विशेष सम्पादकीय: एनआरएन अमेरिका कठपुतली नेतृत्व र डेलिगेट्स चयन

22 दिन अगाडी

एनआरएन अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय समितिमा जाने १८१ जना प्रतिनिधि छनौट गरेको छ । यी नामहरु यस्तो पाँडे पजनी शैलीमा छनौट गरिएको कि यसले नेपालमा गठन भएको पारिवारिक क्लव भन्दा पनि तल्लो स्तरको सन्देश दिएको छ भने अमेरिकामा आप्रवासीको जीवन बिताईरहेका कम्तिमा १४ हजार सदस्यहरुको शिर निहुराएको छ । अर्को ,दोश्रो कार्यकालमा विगतमा भएका कमजोरी सच्याएर सवैको सामूहिक भावनालाई आत्मसात गर्छु भनेर अभिव्यक्ति दिने एनआरएन अमेरिकाका अध्यक्ष  डा. केशव पौडेलले आफ्नो नेतृत्वको कठपुतली शैलीलाई उजागर गरेका छन् । 
१८१ जना व्यक्ति छनौट गर्न पाउने फराकिलो दायरालाई संकुचित सोचका आधारमा जसरी र जुन मापदण्ड अपनाइएको छ त्यसले अर्को गलत नजिर स्थापित गरेको छ भोलि कुनै वेला आउने कुनै असंयमित नेतृत्वकर्ताले अहिलेको नेतृत्वकर्तालाई अपमानित नगरोस् । संस्था भनेको अविच्छिन्न रुपमा चल्ने निकाय हो त्यसमाथि एनआरएन जस्तो स्वयंसेवी संस्थाको विषयमा यसरी लज्जावोधको निर्णय गर्नु जति आलोचना गरेपनि कम हुनेछ । 
एकातिर निर्वाचनका विषयमा अनेकन टिप्पणीहरु सतहमा आईसकेको छ भने अर्कोतिर डेलिगेट्स छनौटकै लागि भनेर गठन भएको समितिमा विधान र सार्वजनिक वैठकलाई समेत तिलाञ्जली दिएर जुन काम गरेका छन् यसले पौडेललाई आगामी दिनमा धेरै ठूलो मूल्य चुकाउनु पर्नेछ । 
अर्को रोचक कुरा यो लिस्ट हेर्दा लाग्छ, पौडेललाई एनआरएनको अभियानको ईतिहास र यसको वहुआयामिक पक्षका वारेमा समेत साधारण ज्ञान समेत छैन, नेपाल पुगेका श्रीमान श्रीमती र नेपाल जानै नसक्ने व्यक्तिहरुलाई समेत राखेर एउटा श्रीमान श्रीमती क्लवको रुपमा रुपान्तरण गरेका छन् । कसैको श्रीमान श्रीमती नै सक्षम छन् भने त्यो वेला यस्तो आलोचना पूर्वाग्रही हुन सक्छ तर सक्षमभन्दा पनि यो छनौटको सूची हेर्दा "तीर्थ हिंडेका ज्वाईंको ससुराली वास" भने जस्तो भएको छ । यो भन्दा निर्लज्ज चरित्र वोक्ने र यस्तो मनपरी गरेर संस्था चलाउनु भनेको अमेरिकामा रहेको नेपाली समाजलाई थप विभाजनको रेखा कोर्ने प्रयत्नको रुपमा लिनुपर्छ । यसैले चुनाव हार्नेहरुको तिक्तता र यस्ता कर्महरुले ल्याउने परिणामको कारणले डा.पौडेलको दोश्रो कार्यकाल निकै चुनौतीपूर्ण हुनेछ । किनकि पहिलो वैठकवाट नै नोट अफ डिसेन्ट र असहमतिको स्वर आईसकेको छ। यी यावत कुराहरुले पौडेलको सक्षमता,नेतृत्व र कार्यशैलीमाथि गम्भिर प्रश्न उठाएको छ । 
हामी यो लेख्न वाध्य भएका छौं । यस्तो नेतृत्व गर्ने व्यक्तिले अमेरिकामा रहेका नेपालीको प्रतिनिधित्व गर्दैन त्यस कारण राजीनामा गर। पौडेललाई लागेको होला निर्वाचन जितिसकेपछि मलाई कुनै मतलव छैन,तर एउटा हेक्का गरुन् पौडेलको एनआरएन अमेरिका नै अन्तिम लक्ष्य होईन्,त्यसैले आगामी दिनमा उनको कर्मको विषयमा थप खोजी र अनुसन्धान गर्नु अपरिहार्य भएको छ ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter