काठमाण्डाैं,मंसिर १६ गते । नेपालकाे सवैभन्दा जेठाे विश्वविधालय त्रिभुवन विश्वविधालय हाे । यहि विश्विविधालयमा उच्च शिक्षा दिने गरिन्छ।तर,काेभिडकाे असर देखा परे यता नेपालकाे विश्विधालयकाे पठनपाठन वन्द रहेकाे थियाे। विधार्थीकाे सहजताकाे लागि विश्वविधालयले इक्लास लिने गरेकाे थियाे।
तर,मंगलवार त्रिभुवन विश्वविधालयले नयाँ सुचना जारी गरि अव प्रत्यक्ष कक्षा सञ्चालन गर्ने भनेकाे छ।विश्विविधालयकाे याे सुचना विधार्थी देखि शिक्षकसम्मकाे लागि हाे।
तर,यहाँ चर्चा गर्न लागेकाे विषय भने विलकुल फरक खालकाे हाे । नेपालीमा भाषामा निकालिएकाे सुचना झण्डै एक पेजकाे छ तर याे जम्मा एक वाक्यकाे छ। शब्दकाे सुरूवात भएपछि एकैपटक पुर्णविराम दिइएकाे छ,र,यसपछि वाक्य नै अन्त्य हुन्छ।
नेपाली भाषा र ब्याकरणकाे वारेमा अध्ययन गर्न त्रिविविमा अलग नेपाली विभाग छ।तर,भाषाकाे याे दुर्गति देख्दा र वाक्य गठनकाे याे हविगत देख्दा याे जेठाे विश्वविधालयमा ज्ञानकाे कति खडेरी पर्न थालेछ भनेर प्रष्ट वुझन सकिन्छ।किनभने भाषाकाे ज्ञान भएकाहरू वाक्य गठन गर्दा भाषा सरल हुनुपर्छ र एउटै वाक्य लामाे लेख्नु भन्दा छाेटा वाक्य गठन गर्नुपर्छ भन्दछन तर याे सामान्य सिद्धान्त समेत त्रिविविले अनुशरण गरेकाे छैन भने यसले कस्ता विधार्थी उत्पादन गर्ला ?