यस्तो छ, आँधी प्रभावितको कथा

2 महिना अगाडी

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकी भूगोलमा यो शताव्दिको ठूलो आँधीको संज्ञा पाएको वाढी र आँधीको कारणले जनजीवन अस्तव्यस्त भएको छ । लाखौ मानिसहरु घरवार विहीन भएका छन भने अर्वों डलरको क्षति भएको छ । यसैवीच फलोरिडाका गभर्नर रिक स्कटले घर फर्किनु अगाडि स्थानीय अधिकारीहरुसँग समन्वय गर्न सार्वजनिक अपिल गरेका छन् । यसैवीच अझैपनि हजारौ मानिसहरुलाई उद्दारको खाँचो रहेको जनाइएको छ । 


 यस अगाडि टेक्सासमा आएको आँधी भन्दा भयावह रुपमा फलोरिडामा क्षति भएको छ , ईरमा नामक आँधीको कारणले पूर्व देखि पश्चिम सम्मा नौ वटा राज्य प्रभावित भएका छन् । जसको कारणले सडकलाई नदीमा परिणत गराईदिएको छ, विद्युत आपूर्तिको कटौती, प्राकृतिक सम्पदाको तहसनहस ,जनवीजन अस्तव्यस्त वनाईदिएको छ । करिव दशदिन दे िखजारी रहेको आँधीको कारणले लाखौ मानिसहरुले आफनो नीजि सम्पत्ति गुमाएका छन भने हजारौ घरहरु नष्ट भएका छन् । 
समुन्द्री तटमा अवस्थित  फलोरिडाको किजमा रहेका घरहरु मध्ये २५ प्रतिशत घरहरु कामै नलाग्ने गरी नष्ट भएको फलोरिडाका अधिकारीहरुले जनाएका छन् । ६५ प्रतिशत मानिसहरु पूर्ण रुपमा प्रभावित भएका छन् । ७३ हजार ९० जनसंख्या रहेका छन् । 


ईरमा हरिक्यानले गत महिनामा मात्र टेक्सासमा ७० जनाको निधन भएको थियो । अस्पतालहरु र एयरपोर्टहरु वन्द भएका छन् ,अधिकारीहरुले मंगलवार वा वुधवार अस्पतालको सेवा सुचारु गर्ने योजनामा रहेको वताईरहेका छन् । स्थानीय नागरिकहरु यस्तो अत्यासलाग्दो होला भनेर कल्पना समेत नगरेको वताइएरहेका छन् । 
डार्विन टवाको नामका एक स्थानीय जो उक्त आँधी आउँदा त्यही स्थानमा रहेका थिए ,उनले  सिएनएनसँग कुरा गर्दे भनेका छन –धेरै मासिनहरुले सवै चीज गुमाएका छन, रुखहरु उखेलिएका छन, व्यवसाय नदीमा वगेको छ । यो भन्दा पीडादायक पल के होला ? विलियम रोज नामका एक स्थानीयले भनेका छन, मैले मेरो हजुरआमा र अन्टीलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छु, तर असफल भएको छु, मलाई आशा छ उहाँहरुल सकुशल हुनुहुन्छ । वाढी प्रभावित क्षेत्रमा मोवाईल फोनको सेवा समेत अवरुद्ध भएका कारणले धेरैले आफना परिवारका सदस्यहरुसँग सम्पर्क गर्न समेत पाएका छैंनन् ।  


कुन कुन राज्य प्रभावित 
अमेरिकाको जर्जियामा आँधीको कारणले तीन जनाले ज्यान गुमाएका छन् ,उत्तरी एटलान्टाको सडकमा रुखहरु लडेर समेत मानिसको ज्यान गएको छ । यसैगरी सवैभन्दा वढी प्रभावित राज्य भनेको फलोरिडा हो, जहाँको जनजीवन सहज हुन महिनौ लाग्न सक्ने अधिकारीहरुलाई उधृत गर्दे सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैगरी अर्को प्रभावित राज्य अल्वामामा करिव २० हजार नागरिक पूर्ण अन्धकारमा वस्न वाध्य भएका छन् । साउथ क्यारोलिना, नर्थक्यारोलिना राज्यमा पनि वाढी र आँधीले प्रभावित भएका छन् । 
स्थानीयहरु मैनबत्तिको सहारामा जीवन विताईरहेका छन, शायद यो समृद्ध फलोरिडाका नागरिकले कहिल्यै कल्पना गरेका थिएनन होला , तर प्रकृतिको नियतीको सामु कसको पो के लाग्छ र ?  

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter