हयारीको समर्थनमा विशेष कार्यक्रम

12 दिन अगाडी

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट प्राईमेरीमा उमेदवार वन्नुभएका नेपाली मूलका हयारी भण्डारीलाई मेरिल्याण्ड राज्यमा डेमोक्रयाट पार्टीका सिनेटरका उमेदवार क्याथी क्लास्मिर लगायतको टिमले समर्थन र ईण्डोर्स गरेको छ । शनिवार मेरिल्याण्डमा आयोजित फण्डरेजिङ्ग कार्यक्रमलाई सम्बोधन गर्दे क्लास्मिरले भन्नुभयो उहाँको क्षमताको कारणले एशियन अमेरिकनको तर्फवाट यस पटक भण्डारी यो टीममा पर्न सफल हुनुभएको  छ । समारोहलाई सम्बोधन गर्दे क्लास्मिरले अगाडि भन्नुभयो हयारी एउटा सपना वोकेर अमेरिका आउनु भएको आप्रवासीको प्रतिनिधीत्व गर्ने व्यक्तित्व मात्रै होईन यो क्षेत्रको समग्र विकासको लागि समेत उहाँको सहभागीता महत्वपूर्ण हुने विश्वास रहेको छ । 


डेमोक्रयाट पार्टीको तर्फवाट एरिक व्रमहवेल,कार्ल ज्याक्सन र हयारी भण्डारी यो टीममा प्रतिनिधी सभा सदस्यको लागि डिष्ट्रिक ८ वाट उमदेवार वनेका छन् । स्मरणीय २०१४ को प्राईमेरी चुनावमा एरिक व्रम्हवल कै टिमसँग केही मत अन्तरले हयारीले पराजय भोग्नु परेको थियो ।  
चार वर्ष अगाडि सम्म कुनै पनि चिनजान र परिचय नभएको व्यक्तित्व अहिले डेमोक्रयाट पार्टीको तर्फवाट हामीलाई हयारीले यो ठाउँमा ल्याउनु भएको छ,यो अमेरिकन नेपालीको लागि एउटा सुखद अनुभूति हो । उहाँले हयारीले कतिपय विषयवस्तुलाई वाहिर ल्याएर समुदायको लागि बृत्तहर एकताको सन्देश दिनुभएको छ भन्नुहुँदै – मलाई उहाँलाई ईण्डोर्स गर्न पाउनुको क्षण सुखद लागेको  । उहाँले  यस्ता असल र योग्य व्यक्तिलाई हामीहरुले पाएका छौं । मलाई विश्वास छ, उनले प्राईमेरी मात्र होईन जनरल ईलेक्सन नै जित्नु हुनेछ । 
कार्यक्रममा मेरिल्याण्डका डेलिगेटस इरिक व्रमवेल , डेमोक्रयाट पार्टीका डेलिगेटस उमेदवार कार्ल ज्याक्सन लगायतको उपस्थिति रहेको थियो ।  हिल्टन गार्डेन होटेलमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता डा.श्याम कार्की,अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत लगायतको सहभागितामा भएको कार्यक्रमको सञ्चालन युएन युथको चेयर विमन जोली अमात्यले गर्नु भएको थियो । 
डिष्ट्रिक ८ अन्र्तगतको क्षेत्रमा ७० देखि ८० प्रतिशत श्वेत व्यक्तित्वहरुको वसोवास भएको स्थानमा एशियन अमेरिकीको मूलको व्यक्तिको सहभागिालाई डेमोक्रयाट पार्टी भित्र समेत महत्व दिइएको छ । 
स्मरणीय , डिष्ट्रिक  कन्जरभेटिभ डेमोक्रयाटहरुको वाहुल्यता रहेको स्थान हो, गत वर्ष नोभेम्वरमा भएको राष्ट्रपतिय निर्वाचनमा उक्त स्थानमा हिलारी क्लिन्टन विजयी भएकी थिईन् । 
भण्डारीले हालै मात्र वाल्टिमोर काउन्टीको तर्फवाट दिइएको महत्वपूर्ण एशियन अमेरिकन अवार्ड समेत प्राप्त गर्नुभएकाले भण्डारीलाई डेमोक्रयाट पार्टी भित्र पनि एक संभावना वोकेको व्यक्तिको रुपमा लिइएको छ । कार्यक्रममा नेपाली मूलका हयारी भण्डारीको सहयोगका लागि नेपाली अमेरिकनहरुको उपस्थिति रहेको थियो । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com