यस्तो भो नेताहरुको दशैं

2 महिना अगाडी

काठमाण्डाैं,असाेज १५ । नेपालीहरुको महान चाड विजयादशमीको दशौँ दिन दुर्गा पुजा विसर्जन गरी टिका लगाएर सम्पन्न गरिएको छ । नवरात्रीभरि विभिन्न शक्ति पीठको पूजा अर्चना गरी घरघरमा फूलपाती भित्र्याउने र जमरा राखी दशमीको दिन दुर्गा पुजा विसर्जन गरी आफूभन्दा ठुला र मान्यजन,अभिभावकबाट दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाएर आशिर्वाद लिने चलन छ । 
आसुरी शक्तिमाथि दैवी शक्तिको विजय,असत्यमाथि सत्यको विजयका रुपमा दशैंलाई मानिन्छ । दशैंको जति आध्यात्मिक पाटो छ त्यो भन्दा बलियो पाटो छ,सामाजिक पक्षमा । दशैं नेपालीहरुलाई जोड्ने यस्तो सेतु बन्दै गएको छ जसले रीस,राग र वैमनस्यताको अन्त्य गर्दै भातृत्व र अपनत्वको संस्कार विकास गर्दै गएको छ । दशैंको सामाजिक पाटोको महत्वका कारण नै यसलाई सम्पूर्ण नेपालीहरुको महान चाड भन्न सकिन्छ । 
यस वर्षको दशैंको मूख्य दिन शनिवार परेकोले पनि होला यसको उल्लास अझ व्यापक हुन पुग्यो । आफ्नो पुर्ख्यौली थलो छाडेर शिक्षा,जागिर,व्यवसाय र पेशाका लागि अन्यत्र पुगेका परिवारका सदस्यहरु आफ्ना अभिभावक र मान्यजनको आशिर्वाद लिन गाउँ फर्कने गर्दछन् । जसका कारण राजधानी उपत्यका दशैंको बेला सुनसान जस्तो देखिन्छ । दशैंसंगै ऋतु समेत परिवर्तन हुने हुँदा यसको उल्लासमा सबै रमाएको देखिन्छ । 
यसरी टिका लगाए नेताहरुले 
यसवर्ष पनि सर्वसाधारणदेखि उपल्लो वर्गका सबैले दशैं हर्षोल्लासका साथ मनाएका छन् । देश परदेशबाट नेपालीहरु दशैं मान्न र आशिर्वाद लिन स्वदेश फर्किएका छन्,आफ्नो गाउँघर पुगेका छन् । गाउँघरको लिङ्गे र रोटे पिङ्गमा रमाएका छन् । गाउँघरमा अझै पनि दशैंको टिका,जमरा र आशिर्वाद ग्रहण गरी सकेपछि भुँई छाड्नु पर्छ र आ आफ्नो खेततर्फ दशैंको टिका देखाउनु पर्छ जसका कारण धान खेती सप्रन्छ भन्ने मान्यता छ । जसका कारण टिका लगाएर पिङ्गमा मच्चिनेहरुको रमाइलो बेग्लै हुने गर्दछ । युवायुवती र किशोर पुस्ता चंगा च्याट भन्दै चंगा उडाउन रमाएका देखिन्छन् । 
सफा,सुग्घर,सरसफाई,लिपपोत,शृंगार दशैंको अर्को पक्ष हो । वर्षे बाली लगाई सकेर थकान मेटाउने समय पनि हो दशैं । खानपीन,रमाइलो,भेटघाट दशैंको अर्को पक्ष हो जसले पुस्तौंपुस्तालाई एकै ठाउँ जोडेको छ ।
यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले पण्डित र आफ्नी आमासहित परिवारका मान्यजनबाट टिका,जमरा र आशिर्वचन ग्रहण गरेर राष्ट्र प्रमूखको हैसियतले मुलुकका उच्च पदस्थ व्यक्तिहरु र सर्वसाधारणलाई टिका लगाई दिइन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पण्डितबाट टिका,जमरा र आशिर्वचन ग्रहण गरेपछि आफ्ना परिवार र नातेदारलाई टिका लगाई दिए । प्रधानमन्त्री देउवाले बालुवाटारमा मुलुकका उच्च पदस्थ व्यक्तिहरु र सर्वसाधारणलाई पनि टिका लगाई दिए । कांग्रेस नेता रामचन्द्र पौडेलले दाइ बन्धुराज पौडेलबाट टिका ग्रहण भन्दै टिका लगाउदै गरेको तस्वीर सार्वजनिक गरेका छन् ।
यस वर्ष चर्चामा रह्यो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दशैं । उनले २२ वर्षपछि दशैंलाई स्वीकार गर्दै टिकाटालो गरे । उनका पुत्र प्रकाश दाहालले फेसबुकमार्फत तस्वीर सार्वजनिक गरेर प्रचण्डले आफ्नी धर्मपत्नी सीता,छोराछोरी र नातेदारलाई टिका लगाई दिएका छन् । त्यसो त चारित्रीक रुपमा विवादित प्रकाशसंगै उनले भित्र्याएकी बिना मगरलाई पनि सीता दाहालले टिका लगाइदिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रचण्डको यो टिकाको सन्दर्भ जोडेर सामाजिक संजालमा व्यापक टिका टिप्पणी पनि भएको छ । 
अर्का पूर्व माओवादी नेता एवं नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइले पनि विगत वर्ष जस्तै यस वर्ष पनि परिवारका सदस्यहरुसंग टिकाटालो गरेर दशैं मनाएको तस्वीर सार्वजनिक गरेका छन् । भट्टराईले आफ्नो फेसबुक पेजमा बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका ग्रहण,हामी सबैको भलो होस्,देश र जनताको भलो होस्, नेपाल हाम्रै पालामा समृद्ध बनोस् भन्दै फोटो शेयर गरेका छन् ।
कांग्रेस युवा नेता गगन थापाले सकारात्मक सोच र प्रवृत्ति नै हाम्रो मूल प्रवृति बनोस्। हामी सबैलाई दशैंको शुभकामना भन्दै श्रीमती र आफुले टिका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । उता अर्का नेता विश्वप्रकाश शर्माले दशैं थिएन´´ तर दशैं त आयो नै…हामी निक्लियौं पारिवारिक भेटघाटका लागि भन्दै पारिवारिक तस्वीर सार्वजनिक गरे । अर्का नेता कल्याण गुरुङले टिका लगाएको आफ्नो दम्पतिको तस्वीर सार्वजनिक गरेका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले यसपाली दशैंमा ससुराली पुगेर खुव रमाइलाे गरेका छन। दाैरा सुरूवाल ढाका टाेपीमा सजिएर गएका थापाले दशैंमा ससुरालीकाे छानामा खेल्न समेत भ्याए।नेवार केटी विवाह गरेका थापाले अाफुले ससुरालीमा मस्ती गरेकाे कुरा सामाजिक सञ्जालमा पनि ब्यक्त गरेका छन।उनले ससुरालीमा पुगेर टिका लगाएपछि घरकाे काैशीमा पुगेर चंगा समेत उडाएका छन् ।

 

 













Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter