यस्तो छ वीरगञ्जमा कांग्रेसको रणनीति

5 महिना अगाडी

पर्सा,भदौ २२ नेपालको प्रमुख व्यापारिक हव तथा मधेश आन्दोलनको कारणले थिलो थिलो परेको वीरगञ्जमा आगामी असोज २ गते निर्वाचन हुँदैछ । वीरगञ्जको पनि मुख्य ध्यान र समग्र २ नम्वर प्रदेशको ध्यान  वीरगञ्ज महानगरपालिकाको चुनावमा नै  केन्द्रित रहेको छ । यसको लागि मेयरमा ३५ जनाले उम्मेदवारी दिएका छन् । असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यतालिका अनुसार वुधबार भएको मनोनयन दर्ताका क्रममा मेयरका लागि ३५ जनाले र उपमेयरका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताएका छन् । कुनै समय कांग्रेसको किल्ला रहेको वीरगञ्जमा यसपटक कसले विजयको माला लगाउने हुन भन्न सकिन्न् तर कांग्रेसले पूर्व साँसद अजय अजय द्विवेदीलाई टिकट दिएका कारण कांग्रेसले आफनो पकड कायम राख्न सक्छ । कांग्रेसले आफनो पकड कायम राख्नकै लागि ८० वर्षकी शािन्त कार्कीलाई उपमेयर वनाएर पुराना तथा कांग्रेसका सवैलाई समेटने जमर्को गरेको देखिएको छ । 
कूल ३२ वटा वडाको वडा अध्यक्षका लागि २ सय ६६, दलित सदस्यमा २ सय १३ जना, दलित महिला सदस्यमा १ सय ६०  र खुल्ला सदस्यतर्फ ४ सय ६३ जना गरी कुल १ हजार १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।नेपाली काँग्रेसबाट अजय द्विवेदी, एमालेतर्फबाट बसरुद्धिन अन्सारी, माओवादी केन्द्रबाट रहबर अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टीकातर्फबाट राजेशमान सिंह र नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव मेयरका उम्मेदवार छन् ।नेपाली जनता दलकातर्फबाट मनोज रौनियार, राप्रपाबाट अर्जुनबहादुर सिंह ठकुरी, नेकपा संयुक्तबाट मुन्नाकुमार साह कानु, मालेबाट लक्ष्मीराज न्यौपानेले मेयरका लागि उम्मेदवारी दर्ता गरेका छन् ।स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा महम्मद रजा, लक्ष्मण साह तेली , देवकीलाल साह कानु, विल्टु राउत बरइ, छोटेलाल राउत कुर्मी, बिकाउ राउत अहिर लगायत छन् ।

उपमेयरमा काँग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरमबाट पिंकी यादव, राजपाबाट रम्भा मिश्रा, लोकतान्त्रिक फोरमबाट रिंकी यादव, नेपाली जनता दलबाट गौतली राउत र राप्रपा९प्रजातान्त्रिक०बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा स्वतन्त्रबाट अमोद गिरी र श्यामबाबु पटेलले पनि उम्मेदवारी दर्ता गरेका छन् । 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter