सबैलाई वाक स्वतन्त्रता छ, कसले चलायो, किन चलायो भन्नु भन्दा पनि अहिले रिजल्ट आईसक्यो

10 महिना अगाडी

 

त्यहाँ धेरै खराव कर्जाहरु थिए । धेरै मुुद्धा मामिलाहरु थिए । कतिपय अवस्थामा पाँच करोड रुपैयाँसम्मको कर्जामा ५० हजार रुपैयाँ पनि नपर्ने सम्पती धितो राखिएको पनि देख्यौ । हामीले ति संस्थामा रहेका ऋणी ग्राहकहरु जसको धितो कमजोर थियो, जसले समयमा ऋण तिर्न सकेका थिएनन । प्रत्येक संग भेट्यौ । हामीले धितोलाई होईन, ऋणी ग्राहकलाई हेर्यौ, उसको अवस्थालाई हेरौं, उसको काम, आत्म बिश्वासलाई हेरौं, हामीले त्यस्ता ग्राहकलाई एउटा बैककोरुपमा मात्र नभई एउटा असल अभिभावकोरुपमा पनि सम्झायौं, समाजप्रति जिम्वेवार बनायौं, आफ्ना सन्तान दर सन्तानसम्म शिर उचो राखेर बाँच्न आत्म बिश्वास जगायौं । हाम्रा आम ग्राहकमा जागेको आत्मबिश्वासकाकारण आजको दिनमा कमजोर अवस्था भएका संस्थालाई गाभेर पनि प्रभु बैकले यो ईतिहाँस रच्न सफल भएको हो । 


यहाँ अशोक शेरचन होईन, प्रभु बैक बोलिराखेको छ, जुुन राष्ट बैक तथा अन्य रेगुुलेटर बढीको नियम कानुुन भित्र बाँधिएको छ । यो अवस्थामा सबैले एउटा व्यवसायीक मर्यादा पालना गर्नुपर्छ । यसलाई पालना गर्ने क्रममा केहीलाई चित्त दुुखेको पनि हुुन सक्छ  तर त्यस्ता व्यक्ति औलाँमा गन्न सकिने संख्यामा मात्र रहेकाछन । एक सय प्रतिसतमा ९९ प्रतिसतको बिश्वास जितेर उनीहरुलाई खुुसी बनाएर नै काम गरेको छुु, बाँकी एक प्रतिसत बेखुसी भएका हुुन सक्छन । म सबै ऋणीलाई भेट्छुु, उसलाई कसरी आर्थिकरुपमा सुरक्षित बनाउने त्यो हेर्छु, उपयुुक्त बिकल्प दिन्छुु , उहाँहरु संग आफैमा क्षमता छैन भने सम्पती बेच्न प्रोत्साहित गर्छ । अहिले मुल्य बढेको अस्थामा सम्पती बेच्न उपयुुक्त समय छ । त्यो सम्पती बेचेर बैकको ऋण चुक्ता भई बचेको पैसा पुुन हामी ऋणी ग्राहकलाई दिन्छुु जसबाट उसले फेरी कुनै व्यवसाय सुरु गर्न सकोस ।

 


कुनै पनि बैक तथा फाईनान्स कम्पनीहरुलाई सफलरुपमा अगाडि लैजानको लागि सिंगो व्यवस्थापन पक्ष त्यसमाथि पनि व्यवस्थापन प्रमुुखको निकै नै ठुलो हात रहेको हुन्छ । हिंजोका दिनहरुमा जतिपनि बैक तथा फाईनान्स कम्पनीहरुमा समस्या देखियो त्यसको मुल कारण व्यवस्थापकीय कमजोरी नै रहेको थियो । व्यवस्थापन प्रमुखको कमजोरी कै कारण बिगतमा केही संस्थाहरुमा समस्या देखियो । ति संस्थाहरुमा देखिएका समस्याहरुलाई नियाँल्दै त्यहाबाट पाठ सिक्दै अगाडि बढेका व्यक्ति हुुन, अशोक सेरचन । शेरचन प्रभुु बैकका प्रमुुख कार्यकारी अधिकृत हुुन । तत्कालीन प्रभु फाईनान्सलाई हालको प्रभुु बैक बनाउन शेरचनले निकै नै ठुलो भुमिका खेलेकाछन । नेपालको बैकिड क्षेत्रमा सायद शेरचन मात्र एउटा त्यस्ता व्यक्ति हुुन जसले राष्ट बैकले बर्गिकरण गरेको क, ख, ग अर्थात बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुमा एउटा कुुशल व्यवस्थापक अर्थात प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी बहन गर्न सक्षम भएकाछन । शेरचनको बैकिड करियरलाई अहिले पनि यो क्षेत्रमा आउन चाहाने पुस्ताहरुले उनलाई आफ्नो रोल मोडलकोरुपमा लिने गरेकाछन, उनै व्यक्ति शेरचन संग अमृत बजारले लिएको अन्र्तवार्ताको संपादित अशं


अहिले प्रभु बैकको बित्तीय अवस्था कस्तो रहेको छ ? 
अहिले बैकको अवस्था सवल रहेको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्म बैकले झण्डै ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५६ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको छ । यो बिचमा बैकले एक सय ११ करोड रुपैयाँको हाराहारीमा खुुद मुनाफा कमाउन सफल भएको छ । दोस्रो त्रैमासमा बैकले उच्चरुपमा नाफा आर्जन गर्न सक्नुुमा राईट व्याक रकमको पनि ठुलो भुमिका रहेको छ । पुजी पर्याप्तता अनुपाात पनि राष्ट बैकले तोेकेको सिमा भित्र नै रहेको छ । सिडी रेसियो ७५ प्रतिसतको अनुपातमा रहेको छ । यो अनुुपात भनेको एउटा स्वस्थ बैकिड क्षेत्रको लागि हुनुुपर्ने अनुपात हो । एनपिएल अर्थात निष्क्रिय कर्जा पनि पाँच प्रतिसत भन्दा तल नै रहेको छ । यि सबै परिसुचकहरुलाई हेर्दा बैकको बित्तीय अवस्था सवल रहेको छ । आगामी दिनमा यसलाई हामी अझ सवल बनाउन लागि परेका छौै । चालुु आर्थिक बर्षको अन्तसम्ममा बैकको अवस्था अझ निकै नै सवल हुने छ । 

बिगतमा जाउँ, कसरी संभव भयो, एउटा फाईनान्स देखि बाँणिज्य बैकसम्मको यति फराकिलो यात्रा ? 
हेर्नुस गरेपछि संभव नहुने के छ र , दिलो ज्यान दिएर गर्नुपर्छ, धेरै कुुरा संभव हुुन सक्छ । हामी सन् २००६ मा फाईनान्स कम्पनी स्थापना गरेका हौं । त्यसपछि सन् २०१० मा आएर हामीले धादिडको एउटा र काठमाडौको एउटा बिकास बैकलाई मर्ज गरेर राष्टियस्तरको बिकास बैककोरुपमा काम सुरु गर्यौ । त्यो बेला हामीले जुुन संस्थालाई मर्ज गरेका थियौ, ति संस्थाको एक्सपोजर र पोर्टफोलियो पनि सानो थियो । त्यसकारण त्यो मर्जरमा हामीलाई त्यतिधेरै समस्या भएन । त्यसपछि हामीले बित्तीय अवस्था कमजोर भएको तत्कालीन किष्ट बैक र क्षेत्रियस्तरको गौरीशंकर बिकास बैकलाई मर्ज गर्यौ । त्यो बेला बिग्रेको भनेको किष्ट बैकलाई मर्ज गरेर बैक बनाउनुु, चलाउनुु निकै कठिन थियो, तर पनि हामीले बनायौ, चलायौं । किष्ट बैकको अवस्था निकै नै दयनीय रहेको थियो, त्यो अवस्थाबाट बैकलाई माथि उठाएर बैकप्रति उठेको आम ग्राहको बिश्वासलाई पुन जगाउन सफल भयौं । त्यतिबेला आम निक्षेपकर्ताहरुलाई पनि डर थियो, त्यो डर हामीलाई पनि थियो, हामीले एउटा डुबेको संस्था लिएका थियौ । हामीले गलत निर्णय लियौै कि भन्ने शंका त्यतिबेला हामीलाई पनि नलागेको होईन । त्यो समय हामीले निकै नै चुनौती महसुस गर्यौ । बैकलाई अलिक कमजोर बनाउन भुमिका खेल्ने प्रत्येक व्यक्तिहरु संग हामीले प्रत्यक्षरुपमा छलफल गर्यौं । त्यतिखेर ऋणी ग्राहकरुले पनि हामीलाई निकै ठुलो बिस्वास गर्नुभयो । उहाँहरुले आफ्नो सम्पती बेचेर बैकलाई तिर्न बुुझाउनु पर्ने सावाँ व्याज रकम बुुझाउनुुभयो । हामी आएपछि बैकको गुमेको ईमेज पुन बनाउने कायम भयो । त्यो पश्चात हामीमा बैकलाई राम्रो बनाउन सक्छौ भन्ने आत्मबिश्वास आयो । त्यसको लगत्तै एक बर्षपछि हामीले गरेको कामको परिमाण आयो । बैकको सम्पुर्ण बित्तीय अवस्था सुदृण भयो, नाफा बढ्यो । हरेक बित्तीय परिसुचहरु सकारात्मक भए । 
त्यसपछि राष्ट बैक तथा अन्य निकाय मार्फत प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा अर्को कमजोर बित्तीय अवस्था भएको बैकलाई लिईदिनुु पर्यो भन्ने कुरा आयो । हामीले त्यो संस्थाको बारेमा सबै कुरा बुुभ्m्यौं । त्यहाँ समस्या ग्राहकबाट नभई संस्थाको आन्तरिक कारण र व्यवस्थापन प्रमुुखको केही गलत कार्यबाट भएको बुझ्यौ । अन्तमा त्यो संस्था हामीले लियौ । त्यहाँ धेरै खराव कर्जाहरु थिए । धेरै मुुद्धा मामिलाहरु थिए । कतिपय अवस्थामा पाँच करोड रुपैयाँसम्मको कर्जा ५० हजार रुपैयाँ पनि नपर्ने सम्पती धितो राखिएको पनि देख्यौ । हामीले ति संस्थामा रहेका ऋणी ग्राहकहरु जसको धितो कमजोर थियो, जसले समयमा ऋण तिर्न सकेका थिएनन । प्रत्येक संग भेट्यौ । हामीले धितोलाई होईन, ऋणी ग्राहकलाई हेर्यौ, उसको अवस्थालाई हेरौं, उसको काम, आत्म बिश्वासलाई हेरौं, हामीले त्यस्ता ग्राहकलाई एउटा बैककोरुपमा मात्र नभई एउटा असल अभिभावकोरुपमा पनि सम्झायौं, समाजप्रति जिम्वेवार बनायौं, आफ्ना सन्तान दर सन्तानसम्म शिर उचो राखेर बाच्न आत्म बिश्वास जगायौं । हाम्रा आम ग्राहकमा जागेको आत्मबिश्वास कारण आजको दिनमा कमजोर अवस्था भएका संस्थालाई गाभेर पनि प्रभु बैकले यो ईतिहाँस रच्न सफल भएको हो । 

तपाईलाई के लाग्छ, प्रभु बैक जस्तो अर्को बैक बन्न सक्ला ? 
यस्तो संभावना कम छ । हामीले जस्तो खराव संस्थाहरुलाई गाभेर यो रुपमा ल्याउन सायद अरुलाई निकै गाह्रो हन्छ । त्यसकारण हामीले जस्तै खराव संस्थाहरुलाई गाभेर कुनै संस्था हाम्रो जस्तै बन्ने संभावना कम छ । तर पनि नहोला भन्न सकिन्न, तर धेरै गाह््रो छ । 

बिगतमा अशोक शेरचनलाई फाईनान्स चलाउने  सिईओ हो बाणिज्य बैक चलाउन सक्दैन भन्थे नि ? 
सबैलाई वाक स्वतन्त्रता रहेको छ । बिगतमा भने होलान । त्यो बेला हाम्रो अवस्था पनि त्यस्तै थियो । कसले चलायो, किन चलायो कसरी चलायो भन्नुु भन्दा पनि अहिले रिजल्ट आईसक्यो । हाम्रो अध्यक्ष धेरै समय नेपाल बाहिर बस्नुु हुुन्छ । हामीलाई संस्था चलाउनको लागि सञ्चालकहरुको पुर्णरुपमा सहयोग र समर्थन रहेको छ । संस्था चलाउने भनेको व्यवस्थापन पक्षले हो त्यहाँ भित्रको सिंगो कर्मचारी संयन्त्रले हो । त्यो संयन्त्र हाम्रो निकै बलियो रहेको छ, संस्थाप्रति पुर्णरुपमा बफादार रहेको छ । यो बैक नौ वटा फरक बैकहरु मिलेर बनेको बैक हो । यहाँ नौ प्रकारका फरक पृष्ठभुुमीबाट आएका कर्मचारीहरु रहेकाछन तर ति सबै कर्मचारीहरुलाई हामीले मिलाएर लान सकेका छौ । उनीहरुलाई संस्थाप्रति आफ्नो भबिष्य देखाएका छौ । अहिले हामी आन्तरिक तथा बाह्य दुुबैरुपमा सवल रहेका छौं । यो सब आम कर्मचारी, ग्राहक, सञ्चालक सबैको साझा प्रयासबाट संभव भएको हो । हामी सबैको एउटै साझा लक्ष्य संस्थालाई बलियो, जनताप्रति उत्तरदायी  र जनताको आफ्नो प्रभु बैक बनाउनुु हो । 
तपाईलाई एउटा सफल बैकरकोरुपमा लिने धेरै व्यक्तिहरु छन नि ?
म आफुलाई सफल भन्दा पनि सरल बैकरकोरुपमा लिन्छुु । म बैकको सिईओ हुुं, ग्राहक संग भेट्दिन अन्य कर्मचारीहरुले भेटछन भन्ने दृष्टिकोण म ममा छैन, म सबैलाई समान व्यवहार गर्छु , प्रत्येक ऋणी ग्राहक संग म आफै भेट्छुु उसको समस्या के हो नजिकबाट नियाल्छु ऐन नियमको परिधी भित्र रहेर ति ग्राहकलाई कर्जा चुक्ता गर्न प्रोत्साहित गर्छु, उसको मनोवल उच्च बनाउन सहयोग गर्छुु ।  

प्रभु बैक मान्न लायक बैक भन्दा पनि गन्न लायक कहिले हुुन्छ ?
छिटै हुुन्छ , अहिले प्रभु बैक परिवारको सामुहिक लक्ष्य नै यही हो । अबको दुुई चार बर्षभित्र प्रभु बैक, १, २, ३ गरी गन्न लायक बैककोरुपमा स्थापित हुने छ । 

बैकिड करियरको यो मोडसम्म आईपुग्दा तपाई संग चित्त दुखाउने व्यक्ति अर्थात ऋणीहरु पनि त होलान ?
यहाँ अशोक शेरचन होईन, प्रभु बैक बोलिराखेको छ, जुुन राष्ट बैक तथा अन्य रेगुुलेटर बढीको नियम कानुुन भित्र बाँधिएको छ । यो अवस्थामा सबैले एउटा व्यवसायीक मर्यादा पालना गर्नुपर्छ । यसलाई पालना गर्ने क्रममा केहीलाई चित्त दुुखेको पनि हुुन सक्छ  तर औलाँमा गन्न सकिने संख्यामा मात्र रहेकाछन । एक सय प्रतिसतमा ९९ प्रतिसतको बिश्वास जितेर, उनीहरुलाई खुुसी बनाएर नै काम गरेको छु, बाँकी एक प्रतिसत बेखुसी भएका हुुन सक्छन । म सबै ऋणीलाई भेट्छुु, उसलाई कसरी आर्थिकरुपमा सुरक्षित बनाउने त्यो हेर्छु, उपयुुक्त बिकल्प दिन्छुु , उहाँहरु संग आफैमा क्षमता छैन भने सम्पती बेच्न प्रोत्साहित गर्छ । अहिले मुल्य बढेको अस्थामा सम्पती बेच्न उपयुुक्त समय छ । त्यो सम्पती बेचेर बैकको ऋण चुक्ता भई बचेको पैसा पुुन हामी ऋणी ग्राहकलाई दिन्छुु जसबाट उसले फेरी कुनै व्यवसाय सुरु गर्न सकोस । 

अहिले बैकहरु बिच व्याज दरमा निकै नै अस्वस्थ प्रतिस्पर्धा रहेको छ, यसले अर्थतन्त्रमा कस्तो समस्या निम्ताउँछ ? 
कुुनै पनि क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनको लागि प्रतिस्पर्धा पनि स्वस्थ हुनुुपर्छ । तर अहिले यस्तो सकेको छैनन । निक्षेप तथा कर्जाको व्याजमा असमानता रहेको छ । सरकारले आफ्नो ढुुकुटीमा भएको रकम खर्च गर्न सकेको छैन । यसकारण अहिले बित्तीय प्रणालीमा पैसा आएको छैन । त्यसमाथि पनि  सरकारले राष्ट बैकमार्फत पुस मसान्तसम्ममा ४० अर्ब रुपैयाँ बजारबाट लिएको छ । यसले पनि अहिले बजारमा केही हदसम्म तरलताको अभाव देखिएको छ । यसको प्रभाव व्याजदरमा परेको छ । बैक तथा फाईनान्स कम्पनीहरुले निक्षेपमा १२ देखि १३ प्रतिसतसम्म व्याज दिन थालेकाछन । बजारमा निक्षेपको व्याज बढ्नुु भनेको कर्जाको व्याज पनि बढ्नु । कर्जाको व्याज बढेपछि उद्योगी व्यापारीहरुले पनि आफुले उत्पादन गरेको बस्तुु तथा सेवाको मुल्य बढाउँछन । यसकारण यो समस्याले सबै भन्दा मारमा पनि व्यक्तिहरु भनेका आम सर्वसाधारणहरुल नै हुुन । 
बैकहरुले कर्जा लगानी गरे के आधारमा अर्थतन्त्र सवल हुन्छन, उद्योग व्यवसाय खुल्छन, रोजगारी सिर्जना हुुन्छ । हामीले पनि चार सय करोड रुपैयाँ भन्दा बढी रकम सिमेन्ट हाईड्रु होटल लगायतका क्षेत्रमा लगानी गरेका छौ । अहिले १० मेगा वाटको जलबिद्युुत आयोजना सम्पन्न गर्न एक सय ६० करोड रुपैयाँ लगानी लाग्छ । तर अहिले बैक तथा फाईनान्स कम्पनीहरुको कर्जा लगानीमा संकचुुन आएको छ । उनीहरुको लगानी योग्य रकम छैन । यस्तो समस्या धेरै लामो समयसम्म रहनुु हुदैन । राज्यले यसलाई समयमा नै उपयुुक्त बित्तीय उपकरण जारी गरेर सम्वोधन गर्नुु पर्छ । राज्यको ढुुकुटीमा थन्किएर बसेको रकम बिकास खर्च मार्फत बजारमा पठाएर अर्थतन्त्रलाई चलायमान र गतिशिल बनाउनुु पर्छ । बजारमा कर्जाको व्याज दुुई प्रतिसतले बढ्दा व्यापारीहरुले चार प्रतिसतले बस्तुु तथा सेवाको मुल्य बढाउछन । यो अवस्थामा सुधार ल्याउन सरकारले बिकास खर्च बढाएर बजारमा पैसा पठाउनुु पर्छ । अर्थतन्त्रलाई चलायमान बनाउनुुपर्छ । 
अन्त्यमा के भन्नुु हुन्छ ?
हाम्रो यहाँसम्मको यात्रामा सहयोग गर्नुुहुुने सबै शुभ चिन्तक, नियमनकारी निकाय, सरकार सबैलाई धन्यवाद दिन चाहान्छुु । सबैको साथ र सहयोगले नै हाम्रो यहाँसम्मको यात्रा सफल भएको हो, हामीलाई अझ निके अगाडि जानुु छ, त्यसको लागि पनि हामीलाई सबैको साथ र सहयोग चाहिन्छ । सिंगो प्रभुु बैक परिवार आम नेपाली जनता, सिंगो राष्टको लागि नियमनकारी निकायको ऐन कानुुनको परिधीभित्र रहेर काम गर्न सवल र सक्षम रहेको छ । 

 

 

 




Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter