यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

4 महिना अगाडी

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि बुधवार मध्यरातीसम्म निर्वाचन हुने भएको छ । विश्वमा सबैभन्दा बढी सदस्य भएको एनआरएन एनसीसी अमेरिका नै हो । यो निर्वाचनपछि निर्वाचित नेतृत्वले आगामी आइसीसी सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधि समेत चयन गर्ने हुँदा आइसीसीका आकांक्षीहरुले पनि अमेरिकाको एनआरएन निर्वाचनलाई चासोका साथ हेरेका छन् ।
यसपटक चुनावी मैदानमा वर्तमान अध्यक्ष डाक्टर केशब पौडेल,वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्षद्वय रबिना थापा र राम सी पोखरेलसहित चार जना अध्यक्षका प्रत्यासी छन् । चार जना मध्ये राम सी पोखरेल बाहेक तीन जनाले आ आफ्नो नेतृत्वमा टीम बनाएका छन् । टीमसहितका तीन जनाको बीचमा नै यसपटक कडा प्रतिष्पर्धा हुने अनुमान छ । करीब १५ हजार मतदाता रहेको यो निर्वाचनमा बढीमा १० हजारभन्दा बढी मत नखस्ने अनुमान छ । 
चर्चामा रहेका अध्यक्षका प्रत्यासी गौरी जोशीले चुनाव नलड्ने घोषणा गरेपछि अहिले कसले चुनाव जित्ला भन्ने अनुमान गर्न समेत कठीन भएको छ । 'कुनै पनि प्रत्यासीलाई आफु जित्छु भन्ने पूर्ण विश्वास छैन,कोही पनि ढुक्क हुन सकेका छैनन् । त्यसैले कहिले कोसँग मिलेको र कहिले कोसंग सहमति गरेको बजार हल्ला चलिरहेको छ,तैपनि जसलाई सोधे पनि आफुले जित्ने दाबी त गरेकै छन् नि' न्यूयोर्कमा रहेका एक एनआरएन सदस्यले भने ।
चार अध्यक्षका प्रत्यासीसहित कूल २३ पदका लागि ६९ जनाले प्रतिष्पर्धा गर्दै छन् । युवा संयोजकमा चाहिं स्वराज खाती निर्विरोध भैसकेका छन् ।
एक अध्यक्ष,एक वरिष्ठ उपाध्यक्ष,एक महासचिव,चार क्षेत्रीय उपाध्यक्ष,एक सचिव,एक कोषाध्यक्ष,एक सह कोषाध्यक्ष,एक महिला संयोजक र ११ बोर्ड सदस्यका लागि चुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार एक वरिष्ठ उपाध्यक्षका लागि तीन,चार उपाध्यक्षका लागि १२,एक महासचिव,एक सचिव र एक कोषाध्यक्षका लागि क्रमश: चार, एक सह कोषाध्यक्ष र एक महिला संयोजकका लागि दुई दुई जनाले प्रतिष्पर्धा गर्दैछन् । यसैगरी ११ बोर्ड अफ डाइरेक्टरका लागि ३४ जनाले प्रतिष्पर्धा गर्दैछन् । आठ जना आइसीसी सदस्यको पदमा १२ जनाले प्रतिष्पर्धा गर्दैछन् ।
निर्वाचन आयोगका अनुसार,मंगलवार न्यूयोर्कको स्थानीय समय अनुसार बिहान आठ बजेदेखि अनलाइन मतदान प्रक्रिया मार्फत निर्वाचन सुरु हुनेछ भने बुधवार राती १२ बजे मतदान सकिनेछ । मतदान लगत्तै २४ घण्टाभित्र मतगणना सक्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगले भोली बिहान नै सबै मतदातालाई इमेल मार्फत मतपत्र पठाउने जनाएको छ ।

यस्तो छ कृष्ण पोखरेल समूहका उम्मेदवारहरुको अन्तिम सूची
१. अध्यक्ष: कृष्ण पोखरेल 
२. वरिष्ठ उपाध्यक्ष: तेम्वा नुरु शेर्पा
३. उपाध्यक्ष: संजीव श्रेष्ठ
४. उपाध्यक्ष उमा थापा कार्की
५. उपाध्यक्ष: पुरुषोत्तम बोहोरा
६. उपाध्यक्ष: भुवन आचार्य
७. महासचिव: पूर्ण चन्द्र बानियाँ
८. सचिव:  रेवतीराज अधिकारी
९. कोषाध्यक्ष: सतेन्द्र शाह
१०. सह-कोषाध्यक्ष : विश्वमान आङ्ग्दम्बे
११. महिला संयोजक:  लक्ष्मी खरेल 
१२. सदस्य:  तृष्णा शर्मा
१३. सदस्य: बिष्णु शाह
१४. सदस्य: सन्जय थापा
१५. सदस्य: प्रितीसागर खत्री
१६. सदस्य: थलराज पन्त
१७. सदस्य: गुन्जना पाण्डे
१८. सदस्य: अमृत कट्टेल
१९. सदस्य: सुरज घिमिरे
२०. सदस्य: बासुदेव खनाल  
२१. सदस्य: कृष्ण जीसी 
२२. सदस्य: डाक्टर अर्जुन बन्जाडे 

आइसीसी सदस्यका लागि पोखरेल समूहका उम्मेदवारहरु 
१. धर्म भट्टराई 
२. बलराम थापा 
३. बेदराज बस्नेत 
४. प्रकाश सापकोटा 
५. गोमा सेन 
६. बन्दना कोइराला
७. लोकनाथ तिवारी 
८. डिल्ली भट्टराई 




Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter