राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उनको भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिएका छन् ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो ।