लङ्गआईल्याण्डमा रक्तदान

5 महिना अगाडी

लङ्गआईल्याण्ड,सेप्टेम्वर ९ । नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । शुक्रवार समितिका केन्द्रीय सभापति आनन्द विष्टले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको च्याप्टर सभापति विश्वराज बाँस्तोलाले ग्लोब नेपाल डटकमलाई जानकारी दिनु भएको छ । रक्तदान कार्यक्रममा विभिन्न ६० जना महानुभावले रगतदान गरेका थिए ।
रक्तदानपछि आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा प्रमूख अतिथि समितिका केन्द्रीय सभापति आनन्द विष्टले प्रवासमा रहेका कांग्रेस समर्थकहरुलाई समेटेर नेपाली कांग्रेसका महामानव वीपी कोइरालाले जनसम्पर्क समितिको स्थापना गर्नु भएको र आज उहाँकै जन्म जयन्तीको अवसर पारेर लंग आइल्याण्ड च्याप्टरले यस्तो मानवीय सेवाको काम गरेको भन्दै च्याप्टरको सह्राहना गर्नु भयो ।'समिति राजनीतिक विचारले संगठित संस्था भएता पनि हामी मानवीय हित र सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिकै अग्रसर भएर काम गर्छौं भन्ने यो उदाहरण हो,म च्याप्टरका सभापति विश्व बाँस्तोला र सम्पूर्ण च्याप्टर समितिलाई यस्तो रचनात्मक कामका लागि धन्यवाद व्यक्त गर्दछु' सभापति विष्टले भन्नुभयो ।
च्याप्टर सभापति विश्व बाँस्तोलाको सभापतित्वमा सम्पन्न सो औपचारिक कार्यक्रममा समितिका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमूख वेदप्रसाद खरेल,केन्द्रीय सदस्य एवं पूर्व संयोजक विष्णु सुवेदी,केन्द्रीय सदस्य परमानन्द खनाल,लंग आइल्याण्ड नेपाली समाजका अध्यक्ष टिका ढकाल,रिजउ ड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला,रक्तदाता अर्जुन मैनालीलगायतका वक्ताहरुले च्याप्टरले गरेको रक्तदान कार्यक्रमको सह्राहना गर्दै मन्तव्य व्यक्त गरेका थिए ।
क कसले गरे रक्तदान ?
च्याप्टर सभापति बाँस्तोलाले दिनु भएको जानकारी अनुसार कार्यक्रममा विभिन्न ६० जनाले रक्तदान गरेका छन् । यसरी रक्तदान गर्नेहरुमा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, संगठन विभाग प्रमुख वेद खरेल,पूर्व संयोजक विष्णु सुवेदी,केन्द्रीय सदस्य परमानन्द खनाल, च्याप्टर सभापति विश्व बाँस्तोला, उपसभापति चित्र वहादुर केसी,च्याप्टर सदस्यहरु निरज केसी,गोविन्द कुँवर, प्रवासी नेपाली मन्चका पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाका नवनिर्वाचित वोर्ड सदस्य सन्जय थापा,एनआरएन अमेरिकाका नवनिर्वाचित सचिव होमनाथ गौतम ,नेविसंघ अमेरिकाका संयोजक महेन्द्र शाह,रिजवुड नेपाली समाजका अध्यक्ष रविकिरण कोईराला, लंगआईल्याण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकाल,समाजका पूर्व अध्यक्ष दुर्गेशजंग कार्की ,पण्डित पिपलमणी सिग्देल,टक रवाली,दिवाकर पाण्डे,महेश खड्कालगायत छन् ।

धन्यवाद व्यक्त 
यसैबीच आयोजक च्याप्टरका सभापति विश्वराज बाँस्तोलाले रक्तदान कार्यक्रम सफल पार्न सहयोग पुरयाउने रक्तदातासहित सबैलाई धन्व्याद व्यक्त गरेका छन् । बाँस्तोलाले आफ्नो फेसबुक वालमा पोष्ट गरेको नोट जस्ताको तस्तै,-'सबै रक्तदाता,समाजका सवै अग्रजहरु, च्याप्टर उपसभापति विनोद थापा,चित्र वहादुर केसी ,महासचिव विनिता भुजेल लगाएत पदाधिकारी तथा सवै सदस्यहरु,लंगआईलेण्ड नेपाली समाजका नेतृत्वतहमा रहेका सवैप्रति आभारी छु । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रणेता नेपाली कांग्रेसका संस्थापक,महामानव वीपी कोईरालाको जन्म जयन्ती प्रवासमा हुँदा रक्तदान गरेर मनाउने अवसर मिल्यो,सवैले उत्साह र प्रेरणा प्रदान गर्नुभयो गौरव लागेको छ । यो कार्यक्रमलाई सम्पन्न गर्न विशेष उत्साह दिनुहुने, प्रेरणा र निरन्तर सहयोग गरि रहनुहुने अग्रज,रक्तदान अभियन्ता अर्जुन मैनालीलाई विशेष आभार व्यक्त गर्दछु । मसंगै रक्तदान गर्ने मेरो जेठो छोरा सुरेन्द्र ,माईलो छोरा रविन्द्र तथा फोटोग्राफी लगायत् विविध सहयोग गर्ने कान्छो छोरा सुमनलाई धन्यवाद दिन चाहन्छु । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइनेछ ।कार्यक्रम व्यवस्थापनमा भएका त्रुटी र कमजोरीप्रति क्षमा चाहन्छु । 













Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter