‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा

2 महिना अगाडी

काठमाडौँ,कात्तिक ३० /लेखक अनल गौतमको चौथो कृति ‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा आएको छ । युवावस्थामा नारी–पुरुषको मनोवैज्ञानिकलाई चित्रण गरिएको उक्त उपन्यासमा एक अर्काप्रतिको समर्पणका साथै धैर्य, संयम र संकल्पप्रतिको विश्वासलाई देखाउन खोजिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले पुस्तकको बुधबार विमोचन गर्दै माया तथा प्रेमको माध्यमबाट प्राप्त हुने सन्तोष धन, सम्पत्ति वा कुनै पनि विषयवस्तुसँग दाँज्न नसकिने सन्देश पुस्तकमा पाइने बताउनुभयो । प्रा डा .कृष्णप्रसाद दाहालले डायरी साइजमा ल्याइएको सो उपन्यासमा पाश्चात्य मुलुकमा विकास भएको सम्पन्नताको नाममा हुने सम्बन्ध र विच्छेद भन्दा फरक सन्देश नेपाली समाजको मौलिकताका रुपमा देखाउन खोजिएको छ, भन्नुभयो । 

लेखक गौतमले आधुनिक समाजमा बढ्दै गएको व्यस्तताका बीच पुस्तकमा भएका पात्र (युवा र युवती) मन मिलेपछि निरन्तर २५ दिनसम्मको भेटघाटबाट उनीहरु वैवाहिक जीवनमा प्रवेश गर्न सफल भएको कथालाई उपन्यासका रुपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उक्त कृतिबाट आउने रोयल्टी रकममध्ये रु ५० हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराइने जानकारी दिइएको थियो ।फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दुःख पीडाले भरिएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशका विकट स्थानमा आफ्नो संस्थाद्वारा बस्ती निर्माणका कार्य भइरहेको जानकारी गराउनुभयो । रासस


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter