५० अर्व सहयोगमा हस्ताक्षर
अमेरिकी सरकारद्वारा नेपाललाई हालसम्मकै सबैभन्दा बढी अनुदान सहयोग

1 महिना अगाडी

वासिङ्गटन डिसी,सेप्टेम्वर १४/ अमेरिकी सरकारले नेपालको आर्थिक,सामाजिक विकास तथा गरिवी न्यूनीकरणको लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रम अन्र्तगतको सम्झौतामा विहीवार महत्वपूर्ण हस्ताक्षर भएको छ ।  वासिङ्गटन डिसीमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा अमेरिकी उप विदेश मन्त्री जोन जे सुलिभानको उपस्थितिमा अमेरिकी सरकारको तर्फवाट एमसिसि च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फवाट अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले हस्ताक्षर गर्नुभयो । अमेरिकी सरकारले एमसिसि च्यालेन्ज अन्र्तगत ५० करोड डलरको सहयोग गरेको छ । उक्त सहयोग नेपालको विद्युत विकासको महत्वपूर्ण कडी मानिएको ट्रान्समिशन लाईन निर्माण र सडकको स्तरोन्नतिको लागि सहयोग गरिनेछ । 


कार्यक्रममा एमसिसिका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नासाले एमसिसि च्यालेन्जको माध्यमवाट विभिन्न क्षेत्रमा सहयोग गरिएको चर्चा गर्दे दक्षिण एशियाली देशहरु मध्ये नेपालको गरिवी निवारणको लागि यो रकम सहयोग गरिएको वताउनु भयो । उहाँले भन्नुभयो –मलाई विश्वास छ, यसलाई तोकिएको समयमा सम्पन्न गर्न नेपाल सरकारले महत्वपूर्ण भूमिका खेल्नेछ । 
स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित भव्य समारोहमा सम्पन्न हस्ताक्षर कार्यक्रमलाई अर्थमन्त्री कार्की, अमेरिकी उपविदेश मन्त्री जोन जे सुलिभान ,एमसिसिका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासाले सम्बोधन गर्नु भएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकी उपविदेश मन्त्री जोन जे  सुलिभानले नेपालको आर्थिक विकासको माध्यमवाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुरयाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – अमेरिका र नेपालवीच द्धिपक्षीय सम्बन्धमा यसले मजवुत सहकार्यको सन्देश दिन सफल भएको छ । साथै यसले नेपालको आर्थिक वृद्धिमा र संस्थागत संरचनाको मजवुत आधारशीला निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।
कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले नेपाल अमेरिकाको सम्वन्धमा यसले नयाँ आयाम थपेको वताउनु भयो । कार्कीले भन्नुभयो –नेपाल अमेरिकाको दौत्य सम्वन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा  यो सम्झौता एउटा कोसे ढुंगा सावित भएको छ । यसलाई मैले ऐतिहासिक क्षणको रुपमा लिएको छु ।  
उहाँले नेपालको प्रजातान्त्रिक प्रक्रियामा विस्तारै संस्थागत विकास हुँदै गएको अवस्थामा यो सहयोगलाई पूर्ण प्रतिवद्धताका साथ कार्यान्वयनमा लैजान सरकार कटिवद्ध रहेको वताउनुभयो । 


साथै अमेरिकी सरकारले नेपालको दिगो विकास र गरिवी निवारणमा गर्दे आएको सहयोगको लागि नेपाल सरकारको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्दे मन्त्री कार्कीले समाजिक आर्थिक रुपान्तरणमा एमसिसि च्यालेन्जको सहयोग महत्वपूर्ण भएको वताउनु भयो । 
डिसि स्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत एलिना वी टेप्लीज, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन वहादुर कार्की,न्यूयोर्कका लागि कन्सुलेट जनरल मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, एमसिसि च्यालेन्जका नेपाल प्रतिनिधी हिमेश ढुङ्गेल,स्टेट डिपार्टमेन्टका अधिकारीहरु ,जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेल, लगायत उपस्थिति हुनुभएको थियो । कार्यक्रममा नेपाली मूलका सञ्चारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत नेपाली दूतावासका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 




Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter