सुषमाकाे नेपाल भ्रमण-प्रचण्डकाे लागि खतराकाे घण्टी !

24 दिन अगाडी

प्रकाश गिरी/सरकारलाइ थाहै नदिइ केपी अाेलीले भारतीय विदेश मन्त्री नेपाल भित्रयाएपछि राजनीतिले नया माेड लिएकाे छ।याे भ्रमणले सवैभन्दा ठुलाे दल नेकपा एमालेका अध्यक्ष केपी अाेलीकाे सत्ताराेहणकाे यात्रा खुला गरेकाे छ।वैंककमा उपचारकाे बहानामा प्रधानमन्त्री नरेन्द्र माेदीकाे सुरक्षा सल्लाहकार अजित दाेभलसंगकाे भेटपछि अाेली निकै उत्साहित भएका थिए।अनाैठाे कुरा के भएकाे थियाे भने साेही भेटपछि जनवरी २१ तारिखमा माेदीले अाेलीलाइ नया बर्षकाे शुभकामना सन्देश दिएका थिए।संसारलाइ थाह भएकाे विषय के हाे भने नया बर्षकाे शुभकामना जनवरी १ मा दिइन्छ तर अाेलीले २१ दिन ढिला पाए।खासमा दाेभलसंगकाे बार्ता सकारात्मक भएपछि माेदीले अाेलीलाइ बधाइ र शुभकामना सन्देश दिएका हुन।साेही भेटमा अाेलीकाे चाहना अनुसार माेदीले सुषमा स्वराजलाइ नेपाल पठाएका हुन।सरकारलाइ थाहै नदिइ बाेलाइएकाे याे भ्रमणकाे सुरूवातमा नै सुषमाले अाेलीलाइ उच्च महत्व दिएर भेटिन।अनाैठाे के भने जुन हाेटलमा सुषमा वसिन साेही हाेटलमा एमालेले वेलुकीकाे खानाकाे प्रवन्ध गरयाे।एमालेले स्वागत गरयाे र सत्कार पनि भब्य गरयाे।यसबाट अाेलीकाे सिहदरवारकाे यात्रा खुलेकाे छ।अझ राेचक के छ भने यसै दिनबाट अदुवाकाे निकासीमा लागेकाे अवराेध पनि भारतले खुला गरेकाे छ ।याे शुभसंकेत हाे।

तर,याे भ्रमणबाट अाेली जति खुशी र उत्साहित छन,उनीसंग मिल्नकाे लागि भनेर खुटटा उचालेर बसेका प्रचण्ड उदास छन । दस बर्षसम्म भारतमा नै बसेर नेपालमा ससस्त्र अान्दाेलन गरेका प्रचण्ड कम महत्व र अाेलीलाइ उच्च महत्व दिनुकाे कारणा के हाे त ? सरकार वन्न लागेकाे बेला र पार्टी एकताकाे कुराले एउटा गति लिइरहेकाे बेलामा सुषमाकाे भ्रमणले के अर्थ दिन्छ वा के संकेत गर्छ त ? अहिले यहि विषयमा ठुलाे अडकलवाजी हुन थालेकाे छ।

जानकारहरूले अनेक अडकल काटेका छन।त्यसमध्ये भारतसंग नजिक भएकाहरूले भने सुषमा भ्रमणपछि सवैभन्दा ठुलाे घाटा प्रचण्डलाइ हुने ठानेका छन।घटनाक्रमले वाम एकता विस्तारै टर्दै गएकाे देखिन्छ।चुनाव अघि ६०-४०काे भागवण्डा गरेका दलले चुनावपछि ७०-३०काे भागवण्डा गरेका छन।अब सुषमाकाे भ्रमणपछि प्रचण्डकाे वार्गेनिङ पावर झन कमजाेर हुनेछ।सरकार निर्माणकाे लागि प्रचण्डकाे भुमिका त्यतिवेला मात्र महत्वपुर्ण हुन्छ जब मधेशी दल बाहिर वस्छन । तर फेससेभिङकाे लागि कुनै वुदामा सहमति गरेर यदि मधेशी दलले सहयाेग गरे भने अाेलीलाइ प्रचण्डकाे कुनै जरूरत पर्दैन।सुषमाकाे भ्रमण यसैमा लक्षित छ।चिन र भारतलाइ पालैपाले खेलाएका प्रचण्डसंग दुवै देश अाजित छन ।यस अाधारमा हेर्ने हाे भने भारत,चिन,अाेली र कांग्रेस रिसाएपछि माअाेवादीकाे हालत के हुन्छ ?

तर,यसाे नगरि,यदि अाेलीकाे सर्तमा प्रचण्ड एमालेमा सहअध्यक्ष वा उपाधयक्ष भएर पसे भने उनकाे वार्गेनिङ पावर झन घटनेछ।

अझ खतरनाक कुरा के छ भने यदि प्रचण्ड एमाले नजाने अडानमा रहे भने शक्ति वस्नेत,टाेपवादुर रायमाझी जस्ता नेता पनि छन जाे एमालेमा जान खुटटा उचालेर बसेका छन। अर्थात,एमालेमा जादा पनि र नजादा पनि दुवै हिसावले प्रचण्ड खतरामा छन।

र,खतरा घण्टी सुषमा नेपाल पसे देखि नै बज्न थालेकाे छ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter