काठमाण्डाैं,मंसिर १७ गते । नेपाली कांग्रेसले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ धरपकड गरि प्रहरी हिरासतमा राखेपछि कडा विराेध जनाएकाे छ।गृह जिल्ला तनहुँमा पुल उदघाटन गर्न जाँदा निषेधाज्ञा ताेडेकाे भन्दै प्रहरीले उनलाइ धरपकड गरि भ्यान राखेर कष्टडीमा राखेकाे थियाे।उनकै पालामा वन्न सुरू भएकाे पुल उदघाटन गर्न पाैडेल तनहुमा पुगेका थिए।तर,तनहुमा रहेका कम्युनिष्ट नेताहरूले भने यसकाे विराेध गरेका थिए।उनीहरूले अाफैले उदघाटन गर्न पाउनुपर्ने भन्दै विराेध गरेका थिए।यहि क्रममा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे थियाे।तर यहि वेलामा पाैडेल पुल उदघाटनमा पुगेका थिए।
विपक्षी दलकाे वरिष्ठ नेतालाइ धरपकड गरेकाे र प्रहरीले हिरासतमा राखेपछि कांग्रेस सभापति शेरवहादुर देउवाले कडा विज्ञप्ति निकालेका छन।उनले भनेका छन-सरकारकाे याे प्रवृत्ति विरूद्ध् देशब्यापी प्रतिराेध गरिनेछ।