वाम एकताले कांग्रेसलाई असर गर्दैन

19 दिन अगाडी

नवलपरासी,असोज १८/वामपन्थीहरु वीच एकता भएर ठूलो छलाङ्ग मार्ने वताईरहेका वेला  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भने नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियन नवलपरासीले कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको भन्दै यसले कांग्रेसलाई कुनै असर नपर्ने वताएका हुन् ।  महामन्त्री डा। कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं आगामी चुनावमा योजनाबद्ध र जनताको आकाक्षा अनुरुपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पष्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए । 
अबको पहिलो मन्त्रिपरिषद्को बैठकमा त्रिवेणी सुस्तापूर्वको भागलाई नवलपुर जिल्ला र सदरमुकाम कावासोती राख्ने विषयमा कुरा उठाउन पहल गर्ने बताउँदै उनले आफू नवलपुर जिल्लाबाटै चुनाव लड्ने घोषणा गरे । महामन्त्री डा कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचन महत्वपूर्ण भएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयन र मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आगामी निर्वाचनमा काँग्रेसलाई स्पष्ट बहुमतका साथ विजय गराउन अपिल गरे । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter