ह्युस्टनमा नेपाली मन्दिर तथा सामुदायीक केन्द्रको स्थापना

2 महिना अगाडी

ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ ।  सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । 
ह्युस्टन समुदायका ३ सय ८ परिवारबाट मन्दिर खरिदका लागी झण्डै साढे ३ करोड नेपाली रुपैंया बराबरको धनराशी चन्दा स्वरूप संकलन गरिएको थियो । उक्त मन्दिरमा एक सानो शिव मन्दिरका साथसाथै ४ हजार स्क्वायर फिटको सामुदायीक भबन पनि अबस्थित छ । उद्घाटन सत्रमा मन्दिरका भाबी योजनाका बारेमा जानकारी दिंदै नेपाली समाज ह्युस्टनका अध्यक्ष ज्योती घिमिरेले निकट भबिश्यमा नै मन्दिर परिसरमा बालबालिकाहरुका लागी खेल्ने क्षेत्र फुटबल मैदान र व्यवस्थित खुल्ला गृह बनाउने लक्ष रहेको बताए ।” हाम्रा बालबालिकाहरुले आफ्नो पहिचान प्राप्त गरुन भनेर बिगत लामो समयदेखी नेपाली समुदायले गरेको अथक प्रयास सफल हुनु हामी सम्पुर्ण ह्युस्टनवासी नेपालीहरुका लागी गर्वको बिषय हो “घिमिरेले भने । 
एनआरएन अमेरिकाका  अध्यक्ष डा।केशव पौडेलले उक्त मन्दिरको लागि ५ हजार डलर दिने प्रतिबद्धता व्यक्त गरेका छन । यसैगरी एनआरएन अमेरिकाका उपाध्यक्ष शुनिल साहले व्यक्तिगत एक हजार डलर दिने प्रतिबद्धता व्यक्त गरेका थिए । झण्डै १७ वर्ष अघि सन २००० मा औपचारीक रुपमा स्थापना भएको नेपाली समाज ह्युस्टनको लामो प्रयास पछि आफ्नै मन्दिर सहितको सामुदायीक भवन स्थापनाले संस्थाका संस्थापक, स्थानीय समाजसेवी तथा समग्र ह्युस्टनको नेपाली समुदाय अत्यन्त खुसी भएको छ । संस्थाका संस्थापक अध्यक्ष रनिन्द्र श्रेष्ठले आजको दिन आफ्ना लागी अत्यन्त हर्षको दिन भएको बताउंदै ह्युस्टन नेपाली समुदायको चाहनालाई बर्तमान नेतृत्वले जिबन्तजिवन्त बनाएकोमा धन्यवाद ज्ञापन गरे । स्थानीय समाजसेवी तथा बरिष्ठ पत्रकार तारा बरालले नेपाली धर्म संस्कृति र भाषाको जगेर्नाका लागी समुदायको यो प्रयास अत्यन्त प्रशंसायोग्य भएको प्रतिक्रिया दिए । आफ्नै पशुपतिनाथ मन्दिर र सामुदायीक केन्द्र हुनुको गर्बमा ह्युस्टनवासीहरु रमाइरहेको प्रतिक्रिया पत्रकार बिटु केसी ले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिन् ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter