अेालीले प्रचण्डलाइ भने-तपाइले पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १३ गते । नेकपा सचिवालय वैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी अेालीले गम्भीर संकटकाे संकेत गरेका छन।पार्टी सचिवालय वैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले राखेकाे १९ पेजकाे प्रस्तावकाे उत्तर उनले ३८ पेज लामाे दिएका छन। यति लामाे प्रस्तावकाे सुरूवातमा नै उनले भनेका छन-यही २०७७÷०७÷२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा

अध्यक्ष कमरेड पुष्पकमल दहाल प्रचण्ड’ले वितरण गर्नुभएको । प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सब्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासैमहत्व नदिँदा पनि हुने थियो। तर त्यसमा उठाइएका संगीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन,देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु । सुरुमा मैले कमरेड प्रचण्ड’ का आरोपको बुँदागत चिरफार गर्नेछु, अनि अन्त्यमा पुनः सचिवालय बैठक समक्ष आफ्ना भनाइ राख्ने छु ।

वैठककाे सुरूवातमा नै उनले यसरी कुराकानी प्रारम्भ गरेका थिए। विगत ५ दिन देखि अध्यक्ष दाहालसंग वेालचाल र भेटघाट नै वन्द गरेका अेालीले यति भनेपछि फायर खाेले ।उनले लगत्तै भने-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल, २०७७’ द्वारा प्रस्तुत प्रतिवेदनमा स्पष्ट रुपमा ।।।पार्टी विधान बमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श एवं सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी,पोलिटब्युरो र तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गर्ने’ निष्कर्ष निकालिएको छ । अन्तरपार्टी निर्देशन– ५ को ३.१ मा अध्यक्षद्वयको परामर्शमा महसचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गर्ने’ व्यवस्था गरिएको छ । एकीकरणको साढे दुई वर्षको बीचमा हामीले यही अभ्यास गर्दै आएका छौं । तर कमरेड ।।।प्रचण्ड।।।, तपाईंको ।।।प्रस्ताव’ विधानको यस स्पष्ट व्यवस्थाका विपरीत पार्टी अध्यक्ष या महासचिवसँग सहमति त परै छाडौँ, परामर्श र पूर्व जानकारी गराउनेसामान्य शिष्टाचारसम्म नराखी वितरित भएको छ । तसर्थ यो ।।।प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो । यो प्रथम दृष्टिमै खारेज योग्य छ । पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु ।

अध्यक्ष अेालीले यति मात्र हाेइन,अर्काे वुदामा त झन गम्भीर अभियाेग दाहाललाइ लगाएका छन।उनले प्रचण्डकाे प्रस्तावले पार्टी विभाजनकाे विउ राेपेकाे वताइदिएका छन। उनले भनेका छन- तपाइंको यो प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ । पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सब्कल्पका विपरीत,पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पब्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीतको यस ।।।प्रस्ताव’ले देशैभरि चिन्ता फैलाइदिएको छ । राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन्। तपाईँकोझुठोआरोप– पत्र हात–हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नु भएको होला ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com