अहिलेसम्म एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी घोषणा

अहिलेसम्म एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी घोषणा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य लाेकतान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताइन् । विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

तीन उम्मेदवारमा तुलनात्मक रुपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन् ।