३२ जिल्लाका कांग्रेसका कमाण्डर

7 दिन अगाडी

काठमाडौँ,कात्तिक २७ /आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । १४ दिन पछि हुन लागेको पहिलो चरणको निर्वाचन विभिन्न ३२ जिल्लामा हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरे अनुसार उनीहरुलाई जिम्मेवारी दिइएको हो । कांग्रेसले खटाएको प्रतिनित्रीहरुमा सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा वेनुपराज प्रसाईँ, खोटाङमा रमा पौडेल रहेका छन् । यसैगरी नुवाकोटमा प्रा वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाउने निर्णय गरेको छ। 


त्यस्तै, काँग्रेसले धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुषाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा हिमलाल घिमिरे, लमजुङमा धनबहादुर मास्की राना, गोरखामा भेषराज दुवाडी, रूकुम (पूर्वी)मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम)मा गेहेन्द्र गिरीलाई खटाएको छ । यसैगरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालीकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर तथा बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाउने निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter