हतारमा किन हुदैछ पार्टी एकता ?

11 दिन अगाडी

प्रकाश गिरी/ अब वाम दुइ दल एमाले र माअाेवादी एक हुने उच्च विन्दुमा पुगेका छन।सरकार र पार्टीकाे अध्यक्ष समेत पालैपालाे गर्ने सम्मकाे सहमति दुइ अध्यक्षकाे विचमा भएपछि अब अन्य नेताकाे ब्यवस्थापन गर्न मात्र वाकी रहेकाे छ।एमालेमै रहेका तिन जना पुर्वप्रधानमन्त्रीकाे ब्यवस्थापन कसरी गर्ने भन्ने नया चुनाैती हाे।तर वान टु वान वार्ता र केही गाेप्य वार्ताले यस्ता कुरा टुंगाे लाग्ला भन्ने अनुमान गर्न सकिन्छ।किनभने अहिले एमालेमा पार्टी एकता अाेलीले भन्दा पनि माधव-झलनाथले चाहेर हुदैछ।अर्थात प्रचण्डलाइ पार्टीमा भित्रयाउन पाए अाेलाीलाइ ठिक लगाउन पाइन्थ्याे भन्ने साेचले नेपाल-खनाल भरिपुर्ण छन तर यसाेभन्दैमा उनीहरू दुवैजना पार्टीमा कुनै स्थान नभएपनि चुपचाप वस्नेछन,जाेगीभएर भन्ने चाहि हाेइन।यसमाथि पनि झलनाथ त राष्ट्रपति वन्न तयार छन भन्नुकाे मतलब उनी अब सक्रिय राजनीतिबाट टाढा हुन खाेज्दैछन भन्ने कुराकाे संकेत हाे तर माधव नेपाल अझै सक्रिय राजनीति गर्दैछन र उनी सन्यासकाे साेचमा पनि छैनन।उनलाइ कसरी ब्यवस्थापन गर्ने ? माधव नेपाल जस्तै अब अध्यक्ष हुने तयारीमा लागेकाे हालका महासचिव इश्वर पाेखरेलकाे ब्यवस्थापन कसरी गर्ने ? अाेलीकाे लागि याे चुनाैतीकाे विषय हाे । याे कुरा त समयले निचाेड निकाल्दै जाल तर सरकार वनेपछि मात्र पार्टी एकता भन्दै अाएका एमाले नेताहरू नै अहिले अचानक पार्टी एकताकाे लागि कसरी तयार भए त ? यसकाे पछाडिकाे कारण के हाे त ? 

सरकार वन्नु अघि नै पार्टी एकता हुनुपर्ने माअाेवादी अध्यक्ष केपी अाेलीकाे निरन्तरकाे भनाइ थियाे।उनकाे याे भनाइ विस्तारै अडानमा परिणत भयाे।जब अाफना मनका कुरा उकुसमुकसु हुन्थ्याे तब प्रचण्ड गिरिजाप्रसाद काेइरालाकाे सिकाे गर्दै गृहजिल्ला जाने र अाफनाे मनकाे कुरा मिडियामा राख्ने गर्न थाले ।चुनाव लगत्तै पार्टी एकता गर्ने भनेर चर्चा चलिरहदा माअाेवादी अध्यक्ष पाच दिनसम्म चितवनबाट काठमाण्डाैं नै अाएनन।उनी भैरहवाबाट विमान उडेन भनेर चितवन अाएर बसे।तर उनकाे ब्यग्र प्रतीक्षा गरेर बसे,एमाले अध्यक्ष केपी अाेली।चितवनबाट काठमाण्डाैं अाएपछि पनि उनकाे अाेलीसंग छिटै भेट भएन।अर्थात,प्रचण्डले यसविचमा पार्टी एक्ता गर्दा र नगर्दाकाे नाफा घाटा राम्राेसंग मुल्यांकन गरेर बसेका बुझन कठिन थिएन।

यसै साता माअाेवादी अध्यक्ष प्रचण्डले चितवन पुगेर अचानक कडा वाक्य बाेले । उनले फडकाे मार्न सक्ने कुरा खुलेयाम बताए।उनले यसाे भन्नुकाे मुल कारण छिटाे अर्थात सरकार वन्नु अघि नै कुन कुन पद बाडफाड गर्ने हाे भने छिटै गराैं नत्र म कांग्रेसतिर जान नि सक्छु भन्ने नै हाे।प्रचण्ड वाम गठनवन्धन ताेडेर कांग्रेसतिर जालान नजालान अलग कुरा हाे तर यसले बन्न लागेकाे वाम एकता ताेडिने र यसमा अाेलीकाे जवरजस्त भुमिका रहने देखियाे।चुनाव जिताएर वाहवाही कमाएका अाेलीकाे लागि वन्न लागेकाे वाम गठवन्धन टुटाउनु वा वन्न नदिनु हानिकारक नै हुने थियाे।यसैकारण प्रचण्डकाे धम्कीले यहानिर काम गरयाे।अर्थात सरकार वन्नु अघि नै पार्टी एकता र यसकाे लागि अावश्यक सवै काम गर्ने सहमति हतारमा जुटाइयाे।यसाे नगर्दा प्रचण्ड भडकिने डर अाेलीलाइ भयाे।अब उनीहरू विच अालाेपालाे गर्ने सहमति भएकाे छ।

प्रश्न त फेरि पनि उठेकाे छ-के चुनावले अालाेपालाे गरेर सरकार चलाउने म्यान्डेट दिएकाे छ ? यदि छैन भने अालाेपालाे किन ? अनि,अालाेपालाे सहमति अनुसार,अाेलीले ३ बर्षपछि प्रचण्डलाइ सरकार सुम्पलान ? वाम गठवन्धन गरेर अालाेपालाे सरकार चलाउदा त सरकार छाडन नमानेका अाेलीले एउटै पार्प्रटीमा अाइसकेका चण्डलाइ सरक्क प्रधानमन्त्री देलान ? यहि अाशंकापछि प्रचण्डले वुधवार साझ लिखित प्रतिवद्धता मागेका छन । अब के हाेला ? 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter