विटुको मायाको मात विमोचित

काठमाण्डौं, वैशाख १६
जीवन भरि घाँस काटे,रित्तो डोको बाँकी रहयो 
गाँठो धेरै फुकाई सके,एउटै पोको बाँकी रहयो 
आशालाई बटुल्दैमा वित्ने भयो जिन्दगानी 
अन्तिम पटक भेट गर्ने एउटै धोको बाँकी रहयो 

माथिको मुक्तक आईतवार काठमाण्डौंमा विमोचन गरिएको मायाको मातको एक अंश हो ।
अमेरिकामा वस्दै आउनु भएकी पत्रकार तथा श्रष्टा विटु केसीको मुक्तक संग्रह मायाको मातको एक समारोह वीच काठमाण्डौंमा लोकार्पण भयो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरेले आईतवार विमोचन गर्नुभएको हो ।


 कूल ६४ पृष्ठको उक्त मुक्तक संग्रहमा १२६ वटा मुक्तक समावेश गरिएको छ । श्रष्टा केसीले अर्को मुक्तकमा लेख्नुभएको छ 
अलिकति मात पिएँ त के भो ?
उध्रँदो जिन्दगी सिएँ त के भो ? 
नलगाऊ प्रश्नको ताँती साथी 
थोरै रमाएर जिएँ त के भो ? 

श्रष्टा केसीको यो मुक्तक संग्रहले नेपाली साहित्यको फाँटमा मुक्तक विधाले अर्को कृति पाएको चर्चा गर्दे घिमिरेले कितावले परदेश र स्वदेशको भावनालाई संग्रहित गरेको वताउनुभयो । 
घिमिरेले अगाडि थप्नुभयो कृतिको विशेषता भनेको पाठकको मन छुने हुनुपर्छ भन्ने भावना मायाको मातको अध्ययन गर्दे जाँदा त्यस्तो अनुभूति गर्न सकिन्छ । 
नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार तथा समालोचकहरुले मुक्तक विधामा सशक्त श्रष्टाको अभाव खटकिरहेको चर्चा गर्दे त्यसलाई केही हद सम्म श्रष्टा सफल भएको चर्चा गर्नुभयो । यसरी चर्चा गर्नुहुनेहरुमा डा. लक्ष्मण गौतम, सनद वस्ती, गजलकार ज्ञानुवाकर पौडेल,कितावको लेखिका विटु केसीले हुनुहुन्थ्यो । 
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार तारा वराल लगायतले मन्तव्य राख्नु भएको थियो । 
  


 


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter