संविधान दिवसमा घोषणा भएका विभुषण राष्ट्रपतिले वैशाखमा प्रदान गर्ने, ९०३ ले पाएका थिए विभुषण

संविधान दिवसमा घोषणा भएका विभुषण राष्ट्रपतिले वैशाखमा प्रदान गर्ने, ९०३ ले पाएका थिए विभुषण


ग्लोब नेपाल
270
Shares

काठमाडौं । संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभुषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिवसका दिन ९०३ जनालाई विभुषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थिएन । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएकाे छ । त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समाराेह हुनेछ ।

घोषित विभुषणमध्ये नेपालरत्न, राष्ट्र गाैरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीकाे पदक मात्र प्रदान गरिन लागिएकाे हाे । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।