सभामुख निर्वाचनमा झन झमेला,उपसभामुखले कसलाइ राजीनामा वुझाउने ?

28 दिन अगाडी

काठमाण्डाैं,कार्तिक ३ गते । सत्तारूढ नेकपामा नयाँ झमेला देखा परेकेा छ । बलात्कार अभियाेगमा सभामुख कृष्णवहादुर महरा पक्राउ परेपछि उनकाे ठाउमा नया सभामुख कसलाइ र कसरी बनाउने भनेर झमेला भएकाे हाे । विश्वकै उत्कृष्ट संविधान भनेर तत्कालिन नेकपा एमालेले लडडु वाडेर खुशी मनाएकाे संविधानमा रहेकाे त्रुटीकाे कारण नया समस्या देखा परेकाे हाे । संविधानमा सभामुखले राजीनामा उप-सभामुखलाइ दिनुपर्ने ब्यवस्था छ भने उपसभामुखले राजीनामा दिदा सभामुखलाइ दिनुपर्नेछ।तर,यतिवेला बलात्कार अभियाेग लागेपछि सभामुख महरा उप-सभामुखलाइ राजीनामा वुझाएर प्रहरी हिरासतमा छन।यस्ताे बेलामा नेकपा सभामुख बनाउने नयाँ प्रयाशमा छ तर कानुनकाे कमजाेरीकाे कारण अब नया सभामुख कसरी बनाउने समस्या देखा परेकाे छ।यदि अहिलेकाे उप-सभामुखलाइ अहिलेकै अवस्थामा राखेर नया सभामुख बनाउने हाे भने संविधानमा अर्काे समस्या छ । संविधानमा एउटै दलकाे सभामुख र उप-सभामुख हुन हुदैन भनेकाे छ । र,यतिवेला उप-सभामुख नेकपाकाे शिवमाया छिन।यदि उप-सभामुख नेकपाले नै राख्ने हाे भने संविधानकाे प्रावधान ख्याल गरेर नेकपाले सभामुख पद छाडनुपर्छ।याे पद अन्य दललाइ दिनुपर्छ।तर नेकपा यसाे गर्न तयार छैन।नेकपामा यति मात्र हाेइन,सभाभुख पद लिदा पनि उम्मेदवार माअेावादी खेमाकाे बनाउने कि एमालेकाे खेमाकाे बनाउने भन्ने नया विवाद पनि कायमै छ।यस्ताे बेलामा नेकपालाइ सभामुख पदकाे समस्या फुकाउन राजनीतिक सहमति जरूरी परेकाे छ । यसकाे लागि उसले नेपाली कांग्रेसकाे सहारा लिनुपर्छ तर कांग्रेस भने उहिले देखि उपसभामुख पद ताकिरहेकाे छ।यदि यसाे नगर्ने हाे भने नेकपाले सभामुख र उप-सभामुख एउटै दलकाे हुनहुदैन भनेर सर्वाेच्चमा परेकाे रिटकाे सुनुवाइ जुन मंसिर पहिलाे साता सुनुवाइ हुदैछ,यसलाइ कुर्नुपर्ने हुन्छ। नेता नेकपा यतिञ्जेलसम्म नकुर्ने बरू राजनीतिक समझदारी विकास गरेर वाटाे खुल्ला गर्ने तयारीमा जुटेका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter