हाम्रो नजर कास्कीमा छ है

9 दिन अगाडी

पोखरा, कात्तिक २१ ।   मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नम्वर २ मा उप निर्वाचन हुँदैछ । प्रतिनिधि सभाका लागि उप निर्वाचन हुने एक मात्र क्षेत्र भएकोले पनि हुनसक्छ अहिले देशैभर यो चुनावले चर्चा पाएको छ । यद्यपि न त यसले वर्तमान दुई तिहाई सरकारलाई केही असर पुर्याउन सक्छ न त प्रतिपक्षी कांग्रेसलाई नै केही राहत दिन सक्छ । तर पनि सरकारको लोकप्रियता कति छ र जनताले कम्युनिष्ट सरकारलाई कसरी मूल्यांकन गरेका छन् भन्ने जनमत बुझ्न चाहिं यो उप निर्वाचन एउटा माध्यम हुन सक्छ । यस अर्थमा नेकपा र नेपाली कांग्रेस दुवै दलले यो निर्वाचनलाई आ आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
नेकपाले उम्मेदवारको रुपमा दिवंगत नेता रबीन्द्र अधिकारीकी धर्मपत्नीलाई अगाडी सारेको छ भने कांग्रेसले पुराना र त्यागी नेता भनेर सम्मानित खेमराज पौडेललाई प्रतिष्पर्धामा उतारेको छ ।
सबै उम्मेदवारले बिहीबार बिहान उमेदवारी दर्ता गराई सकेका छन् । उमेदवारी दर्तापछि कांग्रेस क्षेत्रीय समितिले चुनावी सभाको आयोजना गरेको थियो । सभाका प्रमुख वक्ता थिए नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि । निधि आफैं पौडेललाई टिकट वितरण गर्ने समितिका सदस्य समेत हुन् ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता निधिले पार्टीले पौडेललाई टिकट दिएसंगै गुट,उपगुटको अन्त्य गरेको भन्दै अब यो चुनावमा पौडेललाई बिजयी गराएर तल्लो तहबाट समेत गुट,उपगुट अन्त्य भएको उदाहरण पेश गर्नुपर्ने जिम्मेवारी आएको बताए ।'पौडेलजीलाई टिकट दिएर पार्टीले राम्रो र विवेकसम्मत निर्णय गरेको छ भनेर धेरैले भन्नु भएको छ,अब उहाँलाई जिताएर हामीले गुट,उपगुट अन्त्य गरेको संदेश दिनुपरेको छ र त्यो जिम्मेवारी तमाम कास्कीका नेता एवं कार्यकर्ता साथीहरुको काँधमा आएको छ;निधिले भने ।
उनले चुनाव जितिन्छ भन्ने सन्देश लिएर काठमाडौं जाने बताए । “म सबै पदाधिकारी नेता साथीहरुलाई राम्रो सन्देश दिन चाहान्छु । १४ गतेको चुनावमा नेपाली कांग्रेस रुख छापले अवश्य पनि विजय हुन्छ भन्ने सन्देश लिएर जान चाहान्छु ।”
चुनाव जित्नको लागि उनले पार्टी केन्द्रीय समितिकातर्फबाट स्थानीय नेता कार्यकर्ताहरुलाई खट्न आह्वान पनि गरे । 'सबै एकजुट भएर लाग्नुहोस,अबको जिम्मेवारी तपाईको काँधमा छ, आजैदेखि लाग्नुुस् कांग्रेसले जित्नैपर्छ' उनको आग्रह थियो ।' सबै देशवासीले कास्की हेरिरहेका छन्, सबैले यसपाली यो आशा गरेका छन्, हामीले पनि अब यो विशाल सभा, कास्कीको प्रतिबद्धताबाट, विश्वासपूर्वक सन्देश लिएर जान चाहान्छु,” उनले भने ।
उम्मेदवार खेमराज पौडेलले कांग्रेसले मुलुकको विकासका लागि गरेको योगदान नै आफ्नो जित्ने मुख्य आधार रहेको बताए। जिल्ला समितिको चुनावी रणनीति अनुसार आफू अगाडि बढ्ने भन्दै उनले आफू विजयी हुनकै लागि उम्मेदवारी दर्ता गरेको बताए।
सभालाई पूर्वमन्त्री यज्ञबहादुर थापा, केन्द्रीय सदस्य गोविन्द परियार, आमन्त्रित केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमार खड्का, विन्दुकुमार थापा, शुक्रराज शर्मा, पूर्वसभामुख तारानाथ रानाभाट, जिल्ला सभापति कृष्ण केसी,महादेव गुरुङ, २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका उम्मेदवार देवराज चालिसे लगायतले सम्बोधन गरेका थिए ।
सभा अघि बाजागाजासहितको जुलुस मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिएको थियो। ७४ वर्षे पौडेलको प्रस्तावकमा शोभियतबहादुर अधिकारी र समर्थकमा देवराज चालिसे छन्।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter