वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथामा ‘कौसीद’

वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथामा ‘कौसीद’



काठमाडौं । अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । सोमबार सार्वजनिक पोस्टरमा आगामी २७ जेठमा फिल्म प्रदर्शन हुने जनाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै देखिन्छिन् । वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरि घुमेको पोस्टरले भान दिन्छ ।

कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् । फिल्मको कथा लेखन नवविजयप्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा फिल्म ‘कौसीद’ निर्माण भएको हो ।