‘बिपी साहित्य सम्मान’ सुवेदीलाई

2 महिना अगाडी

काठमाडौँ, १२ भदौ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा रु एक लाख एक हजार राशिको बिपी साहित्य सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य सर्वश्री बलदेव शर्मा मजगैया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट सो निर्णय गरिएको हो । 

त्यसरी नै ट्रष्टले प्रदान गर्ने यसवर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । दुवै पुरस्कार यही भदौ २४ गते बिपी जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदान गरिने ट्रस्टले जनाएको छ । रासस 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter