सवैमा मेरो अपिल

मित्रसेन दाहाल 

 

जिल्लावासी सम्पूर्ण दाजुभाई,दिदीबहिनी तथा साथीहरु, 
जय नेपाल ।
तपाईंहरु सबैको शुभेच्छा र शुभकामना लिएर आज निर्वाचन प्रचार प्रसारका लागि जिल्ला तर्फ लाग्दैछु । तपाईंहरुको चासो र उत्साहको म उच्च सम्मान गर्दछु । सबैसंग भेट्ने,छलफल गर्ने मेरो चाहना र प्रयास सिमित समयका बावजुद सफल हुन सकेको छैन । म सबैलाई प्रष्ट पर्दछु, म तपाईंहरुको भावनालाई प्रतिनिधित्व गर्ने पात्र हुँ । मेरो बारे तपाईंहरु सबै जानकार नै हुनुहुन्छ । म एउटा खुला किताब हुँ जसरी पढ्नु भए नि हुन्छ । मैले आजसम्म जे जति गरें, निष्ठा र इमान्दारीका साथ गरेको छु । तपाईंहरुले सधैं सहयोग गर्नु भएको छ । यसका लागि म आभारी छु ।
आसन्न चुनाव हामी व्यक्ति विशेषको होइन,यो सिंगो पार्टीको प्रतिष्ठाको विषय हो । यसका लागि पार्टीको नेतृत्व तहमा रहनु भएका साथीहरुले आवश्यक संयन्त्र बनाउने र सोही अनुसार परिचालन गर्नुपर्छ भन्ने तपाईंहरुको सुझाव निकै महत्वपूर्ण छ । हामीसंग थोरै समय छ,जिल्लाका गाउँ गाउँ पुग्नुछ ।
त्यसैले मेरो विनम्र आग्रह कुन गाउँमा को संग छलफल गर्ने,कसलाई सम्पर्क गर्ने,त्यहाँ तपाईंको भूमिका के हुनेछ ? आउनुहोस् सबै यसमा जुटौं,होस्टेमा हैंसे गरौँ, हाम्रो छलफल जारी रहोस् । म सबै युवा साथीहरुलाई आ आफ्नो तर्फबाट समूह बनाएर जिल्लामा जुट्नका लागि आग्रह गर्दछु । यो समय निकै व्यस्त हुने हुनाले म सधैं यसरी अनुरोध गरिरहन परिस्थितिवश असमर्थ हुनेछु । यसका लागि अन्यथा नसोची दिनु होला ।
के कसो गर्दा हामीले कांग्रेसको गौरबलाई उँचो बनाउन सक्छौं ? आउनुहोस् यसका लागि छलफल गरौँ र जिल्लामा भेटौं,गाउँमा जुटौं,प्रचारमा हातेमालो गरौँ । यही नै मेरो अपील 
जय नेपाल 
सदा तपाईंहरुको साथमा ,
मित्रसेन दाहाल
उम्मेदवार-नेपाली कांग्रेस ,प्रदेश- क 
ओखलढुंगा


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter