यात्रारत छ जीन्दगी

9 महिना अगाडी

 

-ईश्वर कडेल 

भएर एउटा सिङ्गो आकास
यात्रारत छ जीन्दगी
जहाँ उदाउँछ सुर्य हरेक बिहान
सकि नसकि बोकेर अन्धकारको डोको
उज्यालोको नाम्लोमा
अनि अस्ताउँछ नियमित समयमा
बिसाएर त्यहि अन्धकार
सायद थकै मार्छ कतै पश्चिमको पहाड पारि
म सँगै।

अँध्यारो सँगै छुट्छन् ताराहरु
सँगै छुट्छ जुन
जसरि जिन्दगि बग्दै जाँदा 
बाटोमै अल्झिन्छन यादहरुका पाईलाका डोबहरु 
मृत्यु पछि ज्युँदै रहने मृतककै अविस्मरणिय क्षणहरुझैं
जब एक निन्द्रा मर्छ मान्छे
लिन्छ सुर्य सँगै पुनर्जन्म
पट्याएर आ-आफ्ना अन्धकारका ओछ्यानहरु
र यात्रारत हुन्छन दुबै
मेरै आकासमार्गमा।

यहि आकाश बोकिहिड्ने जिन्दगी
किन झस्कन्छ साँझ बिहान?
जब बर्सन्छ झरि एकोहोरो
जब लाग्छ कुहिरो
जब चल्छ हुरि
लाछेर आफ्नै बनका हाँगाबिँगा
लड्छन ओक र सालहरु
फुट्छन कोरल्दै गरेका सुन्दर सपनाका फुलहरु
अनायासै सिकार बन्छन हुर्कँदै गरेका बचेराहरु।

सँगै हिड्ने अर्को आकास 
जानेर या नजानेर 
बेखबर यात्रामै हिँडिरहन्छ
हिँडिरहन्छ
हिँडिरहन्छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter