हिन्दीको आतंक फैलाएर अरु भाषा मेटाउन खोजियो

तपाईहरु प्रदेश नम्बर पाँच छुट्टयाउनै पर्छ भन्ने, टोपबहादुर रायमाझी छुट्टयाउनै हुन्न भन्ने, यो मिलेमतोमा त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेको हो ? 
– त्यस्ता होइन । मुलुक संघीयतामा गइसकेको छ । कांग्रेस एमाले र माओवादी मिलेर संविधान जारी भयो । तर मधेसी, आदिवासी, जनजातिले चित्त बुझाएनन् । यसो हुँदा उनीहरुको माग सम्बोधन गर्न आवश्यक थियो । उनीहरुको समेत माग सम्बोधनका लागि यो कदम चालेका हौं हामीले । सरकारले यहि भएर संविधान संशोधनको यस्तो प्रस्ताव हो । यो संशोधन प्रस्तावले मुलुकलाई जोड्छ । टुटेको मनोविज्ञानलाई जोड्छ । यसकारण संशोधनको प्रस्ताव आएको हो । 

अरुको मनोविज्ञान त जोडिन्छ कि जोडिन्न थाहा छैन तर माओवादी भित्रको मनोविज्ञान चाहिँ तोडियो होइन ? 
–तपाईले टोपबहादुरजीको प्रशंग झिक्नु भएको होला । टोपबहादुरजीले प्रदेश नम्बर ५ टुक्रा पार्न हुन्न भन्नुभएको थियो । म त्यो प्रदेशको इन्चार्ज हो । मैले सबै साथीहरुसँग सल्लाह गरेर हुन्छ भनेको हो । तर टोपबहादुरजीले पहिलेदेखि नै राख्दै आउनु भएको हुन्न भन्ने धारणा अहिले सार्वजनिक गरिदिनु भयो । विमतीहरु पार्टी भित्रै राख्नु पर्छ भन्ने मेरो मान्यता थियो । पार्टीको मान्यता पनि हो । तर उहाँ सहमत हुनु भएको छैन । 

तपाईले त्यसो भने पनि टोपबहादुरजीले भन्नु भयो कि यो पार्टीको निर्णय होइन सिंहदरबारमा बस्ने मन्त्रीहरुको निर्णय हो । कुरा के हो ? 
– यो विषय पार्टीको पोलिटब्यूरो, हेडक्वाटरमा सल्लाह भएको कुरा हो । संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाको चित्त बुझाउनु पर्ने बाध्यता, त्यसका लागि सीमांकन फेरबदल गर्नुपर्ने आदि आवश्यकता थियो । त्यही भएर पाँच नम्बर प्रदेशका नेताहरुलाई नै अप्ठ्यारो पर्ने निर्णयमा पनि जानु पर्छ भन्ने हामीले भनेका थियौं । संविधान संशोधनका लागि केही कठोर निर्णय लिनु पर्छ भनेका पनि हौं । तर टोपबहादुरजी जस्तो वरिष्ठ नेताले बाहिर भाषण गर्दै हिँड्नु भयो त्यो गलत भयो । उहाँ अलिकति चुक्नु भएको हो । 

नेकपा माओवादी केन्द्रमा यसरी चुक्नलाई स्वतन्त्रता छ कि छैन ? 
– हरेक पार्टीहरुमा अनुशान र मर्यादा हुन्छ । हाम्रोमा पनि छ । तर हामी अब पहिलेको जस्तो राजनीतिमा छैनौं । खुला राजनीतिमा आएपछि नेतालाई कारबाही गर्ने र पुरस्कृत गर्ने भन्ने जनताले नै गर्दा रहेछन् । जनताको नजरमा जस्तो इमेज बन्छ त्यही कारबाही र त्यही पुरस्कार हुन्छ । 

तपाईले अघि संविधान संशोधन राष्ट्रिय आवश्यकताले ल्याएको भन्नुभयो, तर मानिसहरुले त दक्षिणको आवश्यकताले ल्याएको भनिरहेका छन् नी ? 
– अहिले हामी सबै कुरालाई राष्ट्रियता  र राष्ट्रवादको कुरा उठेको छ । तर राष्ट्रियताको ठूलो हिमायती नेकपा माओवादी केन्द्र हो । कुनै बेला हामीले सुरुङ युद्ध गर्ने चेतावनी पनि दिएका थियौं । तर मूल कुरा भनेको आन्तरिक एकता ठूलो कुरा हो । हामीले आन्तरिक राष्ट्रियता बलियो पार्नका लागि संशोधन प्रस्ताव ल्याएका हौं । अरु कसैलाई खुसी पार्न होइन । 

आन्तरिक राष्ट्रियताको कुरा गर्नुहुन्छ, पाँच नम्बर प्रदेशमा मानव शागर उर्लिएको छ, प्रस्तावको विरोधमा यसै गरी हुने हो आन्तरिक राष्ट्रियता बलियो ?
– मधेस विमतीमा थियो । ५४ लाख जनता ८ जिल्लामा बस्छन प्रदेश २ मा । एमालेका वरिष्ठ नेता त्यही जिल्लाबाट छन् । कुनै पनि जिल्लामा स्थानीय तह पुनसंरचनाको काम हुन सकेको छैन । तराई मधेसमा कांग्रेसको ५० सिट, एमालेको ४० सिट, माओवादीको १२ सिट र मधेसी दलको ११ सिट छ । तर कुनै पनि जिल्लामा किन स्थानीय तह पुनर्संरचना हुन सकने ? किनभने त्यहाँ आक्रोश छ । त्यहाँका जनतालाई भावनात्मक रुपले मूल प्रवाहमा ल्याउन आवश्यक छ । 
अहिले हामीले गरेको प्रस्ताव त पहिले नेपाली कांग्रेस र एमालले गरेको प्रस्ताव नै हो । त्यो बेला सहमति हुन नसक्दा अहिलेको संरचना बनेको हो । अहिले अब संरचना अलिकति फेरौं न त भन्दा हामी राष्ट्रघाती हुने, पहिले आफैले ल्याएको प्रस्ताव राष्ट्रवादी हुने भनेर एमालेले जुन प्रचार गरिरहेको छ त्यो मिथ्या हो । 

अहिले तपाईहरुले थारुहरुको क्लस्टर भनेर बर्दियादेखि नवलपरासीसम्मको प्रदेश बनाउन खोज्नु भएको छ त्यसले कसैलाई पनि जोड्दैन सबैलाई तोड्छ जस्तो भएको छ । किनभने थारुको मूल बसोबासको थलो कैलालीलाई त समेट्नु नै भएको छैन । किन ? 
पहिले थारु समुदाय त्यहाँ लार्जेस्ट थिएन । अहिले २१ प्रतिशत प्लस संख्या भएको छ । 
तर बाहुन क्षेत्रीको त्यो भन्दा बेसी छ नी ? 
– हो त्यसरी बाहुन क्षेत्रीलाई एक ठाउँमा राख्दा खसहरुको संख्या बढी हुन्छ । हिजो पनि बढी थियो । आज पनि बढी छ । उता चार नम्बर प्रदेशमा मगरहरु २३ प्रतिशत थिए । आज पाँच नम्बरको बाँकी पहाडी जिल्ला जोडेपछि ४६ प्रतिशत पुगेको छ । 
तपाईले जे  भने पनि थारु त फेरि पनि आन्दोलनमा जान लागेको छ त ? मधेसी मोर्चा पनि खुसी भएनन, खस आर्य आन्दोलनमै छन् । त दिल्लीले त खुसी प्रकट गर्यो । अब भन्नुस यो संशोधन भारतको कसरी भएन ? 
– यदि दिल्ली कनेक्सन भएको भए त मधेसी सन्तुष्ट हुनु पर्ने हो नी त । मधेसी खुसी भएनन भन्नुको मतलव यो भारतको होइन भन्ने हो । यो विश्लेषण पूर्वाग्रहपूर्ण छ । दुराशयपूर्ण छ । मधेसीलाई नेपाली नमान्ने, थारुलाई नेपाली नमान्ने सोचबाट प्रेरित छ । 
तपाईको प्रस्तावले कसै न कसैलाई त खुसी बनाउनु पर्ने होइन र ? 
– हाम्रो प्रस्तावमा सबै खुसी छन् । मधेसी, थारु खुसी छन् । मधेसका पार्टी र तिनका नेता खुसी हुन नसकेका हुन् । उहाँहरुले आफ्नो शक्तिभन्दा धेरै लिन खोज्नु भएको छ । हैसियतभन्दा बढी माग गरेकोले कुरा नमिलेको हो । मधेशमा कांग्रेस छ, एमाले छ, माओवादी छ अनि मधेसी पार्टी छ । उहाँहरु मधेसमा आफूबाहेक अरु कोही छैन भन्ने ठान्नु हुन्छ । उहाँहरुका सबै माग पूरा हुँदैनन् । जति पाउनु हुन्छ, चित्त बुझाएर आउनुमा नै भलाई छ । 

प्रस्ताव फिर्ता हुन्छ कि हुन्न ? 
प्रस्ताव फिर्ता हुने कुनै सम्भावना छैन । प्रधानमन्त्रीले पनि भनिसक्नु भएको छ । यो राष्ट्रिय आवश्यकताले ल्याइएको हो । हामी एमालेलाई पनि सहमतिमा ल्याउनेछौं । 
यो संशोधन प्रस्तावको मूल आशय चाहिँ हिन्दीलाई राष्ट्रिय भाषा बनाउने हो भन्ने गरिन्छ नी ? 
गलत कुरा हो । नेपालमा बोलिने सबै मातृ भाषालाई अनुसूचीमा राख्ने भन्ने कुरा पहिलेको संविधानमा पनि थियो । त्यो कुरामा एमाले किन सहमत नभएको हो बुझ्न सकिएको छैन । एमालेले यो विषयमा राजनीति बेइमानी गरेको हो । कुन  कुन भाषा नेपालका हुन भन्ने कुरा भाषा आयोगले टुंग्याउने भनेको छ । यसमा राष्ट्रियता कताबाट धरमर हुन्छ ? 
 हिन्दीलाई संविधानमा घुसाउन खोज्नु भएको हो कि होइन ? 
– कसरी हिन्दीलाई संविधानमा घुसाउन मिल्छ ? किन मिल्छ । राजा महेन्द्रले एक भाषा एक भेषको मन्डले राष्ट्रवाद लादे जस्तो हिन्दीको आतंक मच्चाएर अरु भाषालाई थिच्ने सोच छ । नेपाल सबै जाति जातिको हो । यसकारण यस्ता विषयमा विवाद गर्नु हुदैन । 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter