शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

2 महिना अगाडी

काठमाडौँ, ९ भदौ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको विमोचन गरिएको छ । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । 
सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेको‘आजका लघुकथा’मा तेह्र लघुकथाकारका पैँसट्ठी लघुकथा समाविष्ट छन् । लघुकथा समाजले प्रकाशन गरेको उक्त लघकथासंग्रहमा राजनीति, प्रेम, यौन, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, विसंगति आदि विषयलाई विषय बनाइएको संयोजक बजगाईँले जानकारी दिनुभयो । 
तीजमा ‘मध्यधार’को चर्चा 
बेलायतमा रहेर साधनारत कथाकार सञ्जु बजगाईँको कथासंग्रह ‘मध्यधार’को परिचर्चा गरिएको छ । तीजका अवसरमा बुधबार लन्डनको एजवेयरमा लाभेन्डर बुक क्लबद्वारा उक्त पुस्तकको चर्चा गरिएको थियो । कथासंग्रह दोभान प्रकाशनद्वारा प्रकाशन गरिएको हो । सो अवसरमा समीक्षक सिलवालले बजगाईँका कथामा प्रवासी जीवनको यथार्थको प्रतिबिम्ब पाइने बताउनुभयो । कथामा नारी संवेगको मार्मिक चित्रण पाइए पनि कथाको धरातल फरक किसिमको भएकाले बजगाईँका कथामा भिन्नै स्वाद भएको सिलवालले बताउनुभयो । 
कथाकार बजगाईँले नारीका समस्या र परिवर्तित विशेषतालाई आफूले कथामा प्रस्तुत गरेको बताउनुभयो । कथाकारले आफूले देखेभोगेकै यथार्थको कलात्मक अभिव्यक्ति भएको स्पष्ट गर्नुभयो । 
बुक क्लबका संयोजक राजेश्वरी घिमिरेले बजगाईँको लेखन प्रवासमा रहेका नेपाली महिलाका लागि प्रेरणादायी बन्ने बताउनुभयो । कार्यक्रममा रञ्जु थापालगायतले कथा संग्रहमाथि आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । यसअघि ‘समुद्र र सपना’ कथासंग्रह प्रकाश गरिसकेकी बजगाईँको यो दोस्रो कथासंग्रह हो । संग्रहमा डायस्पोरिक विषयवस्तुका साथमा नारी संवेगात्मक, सामाजिक, पारिवारिक एवम् मनोवैज्ञानिक विषयवस्तुका गरी पन्ध्र कथा समेटिएका छन् ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter