वकिलले कस्ता मुद्धा लिने ? अपराधीकाे पक्षमा वकालत गर्न पाउने कि नपाउने ?

26 दिन अगाडी

युवराज संग्राैला / अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ। यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ। अत: आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर अबलोकन गरोस भनी अह्वान गर्छु। नेपालको न्यायप्रणालीलाई मर्न नदिन केही गम्भीर कदमहरु चाल्नु पर्ने अवस्था महशुस गरेको छु।

१. वकिलले बादी वा प्रतिवादी अर्थात फौजदारी मुद्दामा सरकार, पीडित वा अभियुक्तका पक्षबाट प्रतिनिधित्व गर्नै पर्छ, अन्यथा न्यायनिरोपण गर्न सकिन्न। प्रतिपक्षी वकिलले अभियुक्तका पक्षबाट बहस गर्ने कुरा पनि राज्यकै काम हो भनी वकालतको दर्सनले मान्दछ। राज्यले अभियुक्तलाई आफ्नो नियन्त्रणमा लिइ, थुनामा राखी अनुसन्धान गर्छ। उस्का सबै अधिकारमा बन्देज गरिएको हुन्छ। उसका विरुद्ध ठूलो धनराशी खर्च गर्न सक्छ। राज्य शक्तिशाली हुन्छ। तर ब्यक्ति जतिसुकै बलियो भए पनि, राज्यजति बलियो हुदैन। तेसैले, राज्यले ब्यक्तिलाई वकिल दिएर उस्को हक सुरक्षित गर्छ र उस्का विरुद्ध अनुसन्धान गर्छ। यसो गरेको निर्दोषलाइ जोगाउन हो भन्ने मान्नु पर्छ। वकालतको इतिहास २००० बर्ष पुरानो छ, पुर्वमा पनि पश्चिममा पनि। अत: अभियुक्तका पक्षमा बहस गरेका कारणले वकिललाई गाली नगर्न समस्त नागरिक समाजसङ्ग अनुरोध गर्द्छु।

२. समस्या अरु नै छ्न। मैले यी कुरा नडराइ राख्नु पर्छ। यदि राज्य चाहन्छ भने खोजीनीति गरोस र वकालतको मर्यादा जोगाउने काम गरोस भनी अपिल गर्छु। वकालत पतन भयो भने, राज्य पनि कम्जोर हुन्छ। यी समस्या सार्बजनिक रुपमा राख्ने म हिम्मत गर्छु, किनभने मलाई भोलि बारको चुनाब लडेर अध्यक्ष बन्ने वा न्यायाधीश बन्ने, वा सल्लाहकार बन्ने, वा संस्थाका कानुनी सल्लाहकार बनेर फाइदा लिने लोभ छैन। म वकिल साथीहरुलाई निम्न अनुरोध गर्द्छु।

क. झगडियाले मुद्दालाई हारजीतको खेल बनाएर प्रतिस्पर्धाको स्थिति सिर्जना गर्ने प्रवृत्तिलाई प्रोत्साहित नगरौं। कांग्रेस, कमिनिस्ट, मधेसी दल, राप्रपाका एक एक जना वकिल खोज्ने प्रवृत्ति मौलाएको छ। एकजना वकिलले मुद्दा लिन्छ, र एक दर्जन वकिल बुक गर्छ। उनीहरु लाख सम्म फि लिएर तेसमुद्दामा संलग्न हुन्छ्न। दुई मिनेटमा उपस्थित हुन्छ्न, अगाडि बोल्ने वकिलले बोलेका कुरा दोहोरयांछ्न। यसरी वकालतमा कार्टेलिंङ्ग भएको छ। यसलाइ वकालत भन्न सकिन्न। यो ठेकदारी हो। यस्ले नयाँ वकिलको उन्नयनलाई निस्तेज बनाएको छ। वकिल जब कुनै ब्यक्तिको कानुनी सल्लाहकार भएर उभिन्छ, उस्को राजनितिक आवद्धता हुंदैन। उस्को लिङ्ग र जात हुँदैन।

ख. बारको अध्यक्ष भएपछि, महासचिव भएपछि पनि ब्यक्तिका मुद्दा यथाबत बहस गर्ने काहीँ नभएको चलन हाम्रो देशमा छ। यदि देशको बारमा निर्बाचित भएपछि पनि बहस गरि रहने हो भने न्याय निस्पक्ष हुँदैन, किनभने बार न्यायाधीश नियुक्त गर्ने न्यायपरिषदको सदस्य नियुक्त गर्ने निकाय पनि हो। आफैं न्यायाधीश नियुक्त गर्ने सदस्यको छनौट गर्ने अनि आफैं बहस गर्न जाने? कांहाको नैतिकता हो यो? तेसैले, बारमा निर्वाचित हुने कुरा पनि प्रभाव निर्माण गर्ने माध्याम बनेको छ। लाखौं खर्च गरेर निर्वाचन लड्ने प्रवृत्ति मौलाएको छ। बारको अध्यक्ष उपस्थित भएको मुद्दा छिन्दा न्यायाधीश प्रभावित हुन्छ, भलै म तपाइको बारको पदबाट प्रभावित हुन सक्छु भन्ने हिम्म्त गर्ने न्यायाधीश पनि पाइएन।

ग. बारलाई प्रयोग गरि न्यायाधीश हुनेको संख्या पनि कम छैन। पार्टी सङ्ग आवद्ध वकिलका राजनीति सस्थां छ्न। तिन्ले उमेदवार तय गर्छ्न र पार्टी लाइन समातेर चुनाब लड्छ्न। ठुला नेताको मानिस हुन सकेमा मात्र यी पदमा चुनाब लड्ने अवसर पाइन्छ्न। यस्ताकुराको बिरोध गर्ने चैं डोजरले पेलिन्छ्न। बारको खुट्किलो चडे पछि न्यायाधीशमा चड्ने अवसर प्राप्त हुन्छ।अनि न्यायापालिकामा भ्रस्टाचार नभए के हुन्छ? राजनीतिकरण नभए के हुन्छ? देश लुटेका धनी रास्ट्रसेवक भैसकेका मानिसलाई कारबाही भैहाल्यो भने तीस जना वकिलको लर्को तेस्ता मानिस का वकिल भएर बहसमा उत्रीन्छ्न। प्रतेक पार्टीसङ्ग जोडेर उनीहरुको छनौट गरिन्छ। तेसैले वकालत अहिले सेवा रहेन, यो धन कमाउने, पद आर्जन गर्ने, कानुनी सल्लाहकारको पद पाउने र राजनिती गर्ने माध्याम बन्न पुग्यो। बारको यो हालत निर्माण गर्न नेताहरुको भुमिका पनि छ। यो पबित्र पेसा आज तर्कारी बजार जस्तो भयो, जति बार्गेनिङ गरे पनि हुने।

घ. बार काउन्सिलको अनुसासन समितीमा वकिलकै संख्या बढी हुन्छ। तेसैले अनैतिक व्यबसाय गर्ने मानिसलाई कार्बाही हुँदैन। अध्यक्ष र माहासचिवले सामन्य वकिल सरह बहस गरेपछि, कस्ले कार्बाही गर्ने? आफैं व्यबसायमा संलग्न भएपछि, अनि कार्टेलिङ्ग गर्नेले उपलब्ध गराएका मुद्दामा पनि सरिक हुन थाले पछि कसरी निस्पक्षताका साथ काम गर्छन बारका पधादिकारीले?

ङ. महान्यायाधिवक्ता देशको प्रथम वकिल हो। उस्ले राज्यको रास्ट्रपति र प्रधानमन्त्रीलाई समेत राय दिने हैसियत राख्छ। उस्ले अभियोजनको अन्तिम अधिकार पनि प्राप्त गरेको छ। उस्ले राज्यका गोप्यता जानकारी प्राप्त गर्छ। नेपालमा त अपराधीका विरुद्ध अनुसन्धान नगर्नु भन्ने, प्रधानमन्त्रीले राजिनामा दिंदा पनि आफू राजीनामा नदिने, र आफनै पालामा अनुसन्धान प्रारम्भ भएका मुद्दामा आफू निबृत भएपछि कुनै संकोच बिना बहस गर्ने जस्ता प्रवृत्ति आम बन्न थालेका छ्न। संसारको कुन देशका वकिलले यस्तो सदाचारहिन काम गरेका छ्न देखाइपाउं?

च. राज्यले वकिललाई आफ्नो फीस आफैं तोक्ने विशेष अधिकार दिएको छ। तर यस्को तात्पर्य मानीसलाई व्यबसायमा कार्टेलिङ्ग गरेर लुट्नु पर्छ भन्ने हो? नेपालमा कानुनव्यबसाय संसारमा सबै भन्दा महँगो छ।

च. बरिस्ठ कानुन व्यबसायिले आफुसङ्ग एक जना शहायोगी कानुनव्यबसायी साथमा लानु पर्ने कानुन छ। तर वकिलले नियम पालना गर्नु पर्दैन। उस्ले जे गरे पनि हुन्छ। बस, उस्ले कसैको आशिर्वाद प्राप्त गरेको हुनुपर्छ। आशिर्वाद प्राप्त गर्नु होस, मलाइ ईर्स्या छैन। यदि तेसो गर्ने हो भने वकालत नगर्नुहोस। यदि वकालत गर्ने हो भने आशिर्वाद प्राप्त नगर्नु होस।

छ. आम जनता प्रभावित हुने राज्यका बिकास र सुसासनका मुद्दा अदालतमा पर्छन। थुप्रै मानिसला ज्यान जोखिममा हुन्छ्न। तर तेस्ता मुद्दामा केही व्यक्तिका लाभला लागि वकिलसाबहरु न्यायाधीशलाई प्रभावित पार्न सबैथोक गर्नु हुन्छ। किन? उनीहरुको आडमा केही भ्रष्ट न्यायाधीशले सम्पुर्ण असल न्यायाधीशको साख समाप्त पार्दै न्यायको ब्यापार गर्छ्न।

नेपालको वकालतको जग केही तेस्ता व्यक्तिले तयार पारे जस्लाइ संझिदा पनि शीर झुक्छ। तेस्ता न्यायाधीश थिय, जस्ले राजाका विरुद्ध पनि फैसला गर्ने आंट गरे। कांहा गयो त्यो इतिहास? के पढाउने हामिले बिद्यार्थीलाई? मलाई थाह छ, यति लेखे पछि मेरो छाला काडिने छ। ज्यान इज्जत सबै खोसिन सक्छ। म सबै चुनौती खप्न सक्ने गरि मनोबल निर्माण गर्दै छु। न्याय जोगाउन केही गर्न सकौं, तेति मात्र चाहाना हो।
अनलाइनका साथीहरू शिर्षक बटारेर यस्लाइ लेख नबनाउनु होला। न्युज बनाउन छुट छ, तर राखिने शिर्षक म सङ्ग स्वीकृति लिनु होला। मेरो चाहान सुधारका लागि प्रेरीत गर्नु हो हाइप सिर्जना गर्नु होइन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter