राष्ट्रपतिकाे सवारीका बेला हिँडेको भन्दै प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरु विरोधमा

राष्ट्रपतिकाे सवारीका बेला हिँडेको भन्दै प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरु विरोधमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं ।  राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनित सिंहलाई प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरुले विरोध जनाएका छन् । शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा. सिंह वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको सेन्टरका शाखा अधिकृत नवराज गौतमले जानकारी गराए ।

विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम गरेका थिए ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।