राजकुमार सन्तोषीलाई तोकियो २ बर्षको जेल सजायँ

राजकुमार सन्तोषीलाई तोकियो २ बर्षको जेल सजायँ


ग्लोब नेपाल
54
Shares

मुम्बई । बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन १ करोड रुपैयाँ ऋण दिएका थिए ।

राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक दिएका थिए । तर पछि यी चेक बाउन्स हुन पुगेका थिए ।  यस विषयमा अशोक लालले राजकुमार सन्तोषीलाई सम्पर्क गर्न खोज्दा उनी बेपत्ता भएपछि अशोक लालले अदालतमा मुद्दा दायर गरेका थिए । यस्तो अवस्थामा अहिले अदालतले निर्देशकलाई सजाय सुनाएको हो ।

यस मुद्दामा अदालतले राजकुमार सन्तोषीलाई समन जारी गर्दै प्रत्येक बाउन्स चेकबापत १५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तोके पनि निर्देशकले समन मानेनन् । पछि समन आएपछि उनी सुनुवाइका क्रममा अदालतमा उपस्थित भएनन् । यस्तो अवस्थामा हिजो जामनगर अदालतले निर्देशक राजकुमार सन्तोषीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । जसका कारण निर्देशकले अब १ करोडको सट्टा २ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

राजकुमार सन्तोषी हाल सन्नी देओल र प्रीति जिन्टासँग फिल्म ‘लाहोरस् १९४७’ को निर्देशनमा व्यस्त छन् । फिल्म आमिर खानको प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको छ ।