सार्वजनिक वित्त व्यवस्थामा दक्ष जनशक्तिको खाचो

23 दिन अगाडी

  काठमाडौं ,१९ माघ

संघीय व्यवस्था कार्यान्वयनको प्रक्रियामा लेखा प्रणाली पनि पारदर्शी हुनु पर्ने सरोकारवालाहरुको भनाइ छ । हालको लेखा प्रणालीलाई सुधार गरी पारदर्शी र व्यावसायिक बनाउन पर्नेमा उनीहरुले जोड दिएका छन् ।  
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यन) र सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता सचिवालयले संयुक्त रुपमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापनामा दक्ष तथा व्यावसायिकताको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी सरोकारवालाले सार्वजनिक वित्तीय व्यवस्थापनमा छिटो छरितो र सरल बनाउन व्यावसायिक जनशक्तिको आवश्यकता रहेको औल्याएका हुन् । पछिल्लो समयमा देश संघीयता  कार्यान्वयनको चरणमा भएको हुनाले पनि सार्वजनिक वित्तको प्रभावकारी व्यवस्थापनका लागि व्यावसायिकता आवश्यक पर्ने उनीहरुको तर्क छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका तर्फवाट सहभागी हुनुभएका सहसचिव केवल भण्डारीले सार्वजनिक वित्त व्यवस्थापनालाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा रहेको बताउनु भयो । सार्वजनिक लेखा प्रणालीको वर्तमान अवस्थाको जानकारी दिँदै उहाँले प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी लेखा प्रणालीको विकास गर्ने प्रक्रियामा रहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका निमित्त सचिव बैकुण्ठ अर्यालले लेखा सम्बन्धी जनचेताको कमी हरेको बताउनु भयो । हाल सार्वजनिक वित्त व्यवस्थापनमा सहभागी जनशक्तिलाई दक्ष बनाउन आवश्यक तालिम तथा प्रशिक्षणको अवश्यकता रहेको बताउनु भयो । नेपाल सरकार अर्थ मन्त्रालय पनि पछिल्लो समयमा वित्त व्यवस्थापन प्रणालीलाइ सुधार गर्ने तयारीमा रहेको बताउदै उहाँले भन्नुभयो, “हरेक वडादेखि सम्पूर्ण देशको लेखा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डको लागू गर्न पहल हुनेछ ।”
कार्यक्रमा सार्वजनिक वित्त व्यवस्थापनमा व्यावसायिकताको भूमिकाको सन्दर्भमा आइक्यान र चार्टर्ड इन्स्टीच्यूट अफ पब्लिक फाइनान्स एण्ड अकाउन्टेन्सी(सिफा)का प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका थिए । आइक्यानले हालको नेपालको लेखा प्रणालीको अवस्था र सम्भावना सहतिको कार्यपत्र प्रस्तुत गरेको थियो भने सिफाका प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रमा अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेका लेखा प्रणालीको अभ्यासले वित्तीय जवाफदेहिता बढ्ने सुझाएका थिए ।
आइक्यानले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रवर्धन गर्न लेखा व्यवसायीको भुमिकाको महत्वलाई दृष्टिगत गर्दै यस सन्दर्भमा एक अर्काको व्यावसायिक स्रोत र साधनहरुबाट फाइदा लिने उद्देश्यले सिफासँग सम्झौता गरेको हो । सिफाको विशेषज्ञता तथा अन्तर्राष्ट्रिय अनुभव र यस संस्थासँगको सहकार्यले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई थप उचाईमा पु¥याउने अपेक्षा आइक्यानले गरेको छ । सोही समझदारीपत्रको महत्वलाई प्रकाश पार्ने उद्देश्यले आइक्यान लगायत अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, सिफा, आइएफएसि, लेखामान वोर्ड, लेखापरीक्षणमान वोर्ड तथा दातृ निकाय सहित अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको विकास र उत्कृष्टतामा लेखा विशेषज्ञहरुको भूमिका र सम्बद्ध पक्षहरुको तयारीको स्थितिलाई अझ प्रोत्साहन गर्ने विषयमा अन्तरक्रिया गरेको हो । वित्तीय गतिविधिहरुको संचालन नमुना तयार गरी लेखा विशेषज्ञहरुले सार्वजनिक वित्त व्यवस्थापनलाई  विश्व परिवेशमै पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको परिप्रेक्ष्यमा नेपालमा पनि यसको अवधारणालाई सम्बद्ध पक्षहरुमा स्थापित गर्न÷ गराउन समेत यस कार्यक्रमको महत्पूर्ण भूमिका रहने छ ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter