यसरी भर्नुहोस् डिभी

22 दिन अगाडी

वासिङ्गटन डिसी, अक्टोवर १/ अमेरिका सरकारले जारी गर्ने डिभी भिषाको लागि मंगलवार देखि आवेदन भर्न सकिने भएको छ । डिभि सम्वन्धि निर्देशनमा भनिएको छ – जति सक्दो चाँडो तोकिएको समयमा भर्नुहोला ,पछिल्ला दिनहरुमा लोड वढी हुने भएकाले त्यसको भारले सिष्टम नै डाउन हुन सक्छ । न्यूयोर्कको समय अनुसार अक्टोवर ३ तारिखको दिउँसो वाह्र वजे देखि नोभेम्वरको ७ तारिख दिउँसो वाह्र वजे सम्मको समायावधिमा अनलाईन माध्यमवाट भरिसक्नु पर्नेछ । साथै डिभी भर्नको लागि १८ वर्ष पुरा भएको हुनुपर्नेछ । हरेक क्षेत्र र देशका लागि छुट्याइएको सङ्ख्याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । नेपालीहरुले पछिल्लो पटक सन् २०१५ मा ४ हजार ९ सय ९१ जनालाई छनौटमा परेका थिए । हरेक वर्ष एक देशलाई ७ प्रतिशत भन्दा वढीलाई डिभी पर्देन भने विगत पाँच वर्षमा ५० हजारको संख्यामा पुगेका आप्रवासीहरु भएको देशका नागरिकले डिभी भर्न पाउँदैंनन् । एक समयमा डिभी भर्दा एक पटक मात्र भर्नु पर्ने छ, दोहोरयाएर भर्नेको डिभी रद्द हुनसक्छ । डिभी भर्नकोलागि आफनो व्यक्तिगत विवरण,ईमेल र फोटो अनिवार्य गरिएको छ । तसर्थ यी विषयमा विशेष ध्यान दिनु पर्नेछ । 


६० मिनेट भित्र भरिसक्नुहोस् 
ई–डिभी दर्ता फारम एकै पटकमा भरेर बुझाउनुपर्ने किसिमले तयार पारिएको छ । फारम डाउनलोड गरिसकेपछि तपाईँले ६० मिनेट भित्रमा भरेर बुझाउनुपर्दछ । यदि तपाई ६० मिनेटमा फारम भर्न असमर्थ हुनुभयो भने तपाईँको फारम अपूर्ण हुनेछ र तपाईँले भर्नुभएको विवरण खारेज हुनेछ । दोहोरो आवेदन नपरोस्भन्ने कुराको सुनिश्चित गर्नका लागि कुनै पनि आंशिक रूपमा भरिएको आवेदनलाई सिस्टमले स्वतः खारेज गर्दछ । के–के विवरण भर्नु पर्दछ भन्ने कुरा थाहा पाउनका लागि फारम भर्नुभन्दा अगाडि डिभी निर्देशिका पूरै पढ्नुहोस्।

के हो डिभी ? 
आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष सन् २०१९ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ । डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन । चिट्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ । सन्२०१७ अक्टोबर ३ तारिख मंगलवार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–४) को मध्याह्न र सन् २०१७ नोभेम्बर ७ तारिख मङ्गलबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–५) को मध्यान्ह बीच इलेक्ट्रोनिक रूपमा दर्ता गर्नु पर्दछ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध गर्दछौँ । म्याद नाघेपछिको आवेदन वा कागजीय आवेदन स्वीकार गरिने छैन । अमेरिकी विदेश मन्त्रालयले एकभन्दा बढी आवेदन परे नपरेको पत्ता लगाउन सुविज्ञ प्रविधिको प्रयोग गर्दछ । एकभन्दा बढी आवेदन हाल्ने आवेदकहरू डिभीका लागि अयोग्य ठहरिनेछन् । 
के के चाहिन्छ ? 
डिभी–२०१९ कार्यक्रममा लागि विद्युतीय आवेदन भर्नका लागि तपाईँले निम्न जानकारी उपलब्ध गराउनुपर्दछ :  
१. पूरा नाम – थर, नाम, बीचको नाम । ( आफ्नो नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस्। )
२. लिङ्ग – पुरुष वा महिला ।
 ३. जन्म मिति – दिन, महिना, वर्ष ।
 ४. जन्मिएको शहर ।
 ५. जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनुपर्दछ । 
डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँजन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ वा तपाईँको राष्ट्रियता, तपाईँको जन्म भएको देशभन्दा फरक छ भनेतपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन ।
फोटो(हरू) –

आफ्नो, आफ्नो पति÷पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो ( पछिल्लो छ महिनामा खिचिएकोहुनुपर्ने) । फोटोसम्बन्धी मापदण्डका लागि डिजिटल फोटोबुझाउनेसम्बन्धी विवरण हेर्नुपर्ने हुन्छ ।  यदि निवेदकको पति÷पत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन तर राख्नुभएको खण्डमा पनि तपाईँको आवेदन भने रद्द हुने छैन । सामूहिक फोटो स्वीकार हुने छैन । प्रत्येक व्यक्तिको छुट्टै फोटो राखिनुपर्दछ । यदि फोटो मिलाइएको वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ वा तपाईँलाई भिसा जारी नहुन सक्छ । गत सालको आवेदनमा पेश गरेकै फोटो पुनः पेश गरेमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ । 
ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला, जुन तपाईँले कम्तीमा पनि अर्को वर्षको मे महिनासम्म चलाउनुहुनेछ । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया अवस्था ९भ्लतचबलत क्तबतगक ऋजभअप० मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था ९भ्लतचबलत क्तबतगक ऋजभअप० मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयोभनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन ।
शिक्षा : (१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर, (९) केही विद्यावारिधी तहका विषयहरू पढेको, र (१०) विद्यावारिधी हासिल ।
वर्तमान वैवाहिक स्थिति – (१) अविवाहित, (२) विवाहित तर मेरा पति÷पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा (एलपीआर) होइनन्, (३) विवाहित र मेरा पति÷पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्, (४) सम्बन्धविच्छेद, (५) विधवा, वा (६) कानुनी रूपमा अलग्गिएर बसेको । आफ्नो पति÷पत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहर÷नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस्। योग्य पति÷पत्नीकोनाम उल्लेख नगरिएको खण्डमा डाइभर्सिटी भिसाका प्राथमिक आवेदकका रूपमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । यदि तपाईँ हाल छुटिएर बस्नुभएको छ भने पनि कानुनी रूपमा अलग्गै बसेको अवस्था (अर्थात्अदालतद्वारा मान्यताप्राप्त लिखित सम्झौता वा अदालती आदेश प्राप्त भएको अवस्था) मा बाहेक आफ्नो पति वा पत्नीको विवरण उल्लेख गर्नु पर्दछ । यदि पति÷पत्नी अमेरिकी नागरिक हो वा वैध स्थायी बासिन्दा हो भने उनीहरूलाई भिसा आवश्यक पर्दैन वा जारी गरिने छैन । त्यस कारण तपाईँले आफ्नो आवेदन फारममा “विवाहित र मेरा पति÷पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्” छान्नुभयो भने तपाईँको पति÷पत्नीसम्बन्धी थप जानकारी माग गरिने छैन । 
सन्तानको सङ्ख्या – आवेदकका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँसंयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ्ग, जन्म शहर÷नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस्। 
निम्न लिखित अनिवार्य समावेश गर्नुहोला :  सबै जिवित प्राकृतिक सन्तान,तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनुपर्दछ चाहे तपाईँसो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस्वा नहोस्र चाहे तपाईँसँग बसोबास गरेको होस्वा नहोस्र÷वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन्। विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन्। तर केही अवस्थामा चाइल्ड स्टेटस प्रोटक्शन ऐन नामक अमेरिकी कानुनले उमेर पुगिसकेका सन्तानलाई पनि छुट प्रदान गर्दछ । यदि तपाईँले आफ्नो अविवाहित सन्तान २१ वर्षको उमेर नुपग्दै आवेदन बुझाउनुभएको थियो र भिसा जारी हुने समयभन्दा अगाडि सो सन्तान २१ वर्ष पुगेमा उसलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत २१ वर्ष मुनिकै उमेर ठहर भई उसको भिसाउपर कार्यवाही हुनेछ । अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दाका रूपमा रहेका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुँदैनन्। यद्यपि उनीहरूको नाम उल्लेख गर्नुभएमा वा छुटाउनुभएमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन । डिभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा प्राथमिक आवेदक डिभीको लागि अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । 
के तपाईँको पति÷पत्नीको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छन्? यदि योग्य ठहरिई अनि डिभी भिसा प्राप्त भएमा तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर दुबै तपाईँर तपाईँको पति÷पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।
के तपाईँको पति÷पत्नीको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छन्? यदि योग्य ठहरिई अनि डिभी भिसा प्राप्त भएमा तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर दुबै तपाईँर तपाईँको पति÷पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ । 
हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनुपर्दछ: माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।
अमेरिकी सरकारका आधिकारिक वेबसाइटहरूको अन्तमा डट जिओभी हुन्छ । अन्तमा डट कम,डट ओआरजी वा डट नेट हुने कतिपय गैरसरकारी वेबसाइटहरूले भिसासम्बन्धी सूचना राख्ने गरेको पाइएको छ । यस्ता वेबसाइटमा जेजस्ता सूचना भए पनि ती अमेरिकी सरकारसँग सम्बद्ध छैनन् ।
श्रीमान् र श्रीमती दुबै आवेदनका लागि योग्य छन् भने उनीहरूले अलगअलग आवेदन दिन पाउँछन् । उनीहरूमध्ये जो छानिए पनि अर्कोले आश्रितको रूपमा भिसाको लागि आवेदन गर्न पाउँछ ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter