शिवमायामा शिवशक्ति भर्ने को हो ?

18 दिन अगाडी

प्रकाश गिरी /
सत्तारुढ दल नेकपाले अझै सभामुख चयन गर्न सकेको छैन । कृष्णवहादुर महरा सभामुखबाट च्युत भएसंगै रिक्त रहेको सभामुख यस पदमा कसलाइ राख्ने भन्ने विषयमा यति धेरै वहश र विवाद भएको छ कि यस्तो होला भनेर न केपी ओलीले सोचेका थिए न सभामुख हुन तयार भएर बसेका सुवास नेम्वाङलाइ नै ।
महरा जेल परेपछि सभामुखको रुपमा सर्वाधिक चर्चा भएका पात्र हुन–सुवास नेम्वाङ । २०६३साल देखि २०७२सालसम्म अनवरत रुपमा सर्वसम्मतिबाट सभामुख पद खाने उनै हुन । जब महरा जेल परे यसपछि अचानक उनको नाम सभामुखको रुपमा आयो । तर,उनको यो नामलाइ छायामा पार्ने गरि अर्को नाम आयो हालकी उपसभामुख शिवमाया तुम्हाम्फेको । सुरु सुरुमा शिवमायाले उपसभामुखबाट राजीनामा दिने र उनलाइ मन्त्री बनाइने र उक्त स्थानमा सुवासलाई राख्ने चर्चा चल्यो तर नेकपा भित्रकै पुर्वमाओवादी खेमाले हरेक कुरा हामीले मात्र छाडनुपर्ने हो र ? भनेर प्रश्न खडा गरेपछि सभामुख चयनमा पुर्वमाओवादी खेमाको तर्फबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसवारेमा अडान लिएका छन । उनले पुरानो सहमति अनुसार,प्रधानमन्त्री पुर्वएमालेले लिए भने सभामुख पुर्वमाओवादीले लिएको दावी गरेका छन । यहि दावीको आधारमा पटक पटक अध्यक्ष दाहालको अर्का अध्यक्ष केपी ओलीसंग सम्वाद भएको छ तर निकास भने आएको छैन ।
सभामुख चयनमा परेको गाठो यति मात्र होइन,यसमा नजानिदो ढंगबाट तर मजवुद प्रकारको अडान राष्ट्रपति विधादेवी भण्डारीको रहेको छ । तर उनको समर्थन भने दुवै अध्यक्षको भन्दा फरक खालको छ । उनले हालकी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाइ नै सभामुख बनाउनुपर्ने अडान लिएकी छिन । यसरी त्रिपक्षीय अडानको भुमरीमा फसेको सभामुख चयन प्रक्रियाको गाठो अझै फुकेको छैन । र,सभामुख छान्न समय लाग्ने देखिएकै बेलामा शुक्रवार प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाइ शिवमायाले भेटेर पुष २७ गते देखि संसद चलाउने भनेकि छिन ।
भेटमा दुइ अध्यक्षले उपसभामुखलाइ राजीनामा दिन भने तर उनले मानिन । कुनै समय राजदुतमा सिफारिश भएकी शिवमाया शुक्रवार यति वोल्ड भइन कि उनले दुइ अध्यक्षलाइ नै चुनौती दिदै आफु पछि नहटने बताइन । आखिर,कमजोर ठानिएकी शिवमायामा शिवशक्ति कसरी प्राप्त भयो ? यो उर्जाको स्रोत के हो ?
सवैले वुझेको सत्य के हो भने उनलाइ राष्ट्रपति विधादेवी भण्डारीको गतिलो आड र भरोशा रहेको छ । यो बलका सामु दुइ अध्यक्ष समेत निरीह भएका छन ।

नेकपा र अन्र्तराष्ट्रिय परिस्थितिलाइ राम्रोसंग वुझेकाहरु सभामुख प्रकरणलाइ एमसिसीसंग जोडेर पनि हेरिरहेका छन । तत्कालिन सभामुख कृष्णवहादुर महरा जेल परेपछि प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसि सदनमा नलगेको र पास नगरेको भनेर उनी प्रति आक्रोश पोख्दै अब संसदबाट पास हुने वताएका थिए । नेकपामा यतिवेला सभामुख चयनको लागि रस्साकस्सी चलिरहदा एमसिसि माथिको बहश र विश्लेषण झन कडा भइरहेको छ । यसैकारण कतिपय वुद्धिजीविहरु सभामुख चयन संग एमसिसि जोडिएको बताउन थालेका छन । नेकपा भित्र केपी ओली समुहका कतिपय नेताहरु एमसिसि पास हुने र यसलाइ पास गर्न अनुकुल हुने खालको सभामुख खोजि भइरहेको बताइरहेका छन । यहि तर्क दिएर प्रधानमन्त्री ओलीले सभामुखमा सुवासको नाम पटक पटक उच्चारण गरिसकेका छन तर नेकपा भित्रकै अन्य खेमाहरु भने एमसिसिको नै विरोधमा उत्रिएका छन । पुर्वमाओवादी,माधव नेपाल र वामदेव गौतम समुहहरु एमसिसिको विपक्षमा देखिएका छन । र,राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरि संविधान संशोधन गर्ने र वामदेव गौतमलाइ राष्ट्रिय सभामा लैजाने तयारीमा ओली पक्षइतरका नेताहरु सहमत भएका छन । यसरी नेकपा भित्रको विवाद जेलिन पुगेको छ । र,प्रधानमन्त्री ओलीइतरको समुह विस्तारै एकजुट हुन थालेको छ ।
पछिल्लो जानकारी अनुसार,अध्यक्ष दाहाल समुह कसैगरि पनि सभामुखमा आफनो दावी नछाडने मुडमा पुगेका छन । यहि कारण पनि नेकपा भित्रको सभामुख कसलाइ बनाउने भन्ने बहशले लामो समय लिने देखिन्छ । र,यो भन्दा पेचिलो बहश चाहिं एमसिसिमा देखिन थालेको छ । नेकपा भित्र नेपाल असंलग्न परराष्ट्र नीति भएको देश भएकोले एशिया प्यासेफिक रणनीतिको साझेदार हुने गरि एमसिसि पास गर्न नहुने नेकपा भित्रकै प्रचण्ड समुहको भनाइ छ भने ओली समुह जसरी पनि पास गर्ने भन्ने तहमा पुगेको छ ।
खासमा नेकपा भित्रको यो खेल केवल कुनै एक पदको लागि भएको बार्गेनिङ होइन । मुलत,पार्टी एकतासंगै भएका सहमतिको कार्यान्वयनको लागि गरिएको एक किसिमको दवाव पनि हो । यसैकारण यहा वामदेव गौतम प्रधानमन्त्री हुने देखि सभामुख छाडने भए मलाइ प्रधानमन्त्री दिनुस भन्ने प्रचण्डको अभिब्यक्ति सम्म आएको छ । यसैले अहिले कार्यकारी अध्यक्ष भएका दाहालले अब ताक्ने भनेको नै प्रधानमन्त्रीको मखमली कुर्सी हो र,अबको राजनीति त्यतै सोझिने देखिन्छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter