सिरियामा ३ लाख ३० हजार मारिए

2 महिना अगाडी

बेरुत,अक्टोवर १  गृहयुद्धले तहस नहस भएको सिरियामा पाँच वर्षको अवधिमा मारिनेको संख्या ३ लाख ३० हजार पुगेको छ ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो । सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । यो तथ्यांक अनुसार हरेक दिन सिरियमा एक सय मानिसले मृत्यु वरण गरिरहेका छन् । 

उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको पाँच बर्षभन्दा लामो समयदेखि जारी हिंसाकै क्रममा गत महिना सन् २०१७ मा मारिएकामा नै सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ । सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् । सिरियाली सेनाको कारबाही, रुसी सेनाको हवाई कारबाही तथा इस्लामिक स्टेट्स समूहबाटमात्र ती नागरिक मारिने गरेका छन् । 

सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्दछ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनाले यहाँ हवाई कारबाही गर्ने गरेका छन् । सन् २०११ को सेप्टेम्बर महिनादेखि सिरियामा राष्ट्रपति बसर अल असदका विरुद्धमा आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर हिंसामा परिणत भएको छ । हाल त्यहाँ गृहयुद्ध जारी छ । राष्ट्रपति असदका विरुद्धमा यहाँका विभिन्न प्रजातान्त्रिक बलले आन्दोलन तथा सैनिक कारबाही पनि थालेका छन् ।  यसरी मारिनेमा सेना, प्रहरी पनि छन् । तर मारिने नागरिकमा अधिकांश सर्वसाधारण नै बढी रहेका अधिकारवादीहरुले जनाएका छन् । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter