समृद्ध नेपालको सपना ,प्रवासी नेपालीको चाहना” श्रृङ्खला-७

अमेरिकामा अध्ययन अनुसन्धानलाई देश विकासको एउटा महत्वपूर्ण आधारस्तम्भको रुपमा लिने गरिन्छ । हरेक क्षेत्रको विकासको लागि महत्वपूर्ण अनुसन्धान र त्यसमा आधारित नीति तथा कार्यनीति वनाउने अमेरिकाको एउटा कार्यपद्धति नै रहेको छ । सवै विकसित देशहरु यसरी नै विकासमा अगाडि वढेका छन् । यस्तै अनुसन्धान गर्ने थलो मध्येको एक हो – मिचिगन युनिभर्सिटीको ईन्ष्टिच्युट फर सोसल रिसर्च । सोही अन्र्तगत रहेर विगत सात वर्ष देखि एक नेपाली नेपालकोे सामाजिक,जनसंख्या, आर्थिक र कृषि क्षेत्रको अनुसन्धानमा क्रियाशील रहनु भएको छ । मिचिगनमा रहेको युनिभर्सिटी अफ मिचिगनमा सहायक अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत रहनुभएका ती नेपाली डा.प्रेमबहादुर भण्डारी हुनुहन्छ ।  हरेक दिन अनुसन्धानका अनेकन सुत्र र प्रविधि मार्फत ठोस अनुसन्धानमा समय विताउनुहुने डा.भण्डारीले हाल नेपालको जनसंख्याको लाभांशको उपयोग गरी कृषिको आधुनिकीकरण गर्न आवश्यक पर्ने तुलनात्मक लाभको क्षेत्र पहिचान गर्न विशेष जोड दिनुहुन्छ । 

भण्डारीले आगामी वीस–तीस वर्ष नेपालको लागि समृद्ध वन्न सक्ने चाहनाको स्वर्णिम काल भएको टिप्पणी गर्नु भएको छ । समृद्ध वन्ने नेपालको सपनामा आवश्यक पर्ने महत्वपूर्ण अस्त्रको रुपमा जनशक्तिलाई लिईन्छ । नेपालको विसं २०६८ को जनगणना अनुसार हाल ५५ देखि ६० प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय रहेकोले यसलाई पूर्ण उपयोग गरेर समग्र नेपालको विकास गरी ऐतिहासिक उपलब्धि हासिल गर्न उहाँ सवैसँग अनुरोध पनि गर्नुहुन्छ । 

भण्डारीसँग “समृद्ध नेपालको सपना ,प्रवासी नेपालीको चाहना” श्रृङ्खला अन्र्तगत मधुकर अधिकारीले गर्नु भएकोे कुराकानीको सम्पादित अंशहरु: 

तपाईलाई कसरी चिन्ने ?अर्थात तपाईको सानो परिचय दिनुहुन्छ की ?

नेपालमा मेरो घर सल्यान जिल्लामा पर्दछ । मैले कृषि क्याम्पस रामपुर चितवनमा लामो समय सम्म अध्यापन गरे । तत्पश्चात सन् २००० मा अमेरिकाको पेन्सलभेनिया स्टेट युनिभर्सिटीमा पिएचडीको लागि आएको हुँ । म सामाजिक डेमोग्राफर हुँ ।  सन् २००६ मा मेरो अध्ययन सकिएपछि दुई वर्ष क्यानाडामा विताए । त्यसपछि सन् २००९ देखि मिचिगनमा नेपालको जनसंख्या,समाज शास्त्र र कृषिको अन्तरसम्वन्धका विषयमा अनुसन्धान गर्दे आईरहेको छु । समयसमयमा नेपालमा दक्षिण एशियाका अनुसन्धानकर्ता तथा विज्ञहरुलाई सामाजिक अनुसन्धानको विधि र यसका विविध आयामको वारेमा तालिम पनि सञ्चालन गर्दे आएको छु । साथै यहाँवाट चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालयमा अध्यापन गराउने र विद्यार्थीहरुको अनुसन्धानमा सुपरिवेक्षणको भूमिका पनि निर्वाह गर्दे आएको छु । 

 तपाईको अनुसन्धान कस्तो प्रकृतिको हुन्छ ? 

हामी उपयुक्त वैज्ञानिक विधी उपयोग गरी उच्चगुणस्तरीय अनुसन्धान गर्ने र त्यसबाट प्राप्त तथ्य र निकर्षको आधारमा नीति निर्माण हुनुपर्छ भन्ने मान्यता राख्दछु । उच्च गुणस्तरीय अनुसन्धानले नीति निर्मातालाई महत्वपूर्ण आधारशीला निर्माण गरिदिने गर्दछ ।  

तपाई जनसंख्याको पनि अनुसन्धान गर्नुहुन्छ, नेपालको जनसंख्याको संरचनालाई कसरी हेर्नु भएको छ ?

हेर्नोस, हामी जनसंख्याको अध्ययन गर्ने सिलसिलामा जनसांख्यिक लाभांश ( डेमोग्राफी डिभिडेन्ड )भन्ने शव्दावली प्रयोग गर्छौ । जनसंख्याको वृद्धिदर र मृत्युदर घटदो क्रमसँगै मेर अनुसार जनसंख्याको संरचनामा आउने परिवर्तन र समग्र देशको आर्थिक विकासमा पनि तिव्रता आउने काल शुरु हुन्छ । नेपालको यो काल शुरु भईसकेको छ । यस्तो समय दुई देखि तीन दशसम्म रहन्छ ।  नेपालको हकमा सन् २०११ को जनसंख्याको आधारमा ५५ देखि ६० प्रतिशत जनसंख्या १५ वर्ष देखि ६४ वर्ष उमेर समूहका छन् । यो हिस्सा आगामी पाँच दश वर्ष भित्र ६५ प्रतिशत पुग्दैछ । यसलाई मैले ऐतिहासिक भन्ने गरेको छु । यस्तो ऐतिहासिक अवस्थाले एकातर्फ वृद्धावृद्धाहरुको स्याहारसुसारमा कम समय र खर्च हुने भयो भने अर्कोतर्फ साना नानीहरु हुर्काउने समय पनि कम हुने भयो । 

यो अवस्थामा विकासको फडको मार्ने अधिकतम अवस्था हो । यस्तो देख्दा नेपालले केही समय खेर फालिसकेको हो की जस्तो लागेको छ । विसं २०६८ मा ६४ वर्ष हुनु भएकाहरु अहिले ६९ वर्ष पुगिसक्नु भएको छ । यसरी उमेर ढल्किदै जाने कारणले जनसांख्यिक लाभांशको समय संकुचन हुदै जान्छ । हालको काम गर्ने जनशक्ति दुई तीन दशक पछि वृद्धाअवस्था तिर जाने र जनसंख्याको वृद्धि घटने क्रमले काम गर्न सक्ने उमेरमा जनशक्तिको उपयुक्त व्यवस्थापन गर्न सकिएन भने भविष्यमा ठूलो समस्या निम्तन सक्ने खतरा रहन्छ ।  

त्यसैले अहिलेको संरचनाले विकासको फडको मार्ने अधिकतम अवस्था हो भनेको हुँ , तर यसको फाईदा भने मध्य पूर्व र अन्य देशहरुले लिईरहेका छन् । त्यसको अलावा रोजगारको लागि विदेशिएका युवाहरुको कारणले सामाजिक आर्थिक संरचनामा असन्तुलन आएको छ । 

तर तपाईले यसो भनिरहँदा नेपालवाट हरेक दिन विदेशिने युवाहरुलाई कसरी नेपाल भित्रै व्यवस्थापन गर्ने त ? 

तपाईले साह्रै पेचिलो र महत्वपूर्ण प्रश्न गर्नु भयो । म पनि यसलाई कसरी देशको विकासको अस्त्रको रुपमा प्रयोग गर्न सकिन्छ भनेर घोत्लिने गरिरहेको छु । हाम्रो देशमा ८० प्रतिशत जनता कृषिमा निर्भर छन् । देश भित्र रोजगारीका अवसरहरु कम छन भने उपलव्ध रोजगारीमा सवैको पहुँच छैंन् । त्यसैले हरेक दिन पन्ध्रसय नेपाली युवा वाहिरिनु पर्ने वाध्यता छ र यो ठूलो दुखको विषय हो । यो आप्रवासीहरुको कारणले कृषि क्षेत्र अत्याधिक प्रभावित भएको छ । कति जग्गा वाँझो छन भने कृषिको अहिलेको अवस्थामा महिलाहरुले सम्हाल्नु भएको छ । अव यसको लागि कम जनशक्तिको उपयोग गरी वढी उत्पादनको मोडेलमा जानु पर्ने हुन्छ । 

यहाँ तपाईलाई एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु , हामी ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर भन्छौ र त्यो उत्पादनले आफू र बाँकी २० प्रतिशतलाई पनि आत्मनिर्भर हुन सकेको छैंन् । अमेरिकामा भन्नुहुन्छ भने २ देखि ३ प्रतिशत कृषिमा संलग्न रहेका छन, उनीहरु ९७ प्रतिशतलाई आवश्यक पर्ने कृषि उपज पुरयाईरहेका छन ।त्यतिमात्र होईन संसारभर खाना पुरयाउँछन् । त्यसैले नेपालको लागि व्यावसायिक कृषितिर लम्किनुको विकल्प छैंन् । साथै ग्रामीण पर्यटन तथा स्वरोजगार वढाउने कुरामा वढी ध्यान पुरयाउनुपर्दछ जस्तो लाग्छ ।  

यसलाई परिवर्तन गरेर आर्थिक समृद्धिमा कसरी उपयोग गर्न सकिन्छ त ? 

यसको लागि केही काम गर्न सकिन्छ , जस्तो पहिलो कुरा देशमा काम गर्ने जनशक्ति कम भएको अवस्था भएकाले कृषिमा कम जनशक्ति उपयोग हुने आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिकरण तिर जान्न सकिन्छ । त्यसको लागि विदेशिएका व्यक्तिहरुले पठाएको रकम अर्थात रेमिटेन्सलाई राम्रो सँग उपयोग गराउन वा कृषिमा लगानी गर्न हौसला वढाउने नीति वनाउनुपर्छ । हामीहरुको तुलनात्मक लाभको सिद्धान्त कृषि वा पर्यटन वा के हो भन्ने लाग्छ भने सो क्षेत्रमा लगानी गर्ने तर्फ लाग्नु परयो । साथै अव सामाजिक (सोसल रेमिटेन्स) रेमिटेन्सलाई आत्मसात गर्नु परयो  त्यो भनेको विदेशिएकाहरुले सिकेको सीप,ज्ञान र कार्य शैलीको  सदुपयोग गर्ने । धेरै कुरामालगानी वढाउनु भन्दा केही राम्रा व्यवसायहरु प्हिचान गरी ( जस्तै:पोल्ट्री व्यवसाय) त्यसलाई उपयोग गर्नु परयो । 

यसको कार्यान्वयनमा के चुनौती छ जस्तो लाग्छ ? 

पहिलो कुरा नेपालमा अनुसन्धानमा आधारित नीति बनाउनु पर्छ भन्ने सोचको विकास हुन परयो । एउटा ठोस अनुसन्धान गरेर त्यसको आधारमा हामीहरुको तुलनात्मक लाभको क्षेत्रको पहिचान गरेर त्यसमा केन्द्रित हुनु परयो । 

दोश्रो ,देशको राजनीतिक स्थिरता धेरै महत्वपूर्ण पूर्वाधार हो ।  सरकारको स्थायित्व भएन, स्थायी भनिने सरकारी कर्मचारीहरुमा समेत स्थायित्वको अभावले धेरै कुराहरुमा हामी पछाडि परिरहेका छौं । कुनै नेताले मनमा जे आयो त्यहीलाई आधार वनाएर गरिने नीति नियमको कार्यन्वयन हुन सकेन् । एउटा सरकारले वनाएका राम्रा नीतिहरुले पनि निरन्तरता पाएनन् । जसले गर्दा थोरै स्रोत साधन भएको अवस्थामा लक्ष्य विहीन तरिकाले खर्च भएको जस्तो लाग्छ । यो अलि व्यवहारिक छैंन् । 

देशको राजनीतिक अस्थिरता आर्थिक विपन्नता अस्वस्थ राजनीतिक प्रतिस्पर्धा ,अस्वस्थ र घुसघोरीको शिकार भएको सरकारी संयन्त्र रहदा सम्म भएका नीति राम्रोसँग लागू गर्न सकिदैंन् , यसको चुस्त सरकारी संयन्त्रसक्षम सरकार तथा कानूनी राज्यको स्थापनाको जरुरी छ । 

तपाईलाई के लाग्छ आगामी पन्ध्र वर्षमा नेपाल समृद्ध देश वन्न सक्छ ? 

म विश्वस्त छु, आगामी दिनमा नेपालले समृद्धिको वाटा लिएर अगाडि वढेको हुनेछ । यसका थुप्रै कारणहरु रहेका छन् । हामी सँग काम गर्न सक्ने ठूलो जनशक्ति छ । विदेशबाट भित्रिएको रेमिटयान्स छ । अव नेपालले संविधान पाएको छ, यसको सफल कार्यान्वयनको चरणमा प्रवेश नगरी सुखै छैंन् । अर्को, अर्को अहिले नागरिक तहमा समेत देश समृद्ध हुनु पर्ने रहेछ भनेर लागि परेका छन् । हरेक क्षेत्रका व्यक्तिहरु र भूगोलमा छरिएका नेपालीहरु अहिले समृद्धिको वाटो खोज्ने जमर्कोमा जुटेका छन् , यो सकारात्मक पाटो हो । भर्खर जारी भएको संविधान र यसको सफल कार्यान्वयन उज्यालोको संकेत हो र हाम्रो वलियो पूर्वाधार पनि हो ।  

तर विदेशमा वस्नेहरु काम भन्दा वढी हल्ला गर्छन भनेर आलोचना गरिन्छ नि ? 

यो भनाईसँग म पूर्ण असमहत छु । म के भन्छु भने जव मानिस भौतिक रुपमा मातृभूमिवाट टाढा हुन्छ त्यो वेलामा उसलाई आफनो मातृभूमिको माया हुन्छ र केही गर्ने हुटहुटी पैदा हुन्छ । त्यसका प्रशस्त उदाहरण छन् । अहिले जति वाहिर छौ त्यस मध्ये थोरै प्रतिशतले मात्रै देश निर्माणको योगदानका वारेमा सोच्यौ र काम गरयो भने पनि पर्याप्त हुन्छ जस्तो लाग्छ मलाई । मेरो वारेमा सोध्नुहुन्छ भने विगत सोह्र वर्षमा मैले नेपालको विषयलाई अनुसन्धानको विषयमा समावेश गरेर ज ितगर्न सके त्यो नेपालमा वसेर गर्न सक्ने थिईन् जस्तो लाग्छ । । त्यसैले विदेशमा वस्नेहरु काम भन्दा वढी हल्ला गर्छन भन्ने कुरा गरेर समय वर्वाद गर्नु भन्दा उनीहरुसँग मिलेर कसरी देश निर्माणमा जुटने भनेर सोच्ने र योगदान गर्ने तर्फ लाग्नु पर्छ । 

आगामी दिनमा नेपालमा लैजान खोज्नु भएके कुनै योजना छ कि ? 

मैले माथि नै भनिसके, अहिले पनि क्रियाशील रहेको छु । आगामी दिनमा उच्च गुणस्तरीय अनुसन्धान गरेर नेपाललाई आवश्यक पर्ने नीतिगत सुधारको विषयमा काम गर्ने सोच लिएको छु । तथ्यगत अनुसन्धानको आधारमा काम गर्न तालिमको व्यवस्था, दक्षता वृद्धि जस्ता विषयमा काम गर्ने चाहना रहेको छ ।

त्यस्तै थुप्रै साथीहरु पनि काम गरिरहनुभएको छ । अहिलेको विश्वव्यापीकरणको युगमा जहाँ वसेपनि मातृभूमिको लागि चिन्तन गर्न सकिन्छ ।  यसको लागि हामी  अमेरिकामा वस्दै आएका र कृषिमा संलग्न हुनुभएका व्यक्तित्वहरु गठित भएका छौं । त्यसको मुख्य उद्देश्य नै यहाँ सिकेको प्रविधि र सीपलाई नेपालमा कसरी उपयोग गर्ने भन्ने रहेको छ । यो एउटा प्रविधि रुपान्तरणको नयाँ अध्याय हुने विश्वास लिएका छौं । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter