राजा र पार्टीकाे शासनमा कुनै फेरबदल भएन

4 महिना अगाडी

हरिवोल गजुरेल/

नेपालमा पटक पटक भएका शान्तिपूर्ण र सशस्त्र पूँजीवादी जनवादी संघर्ष सम्झौतामा टुंगिदै आएका छन् । २००७, २०३६, २०४६ सालमा शसस्त्र संघर्ष र जनआन्दोलनबाट जनताले प्राप्त गरेका सीमित अधिकार २०१७, २०३७ र २०५८ सालमा खोसियो । ति अधिकार पुनः प्राप्तिका लागि जनताले पटक–पटक संघर्ष गर्नु परिरहेको छ । जनयुद्ध र जनआन्दोलनको फ्यूजनबाट प्राप्त २०६३ को परिवर्तन संविधान मार्फत संस्थागत भएको छ । तर संविधान कार्यन्वयनको प्रकृया पूरा नहुँदै प्रतिक्रान्तिको कालो बादल राजनीतिक आकासमा मडारिन थालेको छ । कतै यो परिवर्तन पछाडि फर्कने त होइन ? जनता चिन्तित देखिन्छन् । यसर्थ, प्रमुख नेताहरु गंभीर हुन जरुरी छ । कारण पत्ता लगाएर समाधानको गम्भीर पहल सुरु गर्न ढिलो गर्नु हुदैन । अन्यथा भिन्न रुपमा इतिहासको पुनरावृत्ति नहोला भन्न सकिन्न । २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि जनतामा उत्साह आयो । नयाँ निर्वाचनमा वामपन्थी गठबन्धन विजयी भयो । नेकपा सत्तारुढ भयो । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा पुग्यो । अहिले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार चलिरहेको छ । उहाँ रात–दिन सक्रिय हुनुहुन्छ । अर्का अध्यक्ष प्रचण्डलाई पनि फुर्सद छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा जागरण अभियानमा सक्रिय हुनुहुन्छ । अन्य पार्टीका नेताहरु पनि सक्रियतापूर्वक लागिरहेका छन् । तर, जनतामा उत्साह देखिएको छैन । नेताहरु प्रति जनता र कार्यकर्ताको विश्वास कमजोर हँुदै गएको छ । पार्टी संचालनको रबैया र नेतृत्वका कार्यशैली एवंम आचरण देखेर युवाहरुमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको छ । सबै पार्टी गुटबन्दी, नोकरशाहीपन ,अराजकता र विकृति विसंगतिका कारण अस्तब्यस्त छन् । नयाँ भनिने पार्टीकोे हालत पनि उस्तै छ । एकातिर राजनीतिमा युवाहरुको सहभागिता न्यून हुदै गईरहेको छ भने अर्कोतिर विदेश पलायन हुने क्रम बढ्दो छ । सबै पार्टीभित्र नेता— कार्यकर्तामा असन्तुष्टी बढिरहेको छ । यस्तो किन भइरहेछ ? यो कुनै एउटा पार्टी र कुनै एउटा नेता विशेषका कारणले मात्र भएको होइन । सबै पार्टी र नेताहरुको कमजोरीका कारण यस्तो भइरहेको छ । हामी एक–अर्को पार्टी र एक–अर्को नेतालाई दोष दिएर पानीमाथिको ओभानो हुन खोजिरहेका छौं । इतिहासबाट शिक्षा नलिने हो र आ—आफ्ना कमजोरी सच्याउन हिम्मत नगर्ने हो भने प्रतिक्रान्तिको पुनरावृत्ति अवश्यम्भावी देखिन्छ । क्रान्ति पूर्ण रुपमा जितेर वा सम्झौता गरेर, जसरी ल्याएको भए पनि त्यसको विचार र उद्देश्य एउटै हुन्छ । कार्यन्वयनको प्रक्रिया भने अलग–अलग हुन्छ । पूर्ण रुपमा विजयी शक्तिले माथिबाट नीतिगत हस्तक्षेप गरेर जनताको समर्थन लिनुपर्छ । तर सम्झौताबाट आएको शक्तिले तलबाट ससाना नीतिगत र ब्यवहारिक सुधारका काम गरेर जनतासँग घुलमिल हुन सक्नुपर्छ । जनताको जीवनमा उज्यालो ल्याउदै लक्ष्यतर्फ अग्रसर हुनुपर्छ । यो कार्य परिवर्तनको रापताप नसेलाउदै जति छिटो गर्न सक्यो उति नै प्रभावकारी हुन्छ । यसका लागि सर्वप्रथम नेताहरुले जनताले मन नपराएका आचरण र कार्यशैलीमा सुधार गर्न सक्नु पर्दछ । पार्टीका कतिपय वरिष्ठ नेताहरुद्वारा संघीयता, समानुपातिक, समावेशीता र धर्म निरपेक्षताबिरुद्ध प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अभिव्यक्त विचारहरुलाई सामान्य रुपमा लिन मिल्दैन । संविधान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरुको यस्तो अभिव्यक्तिले संचार माध्यमहरुलाई मसला मात्र दिएको छैन, पश्चगामीहरुको मनोबलसमेत बढाएको छ । यसरी पार्टीका नेताहरु पछाडि फर्किदै जाने हो भने संविधान निर्माणको प्रकृयाबाट अलग भएकाहरुले राम्रै मशला पाउने छन् । समाजवादउन्मुख संविधान कार्यान्वयनको दायित्व सरकार र प्रतिपक्ष दुबैको हो । सरकारपक्ष र प्रतिपक्ष हरेक कुरामा विपरित ध्रुवमा उभिने काम कति युक्तिसंगत हुन्छ ? सरकारपक्षले जतिसुकै राम्रा कुरा ल्याए पनि प्रतिपक्षले बिरोध गर्नै पर्ने र प्रतिपक्षले राम्रा कुरा उठाए पनि सरकार पक्षले नसुने जस्तो गर्नैपर्ने परम्परागत अभ्यास कायम राख्दा सत्य कमजोर हुदै गइरहेको छ । संसद चलिरहँदा कुर्सीहरु खालि हुने गरेका छन् । समझदारी हुन सक्ने विषयहरुमा पनि सरकार र प्रतिपक्षबीच असमझदारी देखिनु शुभसंकेत होइन । नयाँ संविधान कुनै एउटा पार्टी विशेषले सोचेजस्तो नभए पनि यसको सार मूलतः अग्रगामी छ । राजनीतिक पार्टीहरु, तीन तहको सरकार र संरचना, संघ—सस्था, कर्मचारीतन्त्र र संचार जगत यसका रुप हुन् । सारमा परिवर्तन र विकास भएपछि त्यस अनुसार रुप परिवर्तन भएन भने पुरानो रुपले नयाँ सारलाई आफू सुहाउदो बनाउछ र नयाँ सार धरासायी हुन्छ । यति सामान्य कुरा पनि नबुझेर हामी पुरानै तरिकाले पार्टी र तीन तहको सरकार संचालन गरिरहेका छौं । सत्ता पक्ष होस् वा प्रतिपक्ष, पार्टीका कार्यालय संचालन, कार्यविभाजन र मानिसको छनौट, जिम्मेवारी, नेताहरुको दिनचर्या र भेटघाट पुरानै तरिकाले चलिरहेका छन् । जनताले नयाँपनको अनुभूति गर्न पाइरहेका छैनन् । हामी नियम, कानुन र आचार संहिता बनाउछौं, त्यो अरुको लागि मात्र लागु हुन्छ । पार्टीले होइन, व्यक्तिले निर्वाचन खर्च व्यहोर्नु पर्ने परम्परागत अभ्यास कायमै छ । निर्वाचित जनप्रतिनिधिहरु भविष्यमा हुने निर्वाचनको तयारीमा लाग्दा भ्रष्टाचार र अनियमितता झांगिदो छ । ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्रीको निर्देशन ठट्टाको बिषय भईरहेको छ । नेता, सांसद, मन्त्री र जनप्रतिनिधिले भ्रष्टाचार गरेको देखेपछि कर्मचारी अछुतो रहने कुरा भएन । नयाँ संविधानले पार्टी संचालनका लागि नयाँ व्यवस्था गरेको छ र, निर्वाचन आयोगले नयाँ आचारसंहिता बनाएको छ । नयाँ संविधान बनेपछि पार्टी संचालनको तौरतरिका पनि नयाँ हुनुपर्ने होइन ? तर हामी पुरानै तरिकाले पार्टी चलाईरहेका छौं । पार्टी संचालनमा लोकतन्त्र, जनवाद र अनुशासनको अभ्यास खोइ ? सामन्तवादी सत्ताले अभ्यास गरेजस्तै हामी पनि गरिरहेका छौं । नेताहरुबीच आपसि सम्बन्धमा नयाँपन भेटिदैन । युवाहरुले खोजेको कुरा यस्तो पटक्कै होइन । युवाहरु राजनीतिका मेरुदण्ड र मस्तिष्क हुन् । युवाहरुको सहभागिताबिना सूचना—संचार र ज्ञानको असिम भण्डारको प्रयोग सम्भव छैन । पुरानै विचार, संगठन र कार्यशैली अँगालेर राष्ट्र र जनताको नयाँ आवश्यकता पूरा गर्न सकिदैन । विपि कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीलगायतका नेताहरुले युवाहरुलाई विचार र व्यवहारद्वारा आकर्षित गर्न नसकेको भए वर्तमान परिवर्तन सम्भव थिएन भन्ने कुरा हामीले भुल्दै गइरहेका छांै । वर्तमान नेतृत्व सहितको हाम्रो पिढी उनीहरुकै प्रेरणाले विकास भएको हो भन्ने कुरा भुल्नु हुदैन । के हामी हाम्रा अग्रजहरुले जसरी नै युवाहरुलाई आकर्षित गर्न सक्छांै ? हामीले सक्नै पर्छ । तर ख्याल गरौं, पहल लिने समय घट्दै गएको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter