समृद्ध नेपालको सपना,प्रवासी नेपालीको चाहना श्रृङ्खला -११

अमेरिकामा रहेका नेपालीहरुमा भौतिक विज्ञानको क्षेत्रमा काम गर्ने समूहको उपस्थिति वाक्लिने क्रम जारी रहेको छ । भौतिक विज्ञानको एउटा क्षेत्र व्रम्हाण्डको उत्पत्तिमा पदार्थको विकासका वारेमा अध्ययन गर्ने समूहमा आवद्ध भएर काम गर्ने एक व्यक्तिको रुपमा यादव पंण्डितले आफनो परिचय बनाउनु भएको छ । शिकागोको ईलोनोईज विश्वविद्यालयको भौतिक विज्ञान (फिजिक्स) विभागमा रिसर्च एशोसियटसको रुपमा काम गर्दे आउनुभएका पण्डित नेपालमा दूरदर्शी तरिकाले सोच्ने,नीति नियम वनाउने र त्यो अनुसार कार्यान्वयन गर्न नसकेको कारण संभावनाका अवसर कुल्चिएको वताउनुहुन्छ । प्रवासमा वस्ने नेपालीहरुको दिनचर्या नेपालसँगै जोडिएर वित्ने गरेको भन्नुहुँदै अब नेपालमा नीति निर्माताहरुले पहिला भन्दा वढी दक्षता र क्षमता प्रदर्शन गर्नु पर्ने उहाँको सुझाव रहेको छ । पण्डितको पहलमा अमेरिकामा रहेका विज्ञ नेपालीहरुको समन्वय,सहकार्यमा नेपालको नीतिगत विषयमा एउटा थिङ्क टयांङ्कको भूमिका निर्वाह गर्न भनेर अमेरिका नेपाल नीति अनुसन्धान  केन्द्रको स्थापना भएको छ , यसले नेपालको समृद्धिको लागि एउटा उत्प्रेरकको भूमिका निर्वाह गर्ने उहाँ वताउनु हुन्छ ।  

 

  समृद्ध नेपालको सपना,प्रवासी नेपालीको चाहना श्रृङ्खला -११ मा पण्डितसँग मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु  :

तपाईलाई कसरी चिन्ने ? अमेरिकामा वस्नु भएको कति भयो ? 

म एउटा नेपाली जसले नेपालको भौतिक विज्ञानको अध्ययन गरे । पछि अमेरिकाको केन्ट स्टेट विश्वविद्यालय ओहायोबाट विद्यावारिधि उपाधि लिएको छु,तत्पश्चात भौतिक विज्ञानको न्यूक्लियर विज्ञानमा अनुसन्धान गर्दे आएको छु । अमेरिका आएको वाह्र वर्ष भयो । 

तपाईको कामको प्रकृतिवारे वताउनुहुन्छ की ? 

म अहिले युनिभर्सिटि अफ इलोनोईजको न्यूक्लिकर फिजिक्स सम्वन्धि अनुसन्धानमा संलग्न छु । यसले व्रम्हाण्डको उत्पत्ति काल देखि पदार्थको विकास हुँदै अणु परमाणुहरुको उत्पत्ति कसरी भए भनेर अनुसन्धान गर्दछ । यो धेरै देशका सयौ वैज्ञानिकहरुको संलग्नतामा समूहगत रुपमा गरिने विश्वका महत्वपूर्ण अनुसन्धान मध्ये एक हो । खासमा विज्ञान एउटा प्रयोगात्मक (एक्सपेरिमेन्टल) कार्यविधिमा काम गर्ने भएकाले यसमा अनुसन्धानको पाटो महत्वपूर्ण हुन्छ । 

तपाईहरु यसरी विश्व व्रम्हाण्डको अध्ययनमा लागिरहनु भएको छ, यसलाई नेपाल सरकारले कही कतै सहकार्य गरेको पाउनु भएको छ ? 

सरकारी तवरवाट त कतै काम भएको जस्तो मलाई लागेको छैंन् । किनकि नेपालमा अझै पनि विज्ञान र प्रविधिमा चासो लिएर काम गर्ने संयन्त्रको विकास भएको छैंन् । हुनत मन्त्रालय नै छ भनिन्छ,तर त्यो त्यति आकर्षक मन्त्रालयको रुपमा अगाडि सारिएको पाइएको छैंन् । यसमा नेतृत्व गर्ने या नेतृत्वमा वस्नेहरुले उचित ध्यान दिन नसकेको अवस्था छ । 

अर्को कुरा, कतिपय विश्वव्यापी चासोको विषयमा अध्ययन अनुसन्धान गर्न विभिन्न देशहरु नै संलग्न भएका हुन्छन, अर्थात अर्को शब्दमा भनौं विभिन्न देशको संलग्नतामा हुने वृहद अनुसन्धानमा समेत नेपाल सहभागी हुन सकेको मैले जानकारी पाएको छैंन, जव कि कतिपय अनुसन्धानमा अल्पविकसति देशहरुको सहभागीताका लागि निशुल्क सहभागीता समेतको व्यवस्था गरेको पाईन्छ । 

यस विषयमा संलग्न नेपालीहरुले सरकारी अधिकारीहरुलाई जानकारी नै नदिनु भएको पो हो की ? 

हेर्नोस, जापान ,चीन भारत जस्ता देशहरुले विश्व वजारमा भईरहेका यस्ता अध्ययनहरुको लागि आफनै लगानीमा छात्रवृत्ति दिएर पढन पठाएका हुन्छन, या अध्ययनमा संलग्न गराएका हुन्छन् । हामी नेपालमा पढेर वाहिरको विश्वमा होमिने प्रयत्न गरिरहेका छौं भने हामीले जानकारी नदिने कुरै हुँदैंन् । दुई वर्ष अगाडि नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोईरालालाई हामीहरुले न्यूयोर्कमा भेटेर विज्ञानको अनुसन्धानको वारेमा जानकारी दिलाएका थियौं । संयोग कस्तो थियो भने त्यो दिन भारतले मंगल ग्रहमा अन्तरिक्ष यान पठाएको दिन थियो । भारतले त्यो यान एकै दिनमा पठाएको होईन, नेहरुको पालामा वनाइएको सपनाको मूर्त रुपमा २०१५ को सेप्टेम्वर वनेको मात्र हो । यो मैले किन पनि जोडन चाहे भने विज्ञानको विषयलाई अंगीकार गरेर सरकारले वनाउने नीतिको या संलग्नताको कारणले आगामी पुस्ताको लागि मार्ग वनाउने हो । यसको लागि दूरदृष्टि भएको सोच आउनु परयो । विडम्वना त के लाग्छ भने एउटा कुनै अर्थहीन प्रयोजनको लागि करोडौ रकम खर्च गर्ने सरकारले वैज्ञानिक अनुसन्धानको लागि खासै चासो नदिने प्रवृत्ति छ । 

तपाईहरु विश्व व्रम्हाण्डको कुरा गर्नु हुन्छ, नेपालमा एउटा सिटामोलको खाँचो छ , अनि कसरी संभव होला त ? 

तपाईले सही कुरा भन्नु भयो, हामीहरुले सिटामोलको रकम अनुसन्धानमा लगाऔ भनेको होईन् । वैज्ञानिक अनुसन्धान पश्चात विकासको लागि योगदान गरौ भनेको हो । तपाईले हेर्नु भएको होला नेपालमा पछिल्ला वर्षहरुमा वाढी पैह्रो जानुको कारण विना अनुसन्धान वाटो वनाउने नाममा पहाडलाई खोस्रिएर हो । यदि मोटर चल्न नसक्ने ठाउँमा मोटरको वाटो खोस्रियौ भने त्यसले वातावरणीय सन्तुलन विगार्छ । विज्ञानले जहिले पनि अनुसन्धान गरेर त्यसको प्रयोगात्मक विधि अपनाएर मात्र कार्यान्वयनको चरणमा प्रवेश गराउँछ । 

अर्को कुरा अहिलेको युगमा विज्ञान र प्रविधिमा आधारित स्वास्थ्य र शिक्षाको विकास हुने चरणमा प्रवेश गरिसकेको छ । त्यसैले मैले जोडन खोजेको राज्यको सीमित वजेटलाई उत्पादनशील क्षेत्रमा लगाऔ भन्ने मात्र हो । 

नेपालको संभावनाको क्षेत्र या विकासको लागि महत्वपूर्ण मानिने आधारशिला के हुनसक्छ जस्तो लाग्छ ? 

हेर्नोस,नेपाल प्राकृतिक सम्पदामा धनी छ त्यो सम्पदालाई समयमा सदुपयोग गर्न सकिएन भने त्यसले दिने लाभ कम हुँदै जान्छ । जस्तो जलविद्युत आयोजना । यदि हामीले पन्ध्र वीस वर्ष भित्र यसको उपयोग गर्न सकेनौं भने एकातर्फ पर्यावरणीय चक्रले असर पार्न सक्छ भने अर्को तर्फ भोलि त्यो वैकल्पिक सृजनाले त्यो कम उपयोगी हुन सक्छ । अर्थात सबै ठीक हुदाहुँदै पनि लागत मूल्यको आधारले महंगो परयो भने त्यसको व्यापारमा संकुचन आउन सक्छ । त्यसैले नेपाललाई विकास गर्ने हो भने जलविद्युत, पर्यटन र प्रविधलाई अंगीकार गरौ त्यसमा छोटो समयमा अधिकतम लाभ लिन सक्छौं जस्तो लाग्छ । साथै नेपाललाई आवश्यक पर्ने र अधिकतम जनताले लाभ लिने यातायात क्षेत्रको विकास गर्नुपर्छ जसले पूर्व पश्चिम उत्तर दक्षिणमा वसोवास गर्ने जनतालाई सजिलै जोडन सकोस् । 

विज्ञान र प्रविधिको प्रयोगले देशको समृद्धिमा योगदान दिने आधार के छ त ? 

हेर्नोस , वैज्ञानिक अनुसन्धानले अरु देशले तयार पारिसकेर प्रयोग गरिसकेको विषय मात्र नेपाल जस्तो मुलुकले अंगीकार गर्ने हो भने हामी समृद्ध वन्न सक्छौं । पहिलो ऊर्जाको विकासमा अधिकतम लाभ दिन सस्तो आयोजना निर्माण गरेर, दोश्रो लगानीको अवसर र प्रतिफलको आधार प्रस्तुत गरेर , तेश्रो प्रविधिले जोडेर ।  प्रविधि अहिले विश्वलाई द्रुत गतिमा विकास गर्ने एउटा महत्वपूर्ण उपकरण हो । त्यसमा विद्धता र क्षमता जोडियो भने धेरै जटिल काम सम्पन्न हुन सक्छ । समृद्धि त्यसकै एउटा पाटो हो । प्रविधिले विकासलाई तीव्र गति दिने काम गर्दे आएको छ । विज्ञानको सोच भनेको नै विकासको एउटा खुटकिलो आयो भने त्यसले अरु धेरै खण्डहरुलाई परिचालित गरेर थप अवसर र उपलव्धको वातावरण सृजना गर्दछ । 

यहाँ भारतका पूर्वराष्ट्रपति एपी जे कालमले भनेको कुरा राख्नु सान्दर्भिक लाग्या,उहाँले भन्नुभएको थियो साना  देशहरुले एकै पटक विकासमा ठूलो लाभ लिने हो भने विज्ञान प्रविधिमा आधारित विकासको मोडेल उपयुक्त हुन्छ । 


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter