विश्वव्यापी महामारीको असर
तीन लाख बढी संक्रमित,१४ हजारभन्दा बढीको मृत्यु,अर्थतन्त्र चौपट

9 दिन अगाडी

बाल्टिमोर,अमेरिका,मार्च २२ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला आम नागरिक त्रसित छन् । विश्वका अधिकांश मुलुक यो संक्रमणका कारण आतंकित छन् । यतिखेर हरेक देश कोभिड-१९ नाम दिइएको यो भाइरसको सन्त्रासका कारण ठप्प हुन पुगेका छन् । जसका कारण विश्व अर्थतन्त्र समेत तहसनहस हुन पुगेको छ । आर्थिक गतिविधि बन्द भएको छ । कतिपय मुलुकले राष्ट्रव्यापी आपतकालीन स्थितिको घोषणा गरेर यसको संक्रमणलाई थप फैलन नदिन आवश्यक पहल गर्दै आएका छन् । यद्यपि यसको प्रभाव कम भएको छैन ।
कोरोना भाईरसबाट संक्रमित हुने र निधन हुनेहरुको संख्या दैनिक तीव्ररुपमा बढ्दै गएका कारण १८७ राष्ट्र प्रत्यक्ष पीडित हुन पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनको वुहान क्षेत्रबाट गत डिसेम्वर अन्तिम साता फैलिएको यो भाइरसका कारण आइतवारसम्म विश्वभर तीन लाख २९ हजार २ सय ७५ जना संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयको आँकडा छ । यही संक्रमणका कारण आइतवारसम्म चौध हजार तीन सय ७६ जनाको निधन भैसकेको छ भने ९५ हजार ६ सय ५६ जना प्रभावितहरु यो संक्रमणबाट सकुशल उद्धार भएका छन् ।
चीनमा पहिलोपटक फैलिएको यो भाइरस संक्रमणका कारण त्यहाँ तीन हजार एक सय ४४ जनाको निधन भैसकेको छ भने पछिल्लो आँकडा अनुसार अहिले यो भाइरस संक्रमणका कारण इटालीमा सबैभन्दा बढी व्यक्तिको निधन भएको छ । राष्ट्र नै लक डाउनको अवस्थामा रहेको इटालीमा पाँच हजार ४ सय ७६ जनाको निधन भैसकेको छ । त्यहाँ साठी हजार व्यक्तिमा संक्रमण देखिएको छ । इटाली नै विश्वमा सबैभन्दा बढी मानवीय क्षति भएको मुलुक हुन पुगेको छ । 
स्पेनमा एक हजार ७ सय ५६,इरानमा १ हजार ६ सय ८५,फ्रान्समा पाँच सय ६२ र बेलायतमा दुई सय ३३ जनाको निधन भैसकेको छ । यता अमेरिकामा ३१ हजार ०१९ जनामा यो भाइरसको संक्रमण फेला परेको छ । अमेरिकाका ५० वटै राज्यमा यसको संक्रमण फैलिएको छ भने आइतवार अपरान्हसम्म तीन सय ८९ जनाको निधन भैसकेको छ । जनवरी २१ मा पहिलोपटक वासिंगटन (सियाटल) राज्यमा यसको संक्रमण देखिएको थियो जुन राज्यमा ९४ जनाको निधन भैसकेको छ भने पछिल्लो केही दिन यता विश्व व्यापारिक राजधानी शहर न्यूयोर्कमा यसको प्रभाव बढ्दै गएको छ । न्यूयोर्कमा पछिल्लो रिपोर्ट अनुसार ११५ जनाको निधन भैसकेको छ भने सुदूर पश्चिमी राज्य क्यालिफोर्नियामा २६ जनाको निधन भैसकेको छ । न्यूयोर्क राज्यमा मात्र १५ हजारभन्दा बढीमा यसको संक्रमण फेला परेको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter