सुसुप्त मनोवैज्ञानिक पाटोलाई खोतल्दै जूनकिरी

2 महिना अगाडी
काठमाण्डौं,असोज ४/नेपालको नाटय क्षेत्रमा एउटा अलग तरिकाले प्रस्तुत गरिएको “जूनकिरी” नाटक विहीवार यस पटकको लागि अन्तिम प्रस्तुत गर्ने तयारीमा रहेको निर्देशक तथा कलाकार नाटयकर्मी नानु थापाले वताएकी छिन् । ग्लोब नेपालसँगको कुराकानीको क्रममा उनले भनिन –“हामीले यस पटकको लागि निर्धारण गरेको नाटक मञ्चन गर्ने दिन भोलि अन्तिम हो । ”
एक वर्ष अगाडि पहिलो पटक मञ्चन गरिएको जूनकिरीले पाएको चर्चा र उठान गरिएको विषयका वारेमा टिप्पणी गर्दे कलाकार नानी भन्छिन – प्रवुद्ध वर्गको टिप्पणी र विषय वस्तुको गाम्र्भियताको कारणले मैले सोचेको भन्दा राम्रो सफलता पाईरहेकी छु । 
२०७३ साल भदौमा पहिलो पटक मञ्चन गरिएको “जूनकिरी”ले २६ औ पटक दर्शकको सामु प्रस्तुति पाईसकेको छु । आगामी दिनमा अन्य शहरहरुमा पनि प्रदर्शन गर्ने तयारीमा रहेको नानी वताउँछिन । 
“जूनकिरी”मा सुसुप्त मनोविज्ञान 
मानव जीवनको एउटा अविञ्छिन्न रुप नै सृष्टि हो,यो सृष्टिको लागि पुरुष भन्दा महिलाको महत्वपूर्ण भूमिका हुन्छ ,त्यही सृष्टिको रत्नको रुपमा महिलालाई प्रकृतिले अमूल्य उपहार दिएको छ । तर रापिलो र तापिलो संसारको सामु नारीको सृष्टि गर्न सक्ने क्षमतालाई किरा अझ भुसुनाको रुपमा लिने हाम्रो समाजको विम्व हो । जव नाटक हेर्दे गईन्छ या नाटकको विषय वस्तुलाई घोत्लिदै गईन्छ ,अनि त्यो विम्वले हाम्रो समाजलाई गिज्याईरहेको हुन्छ, कानूनको उपहास गरिरहेको हुन्छ । अनि त्यही समाजसँग लडदा लडदै त्यो नारी पाञ्चभौतिक जीवन लिला समाप्त पारेर यो धर्तीबाट सदाको लागि विदा भएर जान्छे । संक्षेपमा जूनकिरीमा नानीले यही पस्किन खोजेकी छिन् । 
नाटकमा जूनकिरी पात्रले जसरी आफूलाई एउटा सभ्रान्त तरिकाले जीवन यापन गरेर जीविका चलाएकी छे, ऊ यौनका प्यासीहरुको प्यास मेटाउनका लागि एउटा वस्तुको रुपमा तयार भएर खडा भएकी छ ।लेखक नानीले यसको विषय वस्तुलाई यसरी बुनेकी छिन की “जूनकिरी”को पात्र  वास्तविक जीवनमा भने उसका अध्याँरो पाटो यति धेरै हुन्छ की त्यसले उसलाई डिप्रेशनको शिकार वनाउँछ ।
नाटकको वीच भागमा कलाकारले काली माताको ध्यान गर्ने र त्यसकै आधारमा आफूलाई शक्तिशाली ठानेकी हुन्छे,तर मानवलाई भगवानले पनि साथ दिदैनन भन्ने जस्तै गरी उसको काली माताले पनि उसको समस्यालाई वरको सिन्को पर सार्न नसकेको अनुभूति हुन्छ । 
कालान्तरमा “जूनकिरी”ले आफूलाई समेत पत्ता नभएको बाबुको गर्भ धारणा गर्छे र अन्तिममा आफनो सृष्टि गर्न सक्ने क्षमताको आधारमा सृष्टिलाई निरन्तरता त दिन्छे, तर आफनो त्यो रगत मिसिएको मानवलाई हेर्ने, पालना पोषण गर्नु भन्दा अगावै ऊ मृत्युको मुखमा पुग्छे । यसैले नाटकले वियोगान्तकको कथालाई प्रस्तुत गरेको छ । 
अनि सम्वैधानिक व्यवस्था अनुसार आमाको नामवाट नागरिकता दिन अपिल गर्दे उसले वियोगमा पारेर दर्शकलाई धुरुधुरु रुवाउँछे । तर नेपालको परिवेशमा आमाको नामवाट नागरिकता दिने व्यवस्थालाई समेत नाटकले कानूनका पानामा कोरिएका शब्द भन्दा व्यवहारिक रुपमा अधिकार स्थापित हुनुपर्छ भन्ने सन्देश छोडन सफल भएको छ । 
नाटकको वहुआयमिक पाटोलाई कलाकार नानी आफनो अध्ययनका विषयले कथा बुन्न अझ सफल भएको वताउँछिन् । उनी भन्छिन –“दश वर्षको जीवन यात्रामा त्यो पात्रले भोगेका धेरै सामाजिक, मनोवैज्ञानिक ,आर्थिक र व्यवहारिक पाटोहरुलाई बुनेर दर्शकका सामु पस्किएको छु । ” 
करिव एक लाख दर्शक तथा पाठकहरुको माझमा जूनकिरीको धिपधिपे वाल्दै हिडेकी कलाकार थापा ग्लोव नेपालसँग भन्छिन –“ दर्शकहरुको प्रतिक्रिया र सुझावले मलाई उनीहरुको सामु प्रस्तुत हुन अझ हौसला मिलेको छ,तसर्थ म जीवन्त अभिनय गर्न प्रयासरत छु ।”

Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter