यसरी चयन गरियो डेलिगेट्स,छानी छानी हटाइयो नाम
एनआरएन अमेरिकाको प्रतिनिधि चयनमा पाँडे पजनी

21 दिन अगाडी

बाल्टिमोर,अमेरिका,अक्टुबर १ । आन्तरिक खिचातानी र संस्थापन पक्षलाई पत्तासाफ नै गरेर अघि बढ्ने प्रयासमा लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको सदावहार विरोधीको झुण्ड एनआरएन अमेरिकामा हाबी देखिएको छ । जसको पछिल्लो उदाहरण हो एनआरएन अमेरिकाको आसन्न अन्तरराष्ट्रिय सम्मेलनका लागि चयन गरिएका प्रतिनिधिहरुको नाम छनौट। प्रतिनिधि छनौटका लागि दोश्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष डाक्टर केशब पौडेलले यसपटक विगतको गल्ती नदोहोर्याउने भन्दै बाहिर बाहिर बोल्दै हिंडे पनि अन्तत: उनी त्यही झुण्डबाट बाहिर निस्कन सकेनन् र झुण्डको रुची र दवाब अनुसार सूची सार्वजनिक गरिएको छ ।
अन्तिम सूची सार्वजनिक गर्नु केही दिन पहिले प्रारम्भिक सूचीको नाम सार्वजनिक गरिएको थियो । प्रतिनिधि छनौटका लागि वरिष्ठ उपाध्यक्ष सुनील शाहसहित सात जनाको कमिटी चयन गरिएकोमा रातारात कन्फरेन्स बैठक गरेर त्यही झुण्डको दवाबमा डाक्टर पौडेलले दुई जना (प्रमोद सिटौला र स्वराज खाती) को नाम थपे । नौ सदस्य समितिको दशैंको दिन शनिवार राती अन्तिम सूची सार्वजनिक गर्न बैठक बस्यो । एक सय ८१ जना मध्ये नयाँ सदस्यबाट समेत गरी (यसमा आइसीसी पदाधिकारी र सदस्य पदेन प्रतिनिधि हुन्छन्) ७४ जनाको नाम तय गर्नु थियो । समितिको बैठक पूर्व अध्यक्ष डाक्टर पौडेलले समितिका सबै सदस्यलाई फोन गरी नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टको नाम समावेश गर्न सुझाव दिएका थिए । तर समितिको बैठक सुरु हुनासाथ समितिका सदस्य रहेका महासचिव बीआर लामा र सदस्य प्रमोद सिटौलाले सबैभन्दा चर्को रुपमा समितिका अध्यक्ष आनन्द विष्टलाई समावेश गराएर प्रतिनिधि चयन गर्न नसकिने भन्दै विवाद सुरु गरे । सिटौला समितिका केन्द्रीय सदस्य र विष्टले नै गत महाधिवेशनका लागि प्रतिनिधि बनाएका व्यक्ति हुन् । समितिको बैठक विष्टलाई समावेश गर्ने र नगर्ने विवादमै रुमल्लियो । संयोजक सुनील शाहले विष्टको नाममा विवाद नगर्न रुलिङ्ग गर्दैगर्दा लामा र समितिका अर्का सदस्य गौरी जोशीको लाइनमार्फत नेपालबाटै कन्फरेन्समा जोडिएका सिटौला दुवैले अर्को बखेडा सुरु गरे । उनीहरुले भोटिंग नै गर्नुपर्ने माग गरेका थिए । 
तत्पश्चात समितिका सदस्य प्रितीसागर खत्रीले विष्टको नाममा समितिभित्र भोटिंग गर्ने काम भए आफुले सहभागिता जनाउन नसक्ने र विष्टको नाममा विरोध गर्नु भनेको नाङ्गै भएर सडकमा उत्रिनु हो भन्दै आफ्नो अडान राखेपछि पूर्व नियोजित तयारीमा रहेका लामा र सिटौला लगायतले विष्टलाई समावेश गर्नुपर्ने भए आफुहरुको लिष्ट अनुमोदन गर्नुपर्ने भन्दै आफ्ना मान्छेहरु घुसाउन सफल भए । 
दुई मिनेट पहिलेसम्मको अडान फेर्दै उनीहरुले त्यसो भए हामीले पहिले पेश गरेको सूची अनुसारको लिष्ट स्वीकृत गर्नुपर्छ भन्नासाथ हुन्छ,हुन्छ भन्दै बैठक सकिएको र सोही सूची अनुसार,एनआरएनमा राम्रा होइन,हाम्रालाई समेटेर त्यही झुण्डले आफ्नै श्रीमती,गर्लफ्रेन्ड र झुण्डभित्रका 'एस म्यान'हरुको नाम समावेश गरेर सूची सार्वजनिक गर्यो । जसमा दशैं मनाउन सपरिवार नेपाल गएका सिटौलाले आफ्नै श्रीमतीलाई प्रतिनिधि बनाएका छन् भने झुण्डका अर्का सदस्य सीपी पौडेल,विष्णु सुवेदी,शंकर खड्का र वर्तमान एनआरएन बोर्डभित्रका प्रतिपक्षी नेता मानिएका संजय थापाले समेत आफ्नै श्रीमतीलाई प्रतिनिधि बनाएका छन् ।
यसलाई झुण्डका नाइकेहरुले विष्टको नाममा हलो अड्काएर आफ्ना,आफन्तलाई समावेश गर्ने सफलतामा परिणत गराए । जसलाई कतिपयले अब एनआरएन अमेरिका एनआरएन जस्तो नभएर श्रीमान्-श्रीमतीको नेपाल भ्रमण र छुट्टी मनाउने क्लब बनाए भनि आलोचना गरिएको छ । यसैबीच सूचीबाट नाम हटाइएका न्यूजर्सीका कुङ्गा शेर्पा ताक्तोकले कुङगा शेर्पाले बाहुन क्षेत्रीलाई सहयोग गरिन्छ भनेका कारण प्रतिनिधि सूचीबाट आफ्नो नाम हटाएको आफुले थाहा पाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन्,-जनजाति ४० जनालाई सूचीमा पार्न सफल भइयो भनेर आज ज्याक्सन हाइट्समा पार्टी गर्ने तयारी भएको सुनेको छु ।  
यसरी भयो पाँडे पजनी 
यो झुण्डले जनसम्पर्क समितिको संस्थापन पक्षका सदस्यहरुलाई खोजीखोजी सूचीबाट हटाएको छ । पाँडे पजनी शैलीको यो सुचीबाट हटाइएका प्रतिनिधिहरुको नाम मध्ये समितिका उप सभापतिद्वय केशब बराल र धर्मराज श्रेष्ठ,समितिका संगठन विभाग प्रमूख वेद खरेल,केन्द्रीय सदस्य अमृत भट्टराई,समितिका पूर्व केन्द्रीय सदस्य विनोद भट्ट, लंग आइल्याण्ड च्याप्टरका सभापति विश्व बाँस्तोला लगायतको नाम नियतवश हटाइएको छ । समितिका एक सदस्य भन्छन्,- बैठकमा गौरी जोशीले कसैको पक्षमा पनि एक शब्द बोलेनन् । जबकी यी नामहरु जोशी आफैंले संकलन गरेको नामावली सूचीमा समावेश थियो । 
अमेरिकामै नरहेका भट्ट सूचीमा 
झुण्ड नेतृत्वले चयन गरेको यो सूचीमा अमेरिकाको एनआरएनमा कहिले,कतै देखा समेत नपरेका शिशिर भट्ट समेतको नाम समावेश छ । भट्ट आईसिसी अध्यक्षका लागि उम्मेदवार घोषणा गरेका प्रत्याशी भवन भट्टका सहोदर दाइ हुन् । न्यूजर्सीमा घर किनेर छाडेको बाहेक ग्रीनकार्डधारी शिशिर भट्टको एनआरएन अमेरिकासंग कुनै साइनो समेत छैन । तर यो झुण्ड निर्णयकर्ताहरुले हाल नेपालमै रहेका भट्टलाई सूचीमा समावेश गरेका छन् भने भवन भट्टकै फुपुका छोरा नातामा भान्जे दाई पर्ने विनोद भट्टलाई चाहिं सूचीबाटै हटाइएको छ ।   


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter