले स्थापना गर्न प्रोत्सान गरेको थियो । जस्तो विश्व चर्चित कोडाक कम्पनी। त्यसै गरी महासय यदी उदार अर्थ नीति काँग्रेसले लागू नगरेको भए दावाकासाथ भन्न सकिन्छ यहाँको साथमा हाल पेजर (सञ्चार माध्यम) हुन्थ्यो नकि अधिक सुविधा सहितको मोवाईल । यदि उदार अर्थनीति लागू नभएको भए साक्षरता दर बढीमा ५० को हाराहारीमा हुने थियो नकि हाल ७० काटि सकेको छ । यदि उदार अर्थ नीति लागू गरेर निजी क्षेत्र प्रोत्साहन नगरेको भए सय मेगावाट विद्युत पनि हुने थिएन किनकी २००७ साल पूर्व राजधानीमा बलेको बत्ति दशकौ सम्म राजधानी बाहिर जान सकेको थिएन हाल लगभग लाइन जडान भएका प्राय क्षेत्रमा ८०० मेगावाट मार्फत उज्यालो भइसकेको छ । र अवको दुई वर्षभित्रमा नेपालले थेग्न सक्ने छैन । कारण निजी क्षेत्रको संलग्नता र उदार अर्थ नीतिको प्रभाव हो । यदि उदार अर्थ नीति लागू नभएको भए अझै पनि रोयल नेपाल एयर लाईन्सका हाकिमलाई चाकडी गरेर ब्लायकमा हवाई टिकट किनेर उडान गर्नुपर्दथ्यो । हाल सडक मार्गको यात्रा भाडाकै हाराहारीमा हवाई यात्रा गर्न सकिन्छ यसको कारण पनि उदार अर्थनीति र निजी क्षेत्रको संलग्नता हो ।

१०० जना पनि प्राविधिक शिक्षाको उच्च तहको अध्ययन गर्न नपाउने अवस्थाबाट हाल दशौं हजारले प्राविधक तहको अध्ययन नेपालमै गरेर जनशक्ति उत्पादन भएकाछन् यसको मुख्य कारण पनि नीजि क्षेत्रसँगको सहकार्य हो । राष्ट्ले थेग्न र धान्न नसक्ने रुग्न उद्योग निजीकरण गरेर राज्यकोषको दोहनबाट बचाउने नीति पनि उदार अर्थ नीति हो यसले मुलुकलाई घाटा होइन फाइदा भएको छ । अर्को कुरा राष्ट्ले चुरोट, बिंडी, जुत्ता चप्पल उत्पादन गर्ने नीति उदार अर्थनीतिमा पर्दैन । गर्नुपनि हुँदैन । किनकी यस खाले उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गरेर राज्यले कर लिने हो । उदाहरणका लागि हाल औषधषि उत्पादन कम्पनी र साझा यातायातलाई लिन सकिन्छ । यस खाले दर्जनौ संस्था अझै पनि राज्यकोष दोहन मै व्यस्त छन् । जसलाई जतिसक्दो निजीसँग सहार्य जरुरी छ ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter