सफल मान्छे के गर्छन् ?

देवेन्द्र प्रताप शाह/

एक सफल मान्छेको दिनचर्याको एउटा पक्ष तलको लिष्टमा समावेश छ । मान्छेको व्यक्तित्व प्रभावशाली बनाउन समेत यो लिष्टले मदत गर्ने बताइएको छ । तपाईलाई के लाग्छ होला ? प्लिज बताउनुस न है !

• व्यायामः कोही मान्छे बाहिरबाट सफल देखिन्छन्, धन कमाएका होलान्, पद प्राप्ति गरेका होलान्, तर सफलताको सुचकाङ्क यतिमै सीमित छैन । धन र पद मात्र सबै थोक त हैन । उसको दिनचर्यामा व्यायाम पर्छ कि पर्दैन, यो निकै महत्वपूर्ण हुन्छ । व्यायामको फाइदाको बारेमा धेरै भन्न नपर्ला, दैनिक कम्तीमा आधा घण्टाको व्यायामले शरीरमा ल्याउने फुर्ति बेग्लै हुन्छ । व्यायामबाट हुने स्वास्थ्य सम्बन्धि फाइदाहरुको त हिसाबै छैन । भनिन्छ, व्यायाम नै सबै भन्दा ठुलो र पैसा खर्च गर्न नपर्ने प्रभावकारी औषधी हो । सफल मान्छेहरु दैनिक व्यायाम गर्छन् ।

• स्मरणः सफल मान्छेले हरेक दिन त्यस दिनको आफ्नो अनुभव र आफुबाट भएको सकारात्मक कामहरुको स्मरण गर्ने बानी बसालेका हुन्छन्, किनकि ती सबै चिज बिर्सिनको लागि त हुँदैनन् । आफ्नो सफलता वा असफलता र भुलबाट सिक्ने यो नै उत्तम तरिका हो । स्मरण गर्न सजिलो होस भन्नका लागि हिडाइमा निस्किन सकिन्छ, ध्यानमा बस्न सकिन्छ वा सम्झिने अरु कुनै तरिका अपनाउन पनि सकिन्छ । यसले भविष्यमा जीवनमा सही निर्णय गर्न सहयोग पुग्ने बिश्वास गरिन्छ ।

• नेटवर्क बनाउनुः मानिसको लागि मानिस नै सबै भन्दा ठुलो चिज हो । यसैको लागि नेटवर्किङ, (चिनजान, सम्पर्कमा रहनु) जरुरी छ । आजकलका सफल मान्छे हरेक दिन कसै न कसैलाई इमेल लेख्छन्, आफुले पढेको कुनै लेख साथीको रुचि अनुसार पठाइदिने बानी उनीहरुको हुन्छ । यस्ता नेटवर्किङबाट कालान्तरमा फाइदा आफैलाई हुन्छ । इमेल पाउने ती मानिसहरु प्रसन्न हुन्छन्, र उनीहरुले पनि त्यसै गर्न सक्छन् । भनिन्छ, सफल मानिसहरुले एक आपसमा सम्पर्कका लगि शक्तिसाली नेटवर्क बनाएका हुन्छन् ।

• आफ्नो बानी वा शीपको लागि समय दिनुः कसैको कुनै पनि बानी वा शीपलाई सामान्य मान्न हुँदैन । त्यसैबाट उसले कुनै बेला ठुलो फाइदा लिन सक्छ, तर आफ्नो बानी वा शीपलाई एकातिर पन्छाएर बा बिर्सिएर अरु नै क्षेत्रमा काम गरिरहेको भएमा त्यस्तो फाइदाबाट ऊ सधैँको लागि बञ्चित हुन्छ । त्यसैले सफल मान्छेहरु आफ्नो त्यस्तो बानी वा शीपको लागि कममा पनि दिनको आधा घण्टा खर्च गर्छन्, यसबाट केही बर्षमै उनीहरुले ठुलै लाभांस हात पर्न बेर हुँदैन । उदाहरणको लागि कसैको गाउने वा बजाउने, बगैचाको अभिरुचि लिने वा केही लेख्ने वा अन्य कुनै वानी हुन सक्छ । त्यस्तो शीप वा बानीको परित्याग गर्न हुँदैन । यस बाहेक कुनै नयाँ क्षेत्र वा नयाँ शीपको लागि समय दिनु पनि नराम्रो होइन । हरेक दिन थोरै मात्र समय दिदा पनि केही महिना वा बर्षमै नयाँ शीपको बारेमा धेरै थाहा हुन्छ । यसबाट मान्छेलाई सुखि बनाउन मदत गर्छ र व्यक्तिगत उन्नतिको लागि ढोका खुल्न सक्छ ।

• पर्याप्त सुत्नुः कोही भन्छन्, थोरै सुतेर मान्छेले आफ्नो उत्पादकत्व बढाउन सक्छ, तर वास्तवमा त्यस्तो हैन । मान्छेले आफुलाई चाहिने जति सुत्नु पर्छ जुन दिनको ७ देखि ८ घण्टा हुन सक्छ । भनिन्छ, पर्याप्त सुताइले हाम्रो दिमागलाई रिचार्ज गर्छ र दिन भरिमा पाइएको सुचना वा जानकारीलाई विश्लेषण वा प्रसोधन गर्ने काममा सहयोग पुर्यायउँछ, र यसबाट अन्ततोगत्वा मान्छेले आफ्नो जीवनलाई राम्ररी ब्यबस्थापन गर्न सक्छ । सफल मान्छेमा यस्तो लक्षण हुन्छ ।

• आफुसँग भएको चिज प्रति कृतज्ञ हुनुः सफल मान्छेहरु आफुसँग भएको चिज प्रति कृतज्ञ हुन्छन् । यो नै सफल मान्छेहरुको सुखको श्रोत भइदिन्छ । त्यति मात्र हैन, यसबाट जीवन बिताउनका लागि मान्छेलाई उर्जा र जाँगर मिल्छ । उर्जा र जाँगर मान्छेको जीवनमा नभइ नहुने तत्वहरु हुन्, यसमा त केही लेख्न नपर्ला । अर्को कुरा, आफुसँग भएको चिजमा कृतज्ञ हुँदा जीवनमा खराब समयबाट गुज्रिन पर्दा पनि मान्छेलाई त्यसको ब्यबस्थापन गर्ने तागत प्राप्त हुन्छ ।

• असुबिधामा बस्न सिक्नुः सफल मान्छेहरु जोखिम मोल्न तयार हुन्छन् र चुनौतिलाई स्वीकार्छन् । मान्छेले हरेक दिन कुनै न कुनै समयमा सुविधाको जीवनबाट बाहिर आएर केही गर्ने प्रयास गर्नु पर्छ । सधै सुबिधै सुबिधामा बस्नु एकदमै खतरनाक हुन्छ । सुबिधाबाट कहिलेकाहीँ बाहिर आउँदाका धेरै फाइदाहरु छन् । यसले जोखिममा परिदा मान्छेलाई कम्फोर्टेवल हुन सिकाउँछ, मान्छेको मनमा आउने पीडाको भावलाई कम गराउँछ, कडा समय बिताउन पर्दा सहन सक्ने क्षमताको विकास गरिदिन्छ । हामीलाई थाहै छ, जीवनमा दिनहरु सधै राम्रा आउँदैनन्, हरेक अवस्थालाई सहेर जान सक्नु नै जीवनको आवश्यकता हो । सहने शक्ति असुबिधाहरुसँग जुधेर नै प्राप्त हुन्छ । यस्तो काम आजैबाट शुरु नगर्दा ढिला हुन्छ ।

• अध्ययनः सफल मान्छेहरु सधै सिक्न प्रति लालायित हुन्छन् । यसको लागि हरेक दिन पढ्नमा केही समय बिताउन आवश्यक हुन्छ । पढ्ने चिज किताबै मात्र हुदैन, रेडियो वा टिभिबाट नयाँ कुरा देख्ने र सुन्ने, स-सानो लेख पढ्ने काम पनि गर्न सकिन्छ । यसबाट मान्छेको दिमागी भिजन फराकिलो हुन्छ, गहिराइमा पुगेर सोच्ने वानी विकास हुन्छ । ज्ञान मात्र बढ्ने हैन,यसले मान्छेमा विश्लेषणात्मक क्षमताको पनि विकास गरिदिन्छ ।

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter