कर्णाली प्रदेश विवाद वारे प्रचण्ड-अेाली सहमति,हटाइएका प्रमुख सचेतकलाइ पुन नियुक्ति गरिने

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ४ गते । नेकपा अध्यक्ष केपी अेाली र पुष्पकमल दाहाल विच चार वुदे सहमति भएकाे छ। कर्णाली प्रदेश सरकार विरूद्द नेकपाकै १८ जना सांसदले अविश्वास प्रस्ताव पेश गरेपछि चुलिएकाे विवाद अन्त्य गर्न चार वुदे सहमति भएकाे हाे । याे सहमति पछि अब कर्णाली प्रदेशकाे सरकार यथावत रहने भएकाे छ तर मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले हटाएका प्रमुख सचेतक गुलावजंग शाहलाइ पुन नियुक्ति गरिने भएकाे छ।यस्तै,हालै मात्र मुख्य मन्त्रि शाहीले नियुक्त गरेका सचेतक सीता नेपालीलाइ भने हटाइने भएकाे छ। याे सहमतिसंगै कर्णाली प्रदेशकाे विवाद हाललाइ समाधान भएकाे छ तर दुइ अध्यक्ष विचकाे सहमतिमा मुख्यमन्त्रीकाे काम र मन्त्रीपरिषदकाे कामकाे वारेमा पनि थप छलफल गर्ने सहमति भएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com