राष्ट्रपति उम्मेदवार नेम्बाङ र अध्यक्ष सीके राउतबीच भेटवार्ता

राष्ट्रपति उम्मेदवार नेम्बाङ र अध्यक्ष सीके राउतबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार रहेका सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका छन् ।

उनले शुक्रबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा भेटवार्ता गरेका हुन् । भेटमा नेम्वाङसँगै कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरु सहभागी थिए । भेटका क्रममा राष्ट्रपतिमा उनीहरुले एमालेलाई सहयोग गर्न आग्रह गरेका थिए ।

नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल चुनावी मैदानमा रहेका छन् ।